Wednesday, 20 July 2011

गजल - प्रेम राना


प्रेम राना मगर

मलाई तिम्रै प्यारले रुवायो
बेथिति यो सस्कारले रुवायो

भुलेको थिय प्यालाको मातमा
हसिलो तिम्रो मुहारले रुवायो

मनको चाहना मारेर पनि
म बाचेको आधारले रुवायो

प्रेमलाई सस्तो ठानेर आज
लिलामी यो बजारले रुवायो
► कृष्णपक्ष थापा ।। अरु ...

गन्तब्यहिन यात्रा

रामजी बलामी



“ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ ।
रमेशको यस्तो भावी योजना र एक प्रकारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जीवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जीवनका मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जीवन । मरुभूमिमा गोरुजोताईसरहको काम र खल्खल्ती बगेको पसिनाले घरको झल्झल्ती याद आउथ्यो उसलाई याद आएर के गर्नु आफ्नो छोराको भविष्य र जीवनसंगीसँग बाँडेका सपनाहरु जसरी नि पुरा गर्नुछ उसलाई । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु रहरमै सिमित हुन बाध्य भयो । धेरै दिन टिक्न सकेन उनीहरुले बुनेका ति सपना र रहरहरु ।
सुनसान गाँउमा हुर्केर गाँउले जीवन बिताइरहेको रमेश कतारको शहरी परिवेशमा घुलमिल हुन सकेन । उसमा न ज्ञान थियो न विज्ञान नै । आफ्नो काम गर्ने र मामको आश गर्ने सिवाय अरु केही थिएन उसको मनमा । तर अज्ञानता कै कारण बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदा सदाका लागि विदा भए ! केवल बिदा भए !
ऊ त बिदा भए भए तर बाकी जीवनसंगी आमाबुवा र भएको एउटा छोराको समेत भाग्य खोसियो । टुहुरा बन्न बाध्य भए छोरा पनि । अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेको छोरा र मलिन अनुहारका जीवनसंगीलाई मधुर मुस्कान छरेर कतार प्रवेश गरेको ऊ अव वि्रफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउने भयो । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउने भयो । त्यसो त यो सब कुरा त्यो रात अन्जुले नसम्झाएको पनि होइन । यस्तै दिन भोग्नु पर्ला भनेरै अन्जुले विदेश नजान शिरमा हात राखेर अनुनय विनय गरेकी थिई तर पिडैपिडाले थिचिएको परिवारलाई राहत दिने आशमा तल्लिन रमेशको मनले उनको विनयलाई स्विकार्न सकेन । र त मिठा मिठा सपना बोकेर कतार प्रवेश गरे उसले ।
रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन घरीघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । हुन पनि संगै जिउने मर्ने कसम खाएर बन्धनमा बाडिएको जोडी छुट्नु भनेको पानीबिनाको माछो झै तड्पनु हो । न मर्न सक्छ न बाँच्न नै । यस्तै भयो अन्जुको जीवनमा पनि । जन्म हुंदा जति सुखानुभूती हुन्छ परिवारमा मृत्यू हुंदा त्यो भन्दा कयौ गुणा बढी पिडावोध हुन्छ । अझ छुटिएको लामो समयपछि परदेशी भूमिमा वित्नु त्यसैपनि दुःखदायक कुरा थियो । उनीहरुको जोडीबाट रमेशलाई भगवानले त टपक्क टिपेर लगे लगे ! तर धेरै दिन हप्ता महिना बित्यो तर रमेशको लाश आईपुगेन । त्यसै त पिडामय परिवारमा लाश ल्याउन भोग्नु परेको थप पिडाले स - परिवार गुमनाम आंशुमा चुर्लुम्म डुब्न पुगे । रमेश त विते विते तर लाश ल्याउन खर्चिनु परेको रुपैँयाले गर्दा उसको भागमा पर्ने सम्पत्तीसमेत गुमाउँनु पर् यो । कहिले के मिलेन कहिले कता मिलेन भन्दा भन्दै बल्ल तल्ल दुईमहिनाको पखाई पछि आइपुग्यो रमेशको शव वाकसमा टम्म बाँडेर ।
संयोग पनि कस्तो भने रमेश जिउंदो भै दिएको भए पनि फर्कने दिन त्यही थियो । जून दिन ऊ मृतआत्मा बोकेर फर्किए । अन्जु त्यही दिनको पर्खाईमा रमेशको मिठो मुस्कान र शितल काखको प्रतिक्षामा थिई । तर विडम्वना ! रमेशको साससमेत लाशमा परिवर्तन भएर आईपुग्ो । मान्छेको मन न हो जिउंदो देख्न नपाए पनि लाशमै घोप्टिएर छात्तीमाथि मुड्की बजार्दै कर्मलाई धिक्कार्दै हिक्क ! हिक्क ! गर्न थाली अन्जु । मर्ने मान्छे त मरी गए जिउंदो अन्जुसमेत होसह्वास गुमाउँन पुगे त्यतीखेर । इष्टमित्र छरछिमेकको ठूलो जमघट थियो आंगनमा । कोही बाँस काट्दै थिए त कोही कपडा दाउरा मिलाउँदै थिए । तँ तँ र म म गर्ने छिमेकीहरु पनि सुकसुकाइरहेको देखिन्थे । मर्ने मान्छे देखेर आंशु पुछ्नु पाप गरेको मानिन्छ समाजमा । तर के गर्नु पिडा जसलाई पर्छ उसलाई पो थाहा हुन्छ । एकोहोरो बजेको शंखसँगै रमेशको अन्तिम संस्कारकालागि लगिए खोलातिर अनि अरु ताँती लागेर गए मलामी……!
हिक्का छाड्दै रोइरहेकी अन्जुको रुवाई अझै ठामिएको थिएन । “मलाई पनि संगै लैजाऊ भन्दै विलौना गर्न थाली उनले । छरछिमेकको सहानुभूती पछि बल्लतल्ल आंगनमा छरपस्ट छरिएको पटकरमा डङरङ्ग पछारिए उनी । सवैलाई लाग्थ्यो अब उनी निदाउँछे तर धेरै बेर भयो ऊ हल न चल बनेर पछारिरह्यो । दर्शक बनेर हेरिरहेको आइमाई मध्ये एक जनाले शंका लागेर छामछुम गरेर उठाउँन खोजी तर अँह ! ऊ निर्जीव प्राणीसरह लम्पसार परेर अस्थिर रही । सवैलाई थाहा भयो उनी बेहोसमा छे रुंदारुदा हँ ! हँ ! सिवाय वोल्न नसक्ने भईसकेकी उनी आफ्नो शरिरको बेवास्ता गरी जथाभावी चलेकी थिई अघि । करुवामा ल्याएर पानी छर्काए कसैले चिमोटेर हेरे कसैले डाँडापारकिो मान्छेलाई बोलाएसरी चिच्याई चिच्याई बोलाए तर अहँ ऊ जस्ताको त्यस्तै कुनै निर्जीव प्राणी जस्तै लम्पसार मै रहे । ठूलै आपत पर् यो अन्ततः एम्वुलेन्सको सहारामा अस्पताल पुर् याइए ……
केही छिन पछि होस त आए तर फेरी रमेशलाई नै सम्झेर विलौना गर्न थाली पहिले भए काखमा राख्दै हातको कान्छी औंला चिमोट्दै आंशु पुछिदिन्थे होला रमेशले उनी यसरी रुंदा । उनी रुंदा संगसंगै आंशु झार्थे रमेश पनि पहिले । कहिलेकाही त पालैपालो आंशु पुछेर रात विताउँथे उनीहरु । तर अहिले अन्जु एक्ली बनेकी छिन । एक दुइृ दिन आंशु पुछ्ने छिमेकी होलान पछि त उही यादमा उहि सम्झना उहि वेडना…।! कयौ दिन ढल्यो रात ढल्यो महिनौ वित्यो बर्षाै वित्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर त्यो पनि कँहा संभव हुन्छ र पिडा अन्जुलाई पो पर् यो अरुलाई त हाइसाचो । दाजुभाई त झन तेह्र दिनको काम भ्याउन समेत तछाडमछाड गर्न थालेका थिए ।
समयको अन्तरालसंगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । नेपाली समाजमा एक्ली आइमाइलाई कहाँ राम्रो कोणले हेर्छ र विस्तारै समाजले उनीप्रती हेर्ने भावनामा टुसारापात हुदै गयो । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक आएका बचन बाणहरुले उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर् यो समाजले पनि । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन उनी विवस थिए ती बचन वाणहरु जानी जानी छात्तीमा रोप्न । बारम्वार पटक पटक प्रहार हुने त्यो वाणले छात्ती चसक्क दुख्थ्यो उनको तर प्रतिवाद गर्ने न हिम्मत छ न तागत नै उनीसंग । त्यसो त जस्तो सुकै जहांबाट आए पनि त्यस्ता कयौ बचनहरु रोपिरहें । दिनभर रोपिएका ति वाणहरुले रातभर आक्रमण गथ्र्याे अनि काखेछोरो च्याप्दै भक्कानिएर संगसंगै रोएर रात विताउँथी उनी !………
समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्तिले बास पाएन । समाजले मात्रै होईन विस्तारै परिवारबाटै हेपिन थाले उनी । कहिलेंकाही त “नातीकैलागि मात्रै तँलाई राखेको” समेत भन्थे सासुससुरा पनि । छोरा हुर्कदै गए छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै जलीसकेको थियो । घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले ।
कुरा न हो एक कान दुई कान हुदै अन्ततः मैदानसरी अन्जुकै कानमा आएर बजोडको हुरीवतास झै ठोक्कीयो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। । तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । विस्तारै उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थालीन । कहिले सोच्थी “अव पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । “ आखिर छोराको तगाँरो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन “अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ “ एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगीन उनी । यस्तो बेला चेलीको अन्तिम विकल्प माइती वाहेक अन्त कहाइ पो होला र र त भएको झुत्रा कपडासहित बिहान भालेको डांकोसंगै माइतीको बाटो लागे आमाछोरा त्यो घरको एउटै प्यारो चिज रमेशको याद लिएर ।
उनी माइतीमा बसेको पनि धेरै भयो । दिनहरु वित्दै गए निकै वर्ष विते ज्यूँ त्यूँ छोरा प्रतीकले पनि एसएलसी पास गरीसके । प्रतीक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यही कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई छोराकै आशमा । नत्र त्यो बेलै आत्महत्या गर्न एक पटक बाटो लागसिकेकी थिई उनी । रुखमूनि धेरैवेर घोरीएर छोराको बेहाल हुने देखेर कालको मुखबाट जोगिएर फर्केकी थिई एकपल्ट उनी । छोरा प्रतीकको व्यवहारले रमेशको याद समेत हरांथ्यो कहिलेकाही उनलाई । त्यसो त दिउंसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे प्रतीक । छोराको यस्तो बानी ब्यवहार देखेर अन्जु निकै भावुकसंगै खुसी थिई ।
माइत गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजूले पनि तर दुःख पाएर आएकी पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र माइतमा पनि । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा कात्न थाले । दाजु पो आफ्नो भाउजू त पराईकी चेली । भाउजूको कुरा सुनेर एउटै थालमा खाएर हुर्केको दाइले समेत गाली गरेपछि उनको मुटु जोडतोडले हल्लिन थाले घाँस कात्न गएका उनी धेरै बेर बारीको कान्लामै रोएर बसे रमेशलाई सम्झेर । कहिले भागोस भनेर बसेको रमेशका परिवार हाइसाचो मान्दै उनलाई लिन आएन । यहि सम्झे उनले टाउको हात बजार्दै डोको भर्नतिर लागे……
“छोरी पाल्नेले छोरा पाल्दैनू एकदिन मामा माइजु कोठामा यसरी गफिरहेको प्रतीकको कानमा पर् यो । यो कुराले प्रतीकको मनमा बाढी आयो भित्रभित्रै मन रोयो तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् उसले । दिनहं”को बूहारीको घुर्कीले आमाबुवाको मन पनि उनिहरुको उमेर जस्तै फाट्दिै गए । एक्लो छोरावूहारीको घुर्की बृद्ध बुवाआमाले सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु पनि । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भन्ािन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र
माइतमा समेत बास नपाए पछि छोरासंग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतीकको मनमा आमालाई पाल्न सक्ने तागत आई सकेको थियो । आमालाई सम्झाउदै धरर बगेको आंशु पुछ्दै भन्न थाले “आमा नरुनुस रोएर मात्र कति वस्ने पिर नलिनुस म तपाईलाई जसरी नि पाल्छु जाउ अव शहरतिर यहांबाट पनि ।” उसको वोलीमा उत्साय थियो केही गरेर देखाउँछु भन्ने भाव थियो । आफ्नो छोराको उत्साहप्रद वोली सुनेर अन्जु झसंग भईन र छोरालाई अंगाल्दै आंसु पुछेर माइत छाडी जाने निधो गरे उनीहरुले । भ्ााेलीपल्ट झिसमिसेमै डाँडा काट्ने सल्लाहले बेलुका नै थोत्रा झोलाहरु प्ााेका पारेर आंशु तिल्पिलाउँदे कर्मलाई धिकारेर रुदै गरेकी आमालाई अंगाल्दै सुत्न लगाएर आफ्नो झोला ठिक पार्न लागे प्रतीक । थकाईले खाना नपाक्दै निदाउंने प्रतीक रातभर भोलीको दिनको कल्पनामा डुब्दै बिताए । कहाँ जाने के गर्ने कहां बस्ने के खाने ॥

रातभर निदाउंन नसकेकोले बिहान भुसुक्क निदाए अन्जु । छोराले विस्तारै आमालाई उठाएर दुवै जना निस्के माइती नामक त्यो घरबाट पनि । उनीहरु निस्कन लागेको चाल पाएरै हो कि भर्खरै ब्याएको बाख्री कराउँन थाली । बाख्राले आफैलाई बोलाएको जस्तो लाग्यो उनलाई र त बेलुका ल्याएको घाँस दिदै “ल बस हैू भन्दै बाख्रीलाई मुसार्दै सानो पाठीलाई चुम्म गर्दै पछाडी फर्की फर्की सदाकालागि अनिश्चित यात्रामा पाइला चाले एउटा गन्तब्यहिन यात्राका निम्ति । त्यो बाख्री भने अन्जुको वेडना वुझे जस्तै गरेर ठुल्ठुला श्वर निकाल्दै विलौना गर्न थाले तर त्यो विलौनाबाट अन्जु विस्तारै टाढा हुदै डाँडाको टुप्पो पुगेर फेरी एक पल्ट आफ्नो जन्मघर फर्केर पुलुक्क हेरेर आंशु झार्दै्र विस्तारै विस्तारै ओझेलमा परीन् ।


rbalami2008@gmail.com
► कृष्णपक्ष थापा ।। अरु ...

मान्छे

- अनुज श्रेष्ठ ' प्रवास '



मान्छे कवि हो -
सोच् मग्न हुन्छ
आफु अघि उभ्भिएको
पहाड जस्तै ,
मान्छे आदिम कृषक हो -
सपनाहरुको खेती गर्छ
र उब्ज्याउँछ रङ्गीन सपनाहरु
इन्द्रेणी जस्तै ,
मान्छे खोज हो -
डुबेको सूर्यलाई
फेरि कोठामा बाल्छ
सिलिङ्को चिम जस्तै ,
मान्छे तागत हो -
जुध्छ संघर्षहरु सँग
हिंस्रक बाग जस्तै ,
मान्छे चाहना हो -
मनका बोझिल दु:खहरुबाट
मुक्ति खोज्छ
पिंजडाको सुगा जस्तै ,
मान्छे सबै थोक हो र केही होइन -
जलेर जाने
दुईमुठी खरानी जस्तै ।
► कृष्णपक्ष थापा ।। अरु ...

भेटवार्ता - सुमित्रा पौडेल


सम्पूर्ण ब्लगप्रेमीहरु र हाम्रा सादर पाठकहरु माझ सुचना,सञ्चार, समाचार, मनोरञ्जन, साहित्य लगायत बिबिध खुराक पस्किँदै आएका हामी साहित्य संसार परिवारले साहित्यिक खुराक स्वरुप अर्को एउटा बिल्कुलै ज्ञानर्वर्धक एबं साहित्यिक जानकारीमुलक स्तम्भ पस्किने जमर्को गरेकाछौँ जस अनुरुप हाम्रो मूल उद्देस्य भनेको देशबिदेशमा छरिएर रहनुभएका साहित्यका नव-सर्जक,नव प्रतिभाहरुलाई समेटेर उहाहरुको साहित्यिक उहापोह एबं अनुभूती र रुचिका प्रसंग यहाँहरुमाझ ल्याउने रहेको छ। यसै सन्दर्भमा हाम्रो नयाँ प्रयासस्वरुप साहित्यका एक नवप्रतिभा एक जुझारु ब्यक्तिलाई यहाँहरुमाझ ल्याउने कोशीस गरेका छौँ । उहाँ हुनुहुन्छ सुमित्रा पौडेल।

परिचय:
सुमित्रा पौडेल
जन्ममिती :५-११-२०२६
जन्मस्थान: गीतानगर ४,चितवन देवनगर
बुवा आमा :बुद्दिसागर बास्तोला /दानकुमारी बास्तोला
श्रीमान : रामजी प्रशाद पौडेल
शिक्षा :आइ ए
प्रकाशित कृति :'आध्यात्मिक चिन्तनको प्रथम पाइलो'(आध्यात्मिक)
प्रकाशोन्मुख कृति: गीतीकबिता (लोकछन्द)
हाल कार्यरत : इजरायल






यहाँको इजरायल प्रबेश कहिले भएको थियो ?
==: सन् २००५ अगस्ट ८ मा मैले यो पराइभूमीमा पहिलो पाइला राखेको थिएँ।

कस्तो लाग्यो यहाँलाई इजरायलको माहोल?
==: जस्तोसुकै भएपनी आफ्नो घर परिवार देश र समाजजस्तो त पराइको माटो अवस्य हुँदैन तर सोचेको भन्दा निकै राम्रो, सुरक्षित र सन्तुष्टीको माहोल पाएको छु।

घरदेश कहिले फिर्ने योजना छ??
==: फिर्ने सोच त निकै पहिलेदेखी बनाएको हो तर केही अवस्था र कारणहरुमा अल्झिरहेको छु , अबको एक्डेढ सालमा चाँही जान्छु नै।

अब लागौँ सिर्जना तिर। यहाँको साहित्य सिर्जनाको सुरुवात कहिलेतिर बाट भएको थियो??
==: सम्झनाहुनेगरी भने मेरो सिर्जनाको सुरुवात समय म एस.एल.सी पछीको समयलाई नै मान्छु। तर त्यतिबेलाका मेरा सिर्जना रचनाहरु बिल्कुल फुटकर थिए। जो लेखिन्थे आफ्नै डायरिमा थन्किन्थे तर कतैकुनै छापा या मेडियामा जांदैनथे यध्यपी मेरो लेखनको सुरुवात थियो त्यही समय।

साहित्यसिर्जनाको प्रेरणाको स्रोत के लाई मान्नुहुन्छ?

== : म सानैदेखी मुनामदन असाध्यै मन पराउंथेँ । रेडियो कार्यक्रमहरुमा मुनामदन बारे चर्चा गरिंदा चाख मानेर सुन्थेँ। पछी मुनामदन चलचित्र हेरेर अझै प्रभाबित भएँ । झ्याउरेलयका ति हरफहरु गुन्गुनाउदै म पनि यस्तै लेख्न पाए हुन्थ्यो भनेर कल्पना गर्थेँ। पछी गएर आध्यात्मिक कार्यक्रमहरुमा सहभागि हुँदा गुरुहरुले दिनुभएको सुझाब हौसला र प्रेरणाले गर्दा म भित्र सिर्जनाको भोक जागेको हो भन्ने मलाई लाग्छ। त्यसैले त्यसबखतको कुरागर्दा मुनामदन र आध्यात्मिक गुरुहरुको प्रभाबले मैले लेखेँ जस्तो लाग्छ र अहिले सम्मको अवस्थामा आइपुग्दा धेरै अग्रजहरु, समकालिन मित्रहरु, साहित्यसम्बन्धी अनेक पत्रपत्रीकाहरुलाई नै म मेरो लेखनको प्रेरणा मान्छु।

तपाईंको पहिलो प्रकाशित् कृति कुन हो र त्यो प्रकाशन गर्नुमा केले बढी प्रेरणा दियो तपाईंलाई??
मेरो पहिलो र अहिले सम्मको प्रकाशित कृति एउटा मात्रै हो 'आध्यात्मिक चिन्तनको प्रथम पाइलो' जुन २०६२ साल जेष्ठ ६ गते प्रकाशित् भएको थियो। २०६१ साल बैशाख २० गते देखी भरतपुर नगरपालिका ६ लंकु, चितवनमा एक वर्षिय अखण्ड श्री हरिनामसङ्किर्तन महायज्ञ सञ्चालन भएको थियो हरीकिर्तन धार्मिक संस्थाबाट । त्यसबेला स्थानिय महिलाको तर्फबाट मैले नेत्रित्व गरेको थिएँ र हाम्रो उपस्थितिको सुरुवात मैले हरेक पटक आफैले रचेको केही पंक्ती कबिताबाट गर्थेँ। त्यसलाई मन पराएर बिशेषगरी त्याहा उपस्थित गुरुहरुले मलाई बराबार हौसला दिइरहनुभयो जसको फलस्वरुप हरिनाम सङ्किर्तन महायज्ञको समापनसमयमा ति सबै रचित पंक्तिहरु समेटेर पुस्तकाकार् प्रकाशन गरेँ । मेरो जीवनको पहिलो कृति प्रकाशकको जिम्मेवारि सम्हालेर मेरा श्रीमान रामजी प्रशाद पौडेल ज्यु ले पनि मेरो उद्देस्यमा हौसला थपिदिनुभयो। यसरी मेरो प्रथम कृति बाहिर आएको थियो। अब मेरो दोस्रो कृति लोकछन्दमा गीतिकबिता छिट्टै नै बाहिर आउँदैछ ।

साहित्यको बिबिध बिधा मध्य यहाँलाई मनपर्ने बिशेष बिधा कुन होला??
== :मलाई सबै बिधा मन पर्छन् । सबै पाएसम्म समय मिलेसम्म अध्ययन गर्न रुचाउछु तर लेखनको हिसाबमा भने मलाई अलिक बढी लोकछन्द नै मन पर्छ । मुनामदन शैली मेरो अती प्रिय शैली हो जुन शैलिले मलाई लेखनको बाटो तिर लम्काएको पनि हो।

हाल तपाईं बैदेशिक रोजगारमा हुनुहुन्छ। र कार्यक्षेत्रमै रहेर दोस्रो कृति प्रकाशनको संघारमा हुनुहुन्छ । काम र सिर्जनालाई कसरी समय मिलाउनुहुन्छ??
==: जहाँ इच्छा त्यहा उपाय भन्न त सजिलो हो तर गर्न गारै हुनेरहेछ । खासमा म एकान्तप्रेमी पनि हुँ। उसो त दिनभरी काम मै ब्यस्त हुन्छु र फुर्सद भएकोबेलामा साहित्य सम्बन्धी पुस्तकहरु , बिभिन्न वेबसाइट्मा प्रकाशित् लेखरचनाहरु पढने गर्छु। र राती १० बजेदेखी १ बजेसम्मको समय मेरो प्राय सिर्जनामा बित्ने गर्छ । रातको एकान्त र शान्तीमा मलाई लेख्न मन पर्छ। कुनैबेला काम गर्दागर्दै, कतै हिँड्दाहिंड्दै केही फुर्न सक्छ तर त्यसलाई काटकुट तन्काइतुन्काइ गर्नेकाम भने रातिमा गर्छु। यसैपनी रात भनेको आफ्नो समय हो नि, त्यसैले त्यही समय सिर्जनाको लागि उपयुक्त समय हुनेगर्छ मेरो लागि।

यसरी साहित्यमा लागेर सन्तुष्टी मिलेको छ ??
==: धेरै नै सन्तुष्ट छु ।

किन??
==: जिन्दगीको उतारचढाबमा आफुले भोगेको भोगाइहरु प्रस्फुटन गर्न सकिने माध्यम साहित्य हो। त्यस्तै आफुजस्तै अरु भुक्तभोगिहरुको भाबना पोख्न सकिने र मैले आफ्नो भोगाइ प्रस्तुत गर्दा म जस्ता अन्य कैयनको मनलाई सान्त्वना मिल्ने हुँदा अनुभूतीको बहाब र सम्प्रेषणको यो अदभुत माध्यम साहित्यमा लागेर म सन्तुष्ट नहुने कुरै भएन।

तपाईंको परिभाषामा साहित्य के हो??
==: बिचार र भाबनालाई कलात्मक तरिकाले प्रस्तुत गर्ने माध्यम नै साहित्य हो मेरो बिचारमा। मन उकुसमुकुस भएर दुखेको मुटुको उच्छ्वास कहाकसरी पोखुँ भन्ने लागेको बेलामा साहित्य एक अचुक माध्यम बन्न सक्छ जस्तो कि मेरो एउटा कबिताको पंक्ती उल्लेख गरुँ,
"कहाबाट सुरुगरुँ भन्न मनका कथा
दुख्छ मुटु झर्छ आँशु बल्झिन्छनी ब्यथा" हो यस्तोबेलामा साहित्य एक बलियो माध्यम बनिदिन्छ प्रस्फुटनको लागि।

तपाईंका रचनाहरु प्राय लयबद्द छन्दबद्द हुन्छन्। छन्द सम्बन्धी ज्ञान पनि छ ??
==:अध्यान सुरु गरेको हुँ तर पूर्णता छैन। मैले कलेजमा नेपाली साहित्य पढ्न सुरुगरेको थिएँ तर बिडम्बना पढाईलाई धेरै अगाडि लैजान सकिन। त्यसैले संरचनात्मक हिसाबले शुक्ष्म ज्ञान त छैन तर मेरो रुचि भने हो।

नेपाली साहित्यमा महिला लेखिकाको भूमिका कस्तो देख्नुहुन्छ??
==: पहिलो कुरो त म आँफै लेखनको हिसाबमा शिशु लेखिका हुँ। त्यसैले यती ठुलो मुल्याङ्कन म बाट सही नहोला तर पनि देखेको अनुभब गरेको हिसाबमा भन्नुपर्दा पहिलेको तुलनामा अहिले सकृयता बढेको छ। तर मेरो अनुभबमा नेपालमा रहेर सिर्जनगर्नेले प्रायजसो अध्ययन गरेरै सिर्जनगरएको जस्तो लाग्छ भने परदेशमा रहेर सिर्जनगरने अधिकाँश महिला लेखिकाले सिमित अनुभब, भोगाइ, बिरह समेटेर भाबना पोखेको जस्तो लाग्छ। तर सबैले अध्ययन गरेरै मेहनत गरेरै लागिपर्ने हो भने निरन्तरता अवस्य पाउला भन्नेमा म आशाबादी छु । उसैपनी महिलाहरु कोमल स्वाभाबका हुन्छन् त्यसैले सिर्जना प्रस्फुटन हुन सजिलो पनि हुन्छ।

तपाईंलाई आफ्नो पहिलो रचना के र कस्तो थियो सम्झना छ??
==: परम्परागत शैलिमा अचानक मेरो विवाहको तय भयो। त्यस घटनाले उसबेला अत्यन्त दुखी बनायो र त्यही छट्पटिमा मैले एउटा लामो लग्भग दुइपेजको एउटा कबिता लेखेको थिएँ छोरी शिर्शकमा। छोरीको जन्मा, कर्म, भोग्नुपर्ने उतारचढाब बारे यस्तै यस्तै समेटेर लेखेको थिएँ।

वर्तमान समयमा तपाईंलाई अत्यन्तै मन परेको पुस्तक र लेखकको नाम भनिदिनुस् न ।
==: धेरै छन मन्पर्ने पुस्तक र लेखकहरु तर एकदमै ताजा अनुभूतीमा भने घनेन्द्र ओझा भाईको गजल सिद्दान्त सम्बन्धी पुस्तक अतिनै मन परेको छ ।

साहित्यलाई कहिलेसम्म साथै लैजाने सोच छ??
==: जीवनभरी। अबको मेरो बाँकी जीवन म साहित्य अध्ययन र सिर्जनामा लगाउनेछु।

साहित्ययात्रामा अबिस्मरणिय घटना या क्षण कुनै याद छ?
==: इजरायल आएर पनि निकै समयको गुपचुप बसाइ पछी अनायासै एकदिन अनेसास इजरायल परिवार सँग भेट भयो जुन सस्था भनेको नित्तान्त साहित्यिक उद्देस्य बोकेको र डायस्पोरिक नेपाली साहित्यमा एक उचो नाम पनि हो। त्यै अप्र्त्याशित भेट मेरो आज सम्मको साहित्यिक यात्रामा एउटा अबिस्मरणिय घटना मानेको छु मैले।

अहिलेको समयमा साहित्य सिर्जना गर्दा भर्चुअल दुनियाँले कतिको सहयोग गरेको जस्तो लाग्छ अर्थात भर्चुवालिटीबाट कती फाईदा लिनुभएकोछ??
==: धेरै धेरै नै। हामी अहिले परदेशमा छौँ। भनेको बेलामा चाहेको पुस्तक किन्न पढ्न सम्भब हुँदैन। तर बिद्युतइय माध्यम बाट बिबिध वेबसाइट, ब्लग,फेसबुक जस्ता माध्यमबाट अनेक सिर्जना पढ्न सकिन्छ, आफ्न रचना सम्प्रेषण गर्न सकिन्छ र अग्रजहरु, समकालिन थुप्रै साथीहरुसँग भलाकुसारी गर्न अनुभब साट्न सकिन्छ । साच्चै भनुँ भने आजको समयमा लग्भग 50 प्रतिशत भन्दा ज्यादा उपलब्धी भर्चुवालिटिले दिएको छ मलाई र मेरो बिचारमा सबैको अनुभब यस्तै होला।
अहिलेको समयमा धमाधम खुलिरहेका साहित्यसम्बन्धी प्रतिस्ठान, पुरस्कारका गुठीहरु बारे यहाँको धारणा कस्तो छ??
==:यो त राम्रो कुरा हो। यसो हुनुभनेको साहित्यबारे जनचासो बढ्नु हो। हौसला मिल्नु हो।

तर यस्तोमा बेसी त आफन्तबाद नाताबाद नै हुन्छ भन्छन् नि?
==: कतैकतै केही कमजोरी अवस्य होला तर एसो भनेर सबैलाई मुछ्नु हुँदैन र हतोत्साही बनाउनु हुँदैन।

साहित्य बाहेक यहाँको रुची र अनुभबका अन्य क्षेत्र केके छन् ??
==: साहित्यबाहेक मेरो रुची ब्यबसाय हो। मेरो अनुभब पनि छ यसमा। गार्मेण्ट र टेलरिङ्ग अनी चित्रकारीता मेरो रुची पनि हो र यसमा केही अनुभब पनि छ।

ब्यवसायको क्षेत्रमा लागेर पाएको कुनै सम्झनायोग्य उपलब्धी??
==: २०५८ माघमा चितवन महिला उद्द्यमी क्षेत्रमा "उत्कृष्ट महिला उद्द्यमी पुरस्कार" पाएको थिएँ। त्यही नै मेरो ब्यवसायक्षेत्रको ठुलो उपलब्धी हो अहिलेसम्मको लागि।

साहित्यक्षेत्रमा लाग्नचाहने युवापिँढिलाई के भन्न चाहनुहुन्छ?
==: लेखनको हिसाबमा म आँफै पनि कच्चा लेखक भएको हुँदा सुझाब नै त के भनुँ तरपनी आफ्नो अनुभबका आधारमा नया भाईबहिनीलाई यही भन्न चाहन्छु कि देखासिकी गरेर होइन अध्ययन गरेर तन्मयताका साथ लाग्नुहोला अवस्य सफलता मिल्नेछ ।

अन्त्यमा साहित्यसन्सार लाई केही भन्न चाहनुहुन्छ कि?
==: भनुंभने यो मेरो जिन्दगीको पहिलो साहित्यिक अन्तर्वाता हो। यसमा कैयन त्रुटी रहेका होलान् । यसरी म जस्तो नयाँ पाइला टेकेको शिशुलेखकलाई स्थान दिएर हौसला दिएर यहाँ सम्म उभ्याइदिनुभएकोमा हार्दिक धन्यबाद भन्न चाहन्छु। यसरीनै नव प्रतिभाहरुको लागि हौसलाको आकाश भएर साथ दिइरहनुहोला र यस् ब्लग परिवारको अनन्त उन्नतिको कामना गर्छु।



प्रस्तुति - दीप्स शाह
► कृष्णपक्ष थापा ।। अरु ...

गजल




गजल by Deeps Shah
(घायलको तरही मुसायरामा आधारित)

पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला

तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला

हाँगापात लछारेर जानुरैछ मोडिएर
कोपिलामै फूलको डाली नुवाएको पाप लाग्ला

तिमी गयौ जिन्दगीको जून मेरो डुबी गयो
अँधेरीमा आँशुधारा चुहाएको पाप लाग्ला
► कृष्णपक्ष थापा ।। अरु ...

Tuesday, 19 July 2011

अ.ने.सा.स.कोलोराडो च्याप्टर द्वारा आयोजित १९८ औं भानु जयन्ती तथा अ.ने.सा.स.को २० औं वार्षिक उत्सव सफलताको साथ सम्पन्न





आचार्य प्रभा/ डेन्भर (कोलोराडो)


जुलाइे/ १८/ कोलोराडो /स्व.आदिकबि भानुभक्तको १९८ औं जन्मजयन्ती र अन्तर्राष्ट्रिय साहित्य समाजको २० औं बार्षिक उत्सवको उपलक्षमा अ.ने.सा.स कोलोराडो च्याप्टरले गत जुलाइे १५/१६/१७ तारिकका दिन बिभिन्न कार्यक्रम बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरुको आतिथ्यका साथ सफलता पूर्वक सम्पन्न गर्‍यो । जुलाइे १५ तारिकका साँझ प्रथम चरणमा साँस्कृतिक कार्यक्रम र प्रशिद्ध लोक दोहोरी गायक राम प्रशाद खनालको एकल दोहोरी गायन थियो भने कार्यक्रमको समुद्घाटन अ. ने. सा. स.का संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी ज्युबाट गरियो ।

कार्यक्रम संचालन कलाकार द्वय कृष्ण मुरारी ढुङेल र निर्मल प्याकुरेलले गर्नु भएको थियो भने उक्त कार्यक्रममा स्वागत भाषण अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल ज्युले गर्नु भएको थियो । कार्यक्रमको दोश्रो चरणमा कबि तथा पत्रकार गोविन्द गिरी प्रेरणाद्वारा सम्पादित कोलोराडो बिशेषाँक पत्रिका विश्व परिक्रमाको बिमोचन कबि तथा पत्रकार संघका भु पु अध्यक्ष बिश्व बि मोहन ज्युले गर्नु भएको थियो र वहाँले दुई शब्द पनि ब्यक्त भएको गर्नु भएको थियो । त्यसै गरेर गोविन्द गिरी प्रेरणाले पनि आफ्नो छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।



यसैक्रममा कोलोराडोका अन्य संघ संस्था रक्क्री माउण्टैन र नेपालीघरका अध्यक्ष द्वय सुरेन्द्र श्रेष्ठ र नारायण श्रेष्ठ "सानु"ले पनि आ-आफ्ना मन्तब्य प्रकट गर्नु भएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा सीमा पोख्रेल द्वारा गुरु गणेश स्तोत्र गायन प्रस्तुत भयो र नृत्यहरुमा प्रीती आचार्य,नीती आचार्य, बिभा अधीकारी, अभिषेक भण्डारी र नबोदिता के.सि हुनुहुन्थ्यो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माज्युले यो कार्यक्रममा सहयोग गरिदिनु हुने सम्पूर्ण मित्रहरु र खाना प्रायोजन गरेर सहयोग गर्नु हुने रेस्टुराँहरु याक एण्ड यती र बम्बै प्यालेस, केशव आचार्य प्रति आभार प्रकट गर्नु भएको थियो। कार्यक्रमको अर्को प्रमुख आकर्षण भने राम प्रशाद खनाल ज्युको एकल दोहोरी गीत थियो । पोख्त गायक भएको नाताले वहाँले श्रोता दर्शकहरुलाइे प्रशस्त मनोरंजन दिने प्रयास गर्नु भएको थियो ।


दोश्रो दिनको कार्यक्रमको प्रथम चरणमा अ.ने.सा.सको बिसौं बार्षिक साधारण सभा सम्पन्न गरियो र अ.ने.सा. स.का महा सचिव गीता खत्री द्वारा बार्षिक प्रतिवेदन र आर्थिक बिवरण प्रस्तुत गरिएको थियो । निर्मल प्याकुरेलद्वारा उक्त कार्यक्रममा आशन ग्रहणमा बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरुलाइे गरिएको थियो । कार्यक्रमको सभापतिमा बरिष्ठ कबि शैलेन्द्र साकार र प्रमुख अतिथीमा कबयित्री चन्द्रकला नेवार हुन्हुन्थ्यो । सो कार्यक्रममा स्वागत मन्तब्य पदम विश्वकर्माले गर्नु भएको थियो भने बोर्ड अफ ट्रष्टिका अध्यक्ष श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक "सानो नेपाल डायोस्पोरामा" बिमोचन कबि शैलेन्द्र साकारले गर्नु भएको थियो । उक्त कार्यक्रममा भानुको संक्षिप्त परिचय डा.बिजय राज शर्माले दिनु भएको थियो । सोही कार्यक्रममा बाल कबिता प्रतियोगिता पनि गरिएको थियो र उक्त प्रतियोगिताका निर्णायकहरुमा गीता खत्री, आचार्य प्रभा, भुपेन्द्र महत हुनुहुन्थ्यो भने प्रथम कबिता शास्वत प्याकुरेलको र दोश्रो कबिता सुचित शर्माको भएको थियो ।



भानु जयन्तिको अवसर पारेर सधैं झैँ यो पटक पनि भलिबल प्रतियोगिता र गल्फ खेलको पनि आयोजना गरिएको थियो । उक्त खेलमा डेन्भर नोर्थ प्रथम र कोलोराडो साउथ द्वितिय भएका थिए । त्यस्तै अर्को गल्फ खेलमा सुदेश शर्मा प्रथम र बिबेक भट्टराई दोश्रा भएका थिए । यसरी बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर अ.ने.सा.स.को २० औं वार्षिक उत्सव तथा भानु जयन्ती बडो उत्साहको साथ सम्पन्न गर्ने क्रममा कोलोराडो लगायत बाहिरबाट पाल्नु हुने महानुभावहरुको रचना पाठ पनि गरियो । कार्यक्रमको मध्य भागभित्र बिभिन्न महानु भावहरुले आ-आफ्ना मन्तब्य पनि दिनु भएको थियो । यसै क्रममा अ.ने.सा.स न्युयोर्क च्याप्टरका कोषाध्यक्ष तथा संयोजक आजीवन सदस्य,अध्यावधिक समिती सदस्य श्री राम खत्री ज्युले पनि आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा अ.ने.सा.स.का नयाँ आजीवन सदस्यहरुलाइे स्वागत गर्दै प्रमाण पत्र बितरण गरिएको थियो । आजीवन सदस्यहरुमा श्री भिष्म प्रधान, मिना पौडेल, सोम बराल, चुडामणी शर्मा, मणी दाहाल, कुमार जंग कार्की, क्रिष्ण काफ्ले, बेदनाथ भट्टराई, श्याम श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजेन्द्र सिग्देल, राजन सापकोटा हुनुहुन्थ्यो। उक्त कार्यक्रमलाइे सफल बनाउँन कोलोराडो च्याप्टरका कार्यकर्ताहरु र अन्य महानुभावहरु पनि समर्पित भएका थिए ।

यही भानु जयन्तिकै अवसर तथा अ.ने.सा.स.को २० औं वार्षिक उत्सवको उपलक्ष पारेर विश्व ब्यापी कबिता बाचन कार्यक्रम पनि समापन गरियो । कोलोराडोका श्रस्टाहरुको वेब्क्याम रचना बाचन भने श्री रबी कार्की र साबु गदाल कार्कीको निवास स्थानमा सम्पन्न भयो । यसरी तीन दिन सम्म लगातार सो कार्यक्रम सफल गर्न बिभिन्न स्थानबाट पाल्नु हुने सबै पत्रकार, श्रष्टाहरुले दिलोज्यानले हार्दिकताको साथ सहयोग गर्नु भएकोमा कोलोराडो च्याप्टर तथा अ.ने.सा.स केन्द्रिय समिती आभार बने धन्यवादको क्रममा कोलोराडो च्यापटरका अध्यक्ष श्री पदम विश्वकर्माले अ.ने.सा.स. कोलोराडो च्यापटरलाइे उक्त कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा नै आफु आभारी बनेको कुरा पटक प्रकट गर्नु भएको थियो। अन्त्यमा केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल द्वारा धन्यवाद ज्ञापन र सभापतिको छोटो मन्तब्यबाट कार्यक्रम बिसर्जन गरियो । उक्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने तथा क्यामेरामा दृश्य संकलन गरेर सो कार्यक्रमलाइे सहयोग गर्न हुने क्यामेरा म्यान श्री राजेन्द्र सिग्देलप्रति पनि यो च्याप्टर अनुग्रिहित बनेको छ ।








► कृष्णपक्ष थापा ।। अरु ...

जागिर लिलामको सूचना

जागिर लिलामको सूचना !!!
लघु कथा

खगेन्द्र थापा



आज आईतबार । एकाएक १०-५ को भुतले ङ्याकिन्छ उसको मन । आपुनो जागिरे जीवनले बीसौं वसन्त पारगर्दासम्म ऊ धेरै पटक मरिसकेको छ जीवनमा । “बाध्ताता ! उफ ! कस्तो बाध्यता ।” ऊ आपु”लाई धिक्कार्छ पलपलमा । “नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहारू शिवाय केहिभएन आज आपुनै जागिर आखिरमा उसलाई । राजतन्त्रको कालो छायाँमा टुसाएको उसको जागिर मुनापालुवा पलाएर कहिल्यै हरियाली बनेन । बरु अनेकौ तन्त्र र मन्त्रको सेपमा जकडिइरह्यो । सयौं दल बल र बादले कठ्यांगि्रइ रह्यो । नपुंसक ऐन नियम र विनियमका नङ्ग्राले त्यहि जागिरको छातीमा कोपरिई रह्यो । संसोधन र परिमार्जका पांग्राले घरीघरी नमज्जाले कुच्चिईरह्यो विचरा ! उसको जागिरसँगै ऊ पनि । मानौ जागिर भनेको लेकका नागिहरुमा बाह्रै महिना ठिहीले ककि्रईरहनु पर्ने सुशुप्त पोथ्रो हो । मानौ जागिर भनेको हृसक जन्तुले चाहेको बखत चिथेर्न पाउने मृगको कोमल बदन हो । र मानौ उसकॊ जागिर एउटा सिल्बरे भाँडो हो जसले जतिपटक ठटाएपनि वा लडाएपनि विकृत भएर कुच्चिनै पर्ने । २० वर्षदेखि लगातार यस्तै नियति भोगिरहेछ उसको जागिरले र त्यहि अधमरो जागिर खाएर आपु” विवशताको बाकसमा सधैं अध्कल्चो र अर्धमुर्छित भइरहेको छ वर्षाैदेखि ।

मान्छे त ऊ पनि जौडे नै थियो । कहिले लेकका गाउँबेंसीमा कोदोको छिप्पीएको तोङ्बासँग नसाटिएको हैन । अनि पहाडका तरेलीहरुमा भुयाईखट्टे र तीनपानेले भिल्लु भएर नलर्बरिएको पनि हैन । फेरि मधेशको टन्टलापुर घाममा सेकिदै धरमवीर भैयाको मिठापान र खैनीमा नरङ्मगिएको अनि भुटेको मकै भट्मास र गुन्द्रुकमा नसाँदिएको पनि हैन । यसरी कैयौ पटक आपुनै सामाजिक परिबेश र राजनैतिक बलात्कारको बेदना पिईरहँनुपर्दा पीडाका पहाडले किचिक्क भएको उसको जागिरे जीवनले बाध्य भएर रक्सीको प्यालामा डुबुल्की नमारेको हैन । साँच्चै भन्नुपर्दा बेलाबेलामा उसको जागिरे जीवन मोहरमा नकिनिएको र डलरमा साटिन नखोजेको पनि थिएन । यसो भन्नुपर्दा अचम्म मान्नु पर्दैन चाचाचुचुको दौडाहामा तलुवा खियाएपछि मालदार अड्डामा सरुवा भएको खुशियालीमा नभई “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी” को अवस्थामा जागिरे वितृष्णाको राँको दन्किएको थियो उसको कोमल मनभित्र ।

अजम्बरी कोहि पनि हुँदैन । नहोस् पनि । तर मान्छेमा माया र आशा नहुँदो हो त जीउन पनि सक्दैन । लर्के जोवनमा जुल्फी हल्लाउँदै हाजिर बजाउन शुरु गरेको उसले बाउन्न ठक्कर र त्रिपन्न हण्डर खाँदाखाँदै तिलचामल भैष भएका रौं आज पाकेर हिँउदको काँसघारी जस्तो सेताम्मे भएको छ । अहो ! कस्तो बिडम्बना । जिन्दगीको उर्वर क्षणजति जम्मै त्यहि जागिरमा आहूती गरेको ऊ आखिर जागिरे भएकै पश्चात्तापले जिन्दगीको जोडघटाउ गर्नमा ब्यस्त भएको छ । त्यसैले सोच्छ गम्छ अनि एकाएक भकानिन्छ ऊ । “अभिशाप बाहेक आखिर केनै पाएँ मैले जागिर खाएर जिन्दगीमा केनै पायो यो मुलुक र यहाँका जनताले मेरो जागिरबाट “ अन्तर्मनमा अनेकौ सवालहरु सल्बलाउँछन् । अहँ मन




मान्दैन । कसैगरे पनि चित्त बुभुदैन उसको । धिक्कार लाग्छ उसलाई जागिरमा बिनाअर्थ आपुनो पूरै जीवन अल्मलिएको देखेर । धिक्कार लाग्छ उसलाई जागिरको चक्रब्युहमा आपुनो बौद्धिकता जकडिएको र उद्यमशीलता कुंजिएको देखेर । अनि जीवनभर आपुनो मालिक आफै नभई सधैँ सरकारीे नोकर हुनुको हीनताबोधले धिक्कार्छ उसलाई सधैँ सधैँ ।

“अब त अति भो गाँठेू ऊ सुरिन्छ । “यो हप्तामा त जसरी पनि छोड्छु छोड्छु” ऊ सधैँ भैष फेरिपनि आपुनो जागिरको सीमा तोक्छ । उसका मलिन आँखामा जागिर नहुने तर आपुनो मालिक आफै हुनेहरुको सुकिला तस्विरहरु सल्बलाउँछन् । उनिहरुको मान सम्मान र थाँतथलोले उसलाई दुख्नेगरी चिमोट्छ । ऊ एकाएक झस्किन्छ अनि उसलाई आपुनो बन्धनकारी जागिरे जीवन फेरि नमज्जाले कोक्याउँछ । तब त जागिर नै मन्द विष भएको छ उसको लागि । उसलाई लाग्छ आपु” त्यहि विष पिएर मुर्छित भएको छ पूरै बेहोश र विक्षिप्त भएको छ । “थुक्क यो जागिरे जिन्दगी” ऊ सधैँ भैष आपु”लाई धिक्कार्छ ।

ऊ टोलाउँछ र मनमनै भन्छ “ए मेरो प्यारो जागिर तँलाई म न बजारमा दुई कौडीमा बेच्न सक्छु नत जाकटी नत बन्धकी राख्न नै । नत कपाकप खान नत बान्की मिलाएर लगाउन नै ।” अनि ऊ फेरि अठोट गर्छ र बबराउँछ “यो हप्ता नभए अर्को हप्ता वा अर्को महिना अथवा अर्को साल लाग्नु अगाबै पक्कै पनि जागिर छोड्छु छोड्छु । बरु पेटको ज्वाला दन्किदै गरोस् मनको ज्वाला निभाउनलाई आजै यो जागिर छोड्छु अब ।” त्यसैले होला जागिरे जीवनमा जकडिएको उसको कोमल मन अनि जागिर सँगै चर्किएको उसको दिलले आखिरमा आज आपुनै मनको अखबारमा जागिर लिलामको सूचना निकाल्यो । अनि आपुनै दिलको सूचनापाटीमा भँगेरा टाउके अक्षरले “जागिर लिलामको सूचना” भनेर सूचना टाँस गर्यो ।
► कृष्णपक्ष थापा ।। अरु ...

Monday, 18 July 2011

गजलः धन हॊ कि हजूर ।।

















श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल ।

गजलः धन हॊ कि हजूर ।।

सबैभन्दा ठूलॊ यहाँ,धन हॊ कि हजूर ।।
सम्पतीकै पछि लाग्ने,मन हॊ कि हजूर ।।

खै कस्लाइ ठूलॊ भन्ने,फुर्तीफार्ती सबैमा
स्वार्थभित्र लिप्त आफ्नै पन हॊ कि हजूर ।।

आफन्तमै लुछाचुडीँ ,काटमार सधैँभरि
हारजीत नटुङ्गीने,रन हॊ कि हजूर ।।


धनले नै धन तान्छ ,पीर-चिन्ता साथैमा
असन्तुष्ट भैरहने तन हॊ कि हजूर ।।

सबैलाइ धनि हुने एकमात्र चाहना
पैशा मन्त्र जप्ने सबै जन हॊ कि हजूर ।।







































































































































► कृष्णपक्ष थापा ।। अरु ...

मनोरम वस्ती



मनोरम वस्ती
-यो सुन्दर नाम कुनै स्थानको नभई एक जना मानिसको हो ।

पत्रिका प्रकाशनको संघारमै भए पनि हरेक अंकमा उसका केही न केही रचनाहरु आइ पुगेकै हुन्थे, खुब तारिफयोग्य, ओजपूर्ण र प्रभावशाली लेख्थ्यो उ । कति पाठकहरु के सम्म भन्थे भने, मनोरमले नलेख्ने हो भने तिमीहरुको पत्रिका नै चल्दैन ।

पत्रिकाका धेरै अंकहरु गैसकेका थिए । यो तेश्रो पटक हो उसको कुनै रचना आएको थिएन । आज अचानक मनोरम टुप्लुक्क झुल्किएपछी खुसि हुदै मैले सोधें
"के छ मनोरम ! लेउ के लेखेका छौ यसपाली ? "

"के तिमीलाई भेट्न लेख नै लेख्न पर्ने हो र ? मैले केही लेखेर ल्याएको छैन कृष्ण .....!"
लामो सास तान्दै उसले भन्यो -
"एक हिसाबले भन्नु पर्दा मैले लेख्नै छाडी दिएँ भन्दा पनि हुन्छ ।"

म दुखि भएँ ।
"किन र मनोरम ?"
उ मेरो मात्र हैन धेरैको मनले खाएको लेखक । उसको लेखाइमा डुब्नुको आनन्द निकै पृथक र अर्थपूर्ण लाग्थ्यो । मेरो मौसमी लेखनको त उ प्रेरणा श्रोत जतिकै थियो ।सोही कुरा मैले उसलाई सुनाएँ ।

उ आलोचनासहित आएको थियो, एकै पटक आक्रामक प्रस्तुत भयो ।

" तिमी के लेख्छौ कृष्ण ? तिम्रो लेखन अमूर्ततातिर ढल्किदै गएको छ, जुन आख्यानमा पटक्कै सुहाउदैन जसलाई बोध गर्न पाठकले निधार खुम्च्याउनु परोस । काव्यले नै पहिरियोस - अमुर्त सौन्दर्यको गहना, आख्यानमा स्पष्ट बिषय विचार र धेय हुनुपर्छ ।प्रस्तुति जीवन्त हुनु पर्छ, कलात्मक हुनु पर्छ, बहाव हुनु पर्छ । कथा पढेर पाठक बगोस त्यो बहावमा ।"

मैले भने -
मनोरम,त्यो लेखाईको आ आफ्नो शैलीमात्र हो । फेरी म प्रयोगधर्मी पनि हुँ । प्रयोगले साहित्यलाई गति दिन्छ । प्रतिक्रियाको लागि धन्यवाद ।

उ थामिएन, उसले स्पष्टतामा अझ जोड दिदै भन्यो -
"मैले पछिल्लो कथा पढें तिम्रो " पात्र भेटिएन " भन्ने । यो कस्तो आख्यान हो ? तिमी कहिले पात्रै भेट्दैनौ , कहिले सबै पात्रको भूमिका आफै निभाउछौ ? पात्र चयन र चरीत्र निर्धारणमै अन्योल भएपछि आख्यानले कसरी गति लिन सक्छ ? भावना र बिचारको सम्प्रेषण कसरी हुन्छ ?

साहित्यप्रतिको प्रेमले यसो भनिरहेको छु कृष्ण! निश्चित भूमिकाका निश्चित पात्रहरु राख र कथा लेख । सिर्जनामा तिम्रो भावनाको बोधगम्य सम्प्रेषण हुनु पर्छ । पाठक केन्द्रित हुनुपर्छ। बजारमा नबिक्ने खालका छन तिम्रा रचनाहरु ।"

म भन्छु -मनोरम ! पात्रहरु आफै अनिश्चित छन यसबेला । बाहिर जे देखिन्छन, त्यो हुदैनन् । एउटाको नजरमा मुर्ख मानिस अर्कोको नजरमा देउता बराबर हुन्छ । पात्रका अनुहारहरु अनेकौं आवरणले ढाकिएका छन मनोरम । रुप र चरीत्र दुवै अस्पष्ट । मैले कसैलाई असल बनाएको पात्र नै पाठकको नजरमा खराब भैरहेको हुन्छ । यसर्थ मैले बिषय बदल्न खोजेको मात्र हो मनोरम, त्यस्ता बिषयहरु जसका बारेमा निर्धक्क आफ्नो बिचार बनाउन सकियोस ।

जस्तो कि म अहिले रातको कथा लेख्दैछु । शिर्षक नै "अँध्यारो" छ । जसका पात्रहरु भन्नु आकाश, चन्द्रमा, वादल र ताराहरु इत्यादि छन । यो प्रयोग हो, कसैले पढ्ला, नपढ़ला,नबुझला वा बुझ्ने चेष्टा र स्वीकार्ने हिम्मत नगर्ला तर त्यो भय ममा छैन मनोरम । के म त्यही भयलाइ अंगालेर एकादेशकै कथा लेखिरहूँ त ?

त्यसपछि भने एकछिन मौनता छायो । तर मेरो स्पष्टोक्तिले उसको चित्त भने अझै बुझेन ।
" किन भेटिदैन स्पष्ट चरित्रका पात्रहरु, ल मलाइ पात्र बनाउ र मेरो कथा लेख । म तिम्रो अगाडी उभिएको छु सग्लो, लेख मलाइ । " उ आवेशमा आए जस्तो दाया हातको चोर औलाले आफ्नै छातितिर इशारा गरिरहेको थियो ।

"हैन मनोरम ! यसरी लेख्दा त कथा झनै मर्छ । त्यो अस्वाभाविक र कृतिम हुन्छ । कथा कसैले थाहै नपाइ लेखिनु पर्छ, कम्तिमा कथाको पात्रले । उसले थाहा पाउने बित्तिकै कथा बनावटी हुन्छ" । ठिकै छ कुनै समय त्यो पनि लेखुँला ।
अरु सुनाउ के के चल्दैछ ? भेटघाट नभएको धेरै भयो । किन लेखन छाड्यौ ?" मैले सोधें ।

मैले कहाँ लेख्न छाडेँ र कृष्ण ? म अझै लेख्छु तर पत्रिकामा हैन । कतिले पढ्छन तिम्रो पत्रिका ? एउटा सिमित पाठक, कतिले पढ्छन ब्लग ? कतिले चलाउछन फेसबुक ? त्यसबाहिरको संसारको बारेमा कल्पना गरेका छौ ? त्यो विशाल छ अपार छ । हो म त्यहीं लेख्छु ती मान्छेहरुलाई सुनाउछु ।


मनोरमको कुरा एकदम अस्वाभाविक लागिरहेको थियो । उ भन्दै गयो -

मैले मान्छे हिड्ने बाटोमा लेख्न थालेको छु । नदी नाला, खोलाका ढुंगाहरु र बगरमा लेख्छु म । हरियो चौरमा लेख्छु, मन्दीर पाटी पौवा, धारो पधेरोमा लेख्छु । जीवनको गीत सुनाउछु, मेरा भावनाहरु अभिव्यक्त गर्न मलाइ कापी र कलम पनि चाहिदैन , शव्दहरु बाटै अभिव्यक्त हुनु पर्छ पनि भन्दिन म । म सूर्यको जिउबाट उज्यालो पोखिए जस्तै अनुभव गर्न थालेको छु, म आँखा बाट पोखिन्छु, हाँसो वा अनुहारका भाव /भंगीमाबाट पोखिन्छु । कतिपटक मैले मेरा आवाजहरुलाई अग्ला पहाड र समथर तराइहरुमा सुनाएको छु, हरिया जंगल होस् या मरुभूमिको उष्णता .... ! कुनै विधा बिषय र सिमा चाहिदैन म लेखिन, म आफै अभिव्यक्ति भएको छु - अभिव्यक्त हुन्छु, बस !

लेखन शैलीको बिषयमा भर्खर उसले म संग राखेको तर्कसंग आफै विरोधाभास हुने गरी उ अमुर्त बोलिरहेको थियो । मनोरमको कुरा र अभिव्यक्तिको उन्मुक्त स्वरुपले मलाइ डर लाग्न थाल्यो, कस्तो अनौठो र अस्वाभाविक कुरा गर्दैछ उ ? यस्तो त पहिले कहिले पनि थिएन ।

कि उसको बिचार मेरो चेतनाको स्तर भन्दा नै माथि उचालिएर कतै उ दार्शनिक्ताको बाटो त हिडिरहेको छैन ? या त उसप्रतिको मेरो सम्मान र दृष्टिकोण केवल भ्रम साबित गर्दै अचानक उ कुनै कारणले विक्षिप्त भयो ?


उ गए पछि मनमा एकपछि अनेक सवालहरु खेलिरहे । उसले के भन्न खोजेको थियो ? उसको ज्ञान र चेतनाको फैलावट मैले महसुस गर्न नसकेको कि उसले मलाइ बुझाउन नसकेको ? पहिले त यस्तो रहस्यमय कहिले थिएन मनोरम एकदम सामान्य थियो । विल्कुल अरु लेखक जस्तै ।

अचानक टिभीमा प्रसारित एउटा सुचनाले मेरो सोचाईको आकाश भरि मडारिएका वादलहरु सबै एकैसाथ भुइमा झरे ।

मानिस हराएको सुचना
नाम -मनोरम वस्ती
हुलिया -..... अरु अगाडी एक शव्द पनि सुन्नु परेन, तस्विर उसैको थियो हाँसिरहेको ।

त्यसपछि म दुखि हुदै एउटा कथा लेख्न बसेँ, जसको शिर्षक राखें - "मनोरम वस्ती" ।




► कृष्णपक्ष थापा ।। अरु ...

साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न



विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रुस शाखाले यही जुलाई १४ तारिखका दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरकोतटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती भब्य रुपमा मनाएएको छ ।

गैर आबासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा उपेन्द्र महत्तोको प्रमुख अतिथ्य रहेको उक्त समारोहको सभापतिमा विश्व नेपाली साहित्य महासंघका बर्तमान अध्यक्ष तथा गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका महासचिब डा मधु कृष्ण श्रेष्ठ "माधुर्य" हुनुहुन्थ्यो भने कार्यक्रम संचालनको भूमिका साहित्य महासंघ रसिया का अध्यक्ष तथा गैर आबसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद रसिया का उपाध्यक्ष गोविन्द प्रसाद गौतमले गर्नुभएको थियो ।


उक्त समारोहमा गैर आबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद का उपाध्यक्ष श्री जिवा लामिछाने ,नेपाल राजदुताबासका सचिब गेहेन्द्र राजभण्डारी, नारी निकुन्जक अध्यक्ष डा. समता प्रसाद, गैर आवासीय नेपाली संघ रुस रास्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. मणिराज पोखरेल, खेलकुद समाजका अध्यक्ष खेम लामिछाने, नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयक अध्यक्ष डा. सचिन शाक्य, रुस-नेपाल व्यापार संघक उपाध्यक्ष टेकराज निरौला लगायत रुसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाका सदस्य एवं पदाधिकारीहरुको राम्रो समुस्पस्थिति थियो |

आदिकवि भानुको तस्बिरमा उपस्थित सहभागीहरुले भावपूर्ण श्रद्दान्जली स्वरूप पुष्प-गुच्छाहरु चढाई शुरु गरिएको उक्त साहित्यिक समारोहमा विनेसाम रुस साखाको तर्फबात सदस्य गणेश रामदामले स्वागत मन्तब्य प्रकट गर्नु भएको थियो भने उमेश प्रसाद भट्टराई, डा. मधु माधुर्य र गोविन्द प्रसाद गौतमले आ-आफ्नो मौलिक कविता वचन गर्नु भएको थियो | नेपाली साहित्यप्रेमी जीवा लामिछानेले उपस्थित नेपाली वालवालिकाहरु समक्ष स्वर्गीय भानुको सामान्य परिचय र वहाको योगदानबारे चर्चा गर्नु भएको थियो भने भानुको अमुल्य योगदान र आजको सन्दर्भबारे डा. उपेन्द्र महतो, डा. समता प्रसाद, जिवा लामिछाने, डा. बद्रि केसी, सपिला राजभण्डारी, मणिराज पोखरेल हुनुहुन्थ्यो |

बिनेसाम रसियाका सल्लाहकार डा. एक नारायण चापागाईंले उपस्थित महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भएपछि समारोहका सभापति डा. मधु माधुर्यले भानुको योगदान, दर्शन एवं आजको विश्व साहित्यको परिवेश र नौला आयामहरूबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई र बनभोज कार्यक्रमको व्यवस्थापक सन्तोष केसीलाइ धन्यवाद ज्ञापन गरिसकेपछि समारोह विसर्जन भएको घोषणा गर्नु भएको थियो |


अपरान्ह ४ बजे देखि सहभागीहरुको उपस्थिति शुरु भएर प्रकृतिको मनोरमस्थानमा बनभोजको रमाइलो अनुभव गर्दै साहित्यिक शृंखला पार गरी मस्को फर्कने बेला वेलुकीको ११ बजेको आकासमा चम्किरहेको गोलो चन्द्रमाले समेत साहित्यिक अभिवादन दिई रहेको प्रतित हुन्थ्यो |
► कृष्णपक्ष थापा ।। अरु ...

Friday, 15 July 2011

दुबईमा १९८ औं भानु जयन्ती तथा गजल विमोचन कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, युएई, दुबई

आज १५ जुलाई शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई च्याप्टरको आयोजनामा १९८ औं भानु जयन्ती मनाएको छ। साथै यसै अवसरमा दिनेश आचार्य मण्डु र माइनस प्लस सङ्ग्रोलाकोद्धारा लेखिएको प्रवासका दुई फुलू गजलकृतिको पनि विमाचन गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ युएई शाखाका अध्यक्ष जीतेन्द्र मल्लले गर्नुभएको थियो। त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी बुद्धिजिवी महिला साहित्यकार र पत्रकारहरु रहेका थिए।

कार्यक्रमको पहिलो चरणमा अतिथिहरुद्धारा भानुको तस्विरमा फुलको माला र फुलहर चढाएर उहांको बारेमा प्रकाश पारेका थिए भने दोस्रो चरणमा प्रवासको मरुभूमि युएईको ४०-४५ डिग्री तापक्रमबाट खारिएका गजलकार दिनेश आचार्य मण्डु र माइनस प्लस सङ्ग्रोलाद्धारा लिखिएको प्रवासका दुई फुलू गजलकृतिको दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री र अन्य अतिथिहरुद्धारा विमोचन गरिएको थियो।
कार्यक्रममा विभिन्न गजल रचना र कविताहरु वाचन समेत गरिएको थियो। आफ्नो ड्युटीबाट बचेको समयलाई साहित्यप्रति खर्च गरि गजल र कविताको माध्यमबाट आफ्नो मनको वहहरुलाई पोख्नमा सफल भएका गजलकारहरुलाई सबै वक्ताहरुले शुभकामना समेत दिएका थिए। कार्यक्रमको संचालन पत्रकार तथा साहित्यकार विरही रिजालले गरेको थियो।






► कृष्णपक्ष थापा ।। अरु ...

एक हातको ताली -निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण



“एक हातको ताली” निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

डा।विष्णुप्रसाद पौडेल
सहप्रा. पृथ्वीनारायण क्याम्पस पोखरा ।




सारसङ्क्षेप-

प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत “एक हातको ताली” निबन्ध सङ्ग्रहका निबन्धहरुको वस्तु कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम द्वितीय र तृतीय महŒवका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको सघनता अनि प्रस्तुति र शिल्पको कलात्मकतालाई मानिएको छ । ती बीचको सुसंश्लेषण भएका प्रथम सुसंश्लेषण त्यति हुन नसकेका द्वितीय र विचार वा भावको सघनता नरहेका प्रस्तुति र शिल्पको कलात्मकता पनि सामान्य रहेकालाई तृतीय महŒवका मानिएको छ । यस आधारमा सङ्ग्रहका अठार हजार जाबो तिम्रो घरमा देउता पुलमुनिका घर र एक हातको ताली गरी चारवटा प्रथम महŒवका प्रलयको नाम सुनामी होइन ध्वाँसो मुनि डेरिडा सडक स्वाद चुराको छलाङ पैराको धावा कोरसमा एउटा स्वर जयमाया अर्थात् नेपालीहरु र कोतपर्वको दर्शक गरी आठवटा द्वितीय महŒवका अनि अरु तृतीय महŒवका देखिएका छन् । यस लेखमा तिनलाई व्यष्टि र समष्टिपरक अन्तरङ्ग विश्लेषण गरी अन्त्यमा उपसंहारका बुँदाहरु पनि प्रस्तुत गरिएको छ । यस क्रममा विवेच्य सङ्ग्रहका निबन्ध मूलतः समकालीन सङ्कटग्रस्त नेपाली जीवनसँग सम्बन्धित छन् र ती कतिपय निबन्ध निबन्ध्ाकारका निजीभाव वा दृष्टिको सघनताद्वारा बुनिएका हुँदा निकै महŒवका बन्न पुगेका छन् भन्ने निष्कर्ष निस्किएको छ ।

१।विषय प्रवेश

साहित्यको एउटा महŒवपूर्ण रचना प्रकार वा विधा निबन्ध हो । यसमा लेखकका विचार वा भावनाले बढी सजिलै अभिव्यक्ति पाउने मानिन्छ । अरु विधाको जस्तो उपकरणगत जटिलता निबन्ध्ाले सहनुपर्दैन तर यो फेरि उपकरण शून्य संरचना पनि होइन । सोह्र्रौँ शताब्दीका प्रुान्सेली मोन्तेन र अठारौं शताब्दीका बेलायती बेकनले यसलाई क्रमशः आत्माभिव्यक्ति र विकीर्ण चिन्तनका रुपमा परिभाषित गरिदिए पछि स्रष्टाले आºनो वरिपरिको परिदृश्य देखेभोगेर अनुभूत गरेको भावात्मक वा वैचारिक संवेदना सस्रर्ती गद्य भाषामा पस्किँदै निबन्ध निर्माण गरेको पाइन्छ । तसर्थ पर्याप्त अन्तसंवेदना साक्षात्कार गर्न नसक्ने र गरेर पनि त्यसलाई एक बसाइमा पढेर सकिने गद्य रचनामा ढाल्न नसक्ने मानिसले निबन्ध लेख्न सक्तैन । विधाको प्रविधिगत जटिलता यसमा कम भए पनि साहित्य सिर्जनाका लागि चाहिने पर्याप्त बौद्धिक वा भावनात्मक संवेगको गाढापन भने निबन्धमा अत्यधिक चाहिन्छ नै किनभने त्यसले नै निबन्धका पाठकलाई बढी सम्मोहित तुल्याउने हो । तिनै भावना वा विचारका चास्नीमा वर्तमान समाज अर्थ राजनीति शिक्षा र लोक जीवनका व्यवस्थाहरु तथा इतिहास संस्कृतिका सन्दर्भहरु विषय बनेर आउन सक्छन् । तिनलाई उपस्थापन गर्ने शिल्प वा भाषाशैली पनि यही क्रममा आउँछ तर यी सबैको केन्द्र भनेको मान्छे नै हो । त्यसैलाई लक्षित गरी कलात्मक अभिव्यक्ति निबन्धले पनि गरिरहेको हुन्छ । एकै दृश्य र एकै अनुभवलाई पनि सर्जक संवेदनाले अनेकन रुपमा प्रस्तुत गर्न सक्छ भने एकै दृश्यका फरक-फरक अनुभवलाई त उसले झन् सहजै भिन्नभिन्न मौलिकताका साथ प्रस्तुत गर्छ नै । निबन्ध स्वभावतः स्थिर शाश्वत र सार्वभौम मूल्यसँग भन्दा पनि वैयक्तिक मूल्यसँग बढी संयुक्त हुने सम्भावना रहन्छ किनभने यो लेखकका भावना वा चेतना बढी मुखरित हुन पाउने विधा नै हो । उत्तरआधुनिक अहिलेको लेखनले त व्यक्ति चेतनालाई नै सबै विधामा अग्रस्थान दिइ नै रहेको छ । यही पृष्ठभूमिमा २०६५ सालको मदन पुरस्कार पाउन सफल भई बढी चर्चामा तानिएको “एक हातको ताली” निबन्ध सङ्ग्रहको यहाँ अन्तरङ्ग विश्लेषण गर्ने काम भएको छ ।

२।विषय विस्तार र विश्लेषण

“एक हातको ताली” निबन्ध सङ्ग्रहका निबन्धकार युवराज न्ायाँघरे २०२६ हुन् । यिनी समकालीन युवा पुस्ताका निबन्धकार हुन् । यिनले निबन्ध बाहेक कविता विधामा पनि कलम चलाएका छन् । यिनको प्रस्तुत निबन्ध सङ्ग्रह सातौं सङ्ग्रहका रुपमा आएको देखिन्छ । यसमा जम्मा २३ वटा निबन्धहरु सङ्कलन गरिएका छन् । तिनलाई समग्र निबन्ध कलाको प्रभावकारी संश्लेषणको मात्राका दृष्टिले विभिन्न तहमा विभाजित गरेर हेर्न सकिन्छ ।

२।१प्रथम महŒवका निबन्धहरु

यस सङ्ग्रहका प्रथम महŒवका निबन्धहरु “अठार हजार जाबो !” “तिम्रो घरमा देउता” “पुलमुनिका घरू र “एक हातको ताली” हुन् । यीमध्ये सङ्ग्रहको पहिलो निबन्ध “अठार हजार जाबो” हो । यसमा काठमाडौंको कोटेश्वरबाट कलङ्कीसम्म माइक्रो बसको अघिल्लो सिटमा चालकसँग बसेर यात्रा गरिरहेको संवेदनशील यात्रु वा लेखकले विशेषतः चालकका जेजस्ता गतिविधि देख्छ र अनुभव गर्छ त्यसैलाई विषयवस्तु बनाइएको छ । निबन्धको थालनी नै “महँगो युगमा महा सस्तो मान्छेको मूल्य ।” पृ।१ भन्ने विचार वाक्यबाट भएको छ । महा सस्तो मान्छेको मूल्य निर्धारण गर्ने काम चालकले गरेको छ । उसले चाहेको मान्छेलाई किचेर मारिहाल्यो भने तिर्नुपर्ने अठार हजार मात्र हो । कोटेश्वरबाट कलङ्कीसम्मको यात्रामा यस्तो संयोग चालकलाई धेरै पटक जुट्छ । ऊ “काउछो मिसिएको बोलीको धनी छू पृ।११ मान्छेमा हुनुपर्ने थोरै गुणसमेत त्यस श्रमिक चालकमा नदेखेर वा उसको क्रूरता देखेर संवेदनशील यात्रु सन्त्रस्त बनिरहेको छ । “हाम्रो ज्यान कति सस्तो” पृ।४ भन्ने अनुभूति उसमा छड्किरहेको छ । चालकको चर्काे तथा अनियन्त्रित हकाइ र बारम्बार उसको “अठार हजार त हो जाबो” भनाइले त्यो सन्त्रास झन् झन् सघन बनिरहेको हुन्छ । बल्लतल्ल यस्तो हतार किन गरेको भनेर चालकलाई सोध्दा “लाइसेन्स भोलि पाउँछु । आज बेलुका हवलदारसँग केही खाइपियाइ गर्नु छ अनि हतार नगर्नु त “ पृ।११ भन्ने उसको भनाइ सुनेपछि त यात्रु झनै सन्त्रस्त हुन्छ र निबन्ध टुङ्गिन्छ ।

यसरी यस निबन्धमा मुख्यतः समकालीन हाम्रो शहरी समाजमा देखिने ट्राफिकको अवस्था प्रशासकको गतिछाडा प्रवृत्ति त्यसैका आडमा विकास भएको चालकको एकदमै अनुत्तरदायी र क्रूर कर्मका पृष्ठभूमिमा मूल्यहीन साबित हुँदो वा नगण्य मूल्यमा साटिँदो हाम्रो जीवन देखाइएको छ । यस्तै “दुर्घटनाको खबर नबनौं भन्ने सूचनापाटी मुनिबाटै बाटो काट्ने मानिसहरुको भीड देखाएर चालक मात्रै होइनन् हाम्रा समाजका सदस्यहरुमा पनि सहरी अनुशासन कायम हुन नसकेको स्थिति सङ्केत गरिएको छ । “हरेक मानिसले देश बोकेको हुन्छू पृ।६ भन्ने चेतनाले समाजका यस किसिमका दुवृ्रत्तिहरुको आलोचना निबन्धमा गरिएको छ । यस दृष्टिले निबन्ध निकै सफल पनि छ तर बस चालकको गतिछाडा प्रवृत्तिसँगै राष्ट्रका साचालकको गतिछाडा प्रवृत्तिलाई पनि अलिमुखर ढङ्गमा अभिव्यिाजत गर्न सकेका भए निबन्ध झनै सबल बन्थ्यो भन्ने लागि रहन्छ ।

दोस्रो निबन्ध “तिम्रो घरमा देउता” हो । यो द्वन्द्वकालीन सन्त्रस्त परिवेश चित्रणमा केन्द्रित छ । “खोजेजस्तो छैन खबरू पृ।१२ यसको पहिलो वाक्य हो र यो नै विचार वाक्य पनि हो । त्यसैको पुष्टिका लागि यस्ता खबर आएका छन्-
धागो बाँधिएका चिठी साथ आएका आएकै छन् जब्बर सूचनाहरु । पृ।१२
आजभोलि साँझ नपर्दै ठेलिन्छ दैलो । पृ।१३
मर्नेको सङ्ख्या सीमाहीन र बेगिन्ती । सौन्दर्य गुमाएका आइमाईहरुको अवस्थिति छ बस्तीभन्दा बढी । पृ।१३
बाली सप्रेको गरामा गाडिन्छन् फरफर झण्डा । पृ।१४
हेर बाबु बाली लाउनु मात्र पर् यो धनी अर्कै हुन थाले । खटाएको मानो खान सक्छौँ । खटाएको जीवन बाँच्न साह्रै गाह्रो । पृ।१६
छिटो मर हामी मलामी जान आतुर छाँै भनी-भनी चिच्याइरहेको हुललाई छिमेकी मानेर बसिरहन सकिन्छ र पृ।१७
बाबु खेत-खेतमा गाडिएको छ मौलो । आºनै आँगन आहाल देखिन्छ । पृ।१८
हाम्रो घरमा पिशाच छन् । तिम्रा घरमा देउता । पृ।२०

यसरी द्वन्द्वकालमा विशेषतः माओवादीले मच्चाएको आतङ्क र सन्त्रासको बयान यहाँ गरिएको छ । राज्यपक्षले मच्चाएको सन्त्रास पनि नआएको चाहिँ होइन । जस्तै- “सुकुम्बासी थियौं । अलिकति पाएको जग्गामा कटेरो बनाएथ्यौँ । जालीहरुले हात्ती लगाएर भत्काइदिए टहराहरु” पृ।१६ यस्तो विद्रोही र राज्य पक्षको द्वन्द्वले उजाडिएको बस्तीको कथा यहाँ आएको छ । उनीहरुको अन्तरिक शरणार्थी बन्नुको पीडा निबन्धमा छाएको छ । उनीहरुका लागि सहर देवता बस्ने थलो जस्तो शान्त र सुरक्षित छ तर सहरकै बासिन्दालाई भने त्यो अनुभूति छैन । आतङ्क र सन्त्रास नमडारिएको कुनै ठाउँ छैन । त्यसैले भनिएको छ- “देश सानो छ तर फोहोरी हात कति कति ।” पृ।१७ यही द्वन्द्वकालीन पीडा कथन यस निबन्धको मेरुदण्ड बनेको छ ।

सङ्ग्रहको चौथो निबन्ध “पुलमुनिका घरू हो । यो काठमाडौंको वाग्मती नदीको पुल हो । यसको तलको र माथिको स्थितिले नेपालको राजधानीको वा सहरको अँध्यारो र उज्यालो स्वरुपलाई देखाएको छ । यो आधुनिक सभ्यतामा देखिएको विरोधाभासी चरित्र पनि हो । यहाँ एकातिर पुलमुनिका कुइगन्धे झुप्राहरुको स्थिति देखाइएको छ भने अर्कातिर अत्तर छर्किएर चिल्लाकारमा हिँड्ने पुल माथिको स्थिति निरुपित छ । यो निबन्ध पनि “दुर्गन्धको अर्काे नाउँ वाग्मती” पृ।३० कथनबाट सुरु भएको छ । यसले हाम्रो सांस्कृतिक ह्रासलाई मात्रै देखाएको छैन । मान्छे नै चरम दुर्गन्धमा साटिँदो अवस्थालाई सङ्केत पनि गरेको छ । मानिस हुनुको दुर्भाग्य यहीँ पुलमुनि देखिन्छ । सहरका विपन्न सीमान्तकृतहरुको आश्रय स्थल हो यो । उनीहरुका व्यथा र चिन्तामा नै निबन्ध केन्द्रित छ । उनीहरुको चिन्ता छ- “भेलले लादीभुँडी र फोहोर बगाउँछ तर दुनियाँले बस्न नमानेको यै ठाम बगायो भने …। “ पृ।१३७ यस्तो सन्त्रासमा पुलमुनिको जीवन बाँचिरहेको छ तर पुलमाथि “दगुरिरहेका छन् गरिबी निवारणका गाडीहरु । असहायलाई साथ दिने सपनाका गाडीहरु …। पुलमुनिका तन्नम आँखामा तिनको कुनै छाया पर्दैन ।” पृ।३३ यही विडम्वनापूर्ण अवस्थाको अभिव्यक्ति निबन्धमा छाएको छ । निबन्धकार एकातिर त्यस्तो विद्रूप र वीभत्स परिवेशमा रहेर पनि उनीहरुको जीवप्रतिको अनुराग देखेर उत्साहित छन् भने अर्कातिर सभ्य भनाउँदाहरुप्रति गम्भीर हुँदै भन्छन्- “पुलमुनिका घरहरु हरेक सभ्यतालाई परीक्षा लिने सत्य हुन् ।” पृ।३४ यो निबन्ध यस्तो व्यङ्ग्यात्मक रचनात्मताले युक्त छ । यसमा अँध्यारो जीवनको जिजीविषा र उज्यालो ठानिएको जीवनको समाजप्रतिको दायित्व शून्यता वा स्वार्थीपनलाई गहनताका साथ संश्लेषण गरी प्रस्तुत गरिएको पाइन्छ ।

सङ्ग्रहको तेह्रौ निबन्ध “एक हातको ताली” हो । यसलाई सङ्ग्रहको शीर्षक चयनमा छनोट गरी विशेष महŒव दिइएको छ । यसमा २०३६ २०४६ २०६३ सालमा भएका मुलुकका ठूला राजनीतिक परिवर्तनमा जनसामान्यको उत्साहजनक सहभागिता रहे पनि उनीहरुले यथार्थमा केही पाएनन् पाउने नेताजन मात्रै भए भन्ने गुनासो र आक्रोश व्यक्त गरिएको छ । यहाँ झापाली न्याङरुङे कटुवाल निम्नवर्गीय श्रमजीवी चरित्रका रुपमा देखिएको छ । यो टुँडिखेलमा सामान्य चिया दोकान चलाएर जीवन निर्वाह गर्दछ । यसले लामो समयदेखि एक हातले चिया फिट्ने र अर्काे हातले त्यहाँ परिव्ार्तनका पक्षमा भाषण गर्ने नेताहरुका समर्थनमा ताली पिट्ने गर्छ । यसको यस्तो व्यवहार र परिदृश्यलाई यस निबन्धमा निकै महŒवका साथ प्रस्तुत गरिएको छ । कटुवाल सरदर नेपालीहरुको प्रतिनिधि पात्र हो । ऊ जस्ता सर्वसामान्य नेपालीहरु नै आºनो जीवनमा सकारात्मक परवर्तन र समृद्धि आउला भन्ने आसले ज्यान हत्केलामा राखेर आन्दोलनमा सहभागी भएका थिए । त्यही कारणले कतिपयले अङ्गभङ्ग भएर बस्नुपर् यो र कति त मरे पनि । “देशैमा पहिरो गइरहेको बेला मेरो घर पहिरोमा पुरियो के भन्नु” पृ।११३ भन्दै कटुवालहरु टुँडिखेलमा नेताहरुले बेचेको सपनामा नै अल्झिरहे । उनीहरुको एकनिष्ठताले देशमा क्रान्तिहरु पनि भए । तर ती सीमान्तकृत श्रमिकहरुको जीवनमा “कुनै उत्साह र प्रफुल्लताको एक गाँस भातको डल्लो आइसकेको थिएन ।” पृ।११६ त्यही भएर निबन्ध स्वयं बोलेको छ-
चण्ड प्रचण्ड अचण्डहरुले पासा ºयाक्न छोडेनन् । मानिसको आँसुको कहिल्यै मूल्य नभएको देशमा कटुवालहरुले फिराद गर्ने ठाउँ थिएन ठ्याम्मै थिएन ।पृ।११६

कटुवालहरुले एक हातले ताली बजाउन कुनै सम्झौता गरेनन् । तामदान चढेर प्रजातन्त्रको वर्णसङ्कर ठिम्मिले सन्तान आउजाउ गरिरहुे …॥ गरिरह्यो । तर व्यथाको विसर्जन हुने सङ्केत कही देखिएकै होइन । पृ।११८
झण्डा फेरिए पनि आँसुले रङ फेर्न पाउनुपर्ने कुनै नजिर थिएन ठ्याम्मै थिएन । नारा फेरिए पनि दुःखले साँध पाउनुपर्ने कुनै बाँध कतै थिएन । पृ।११९
समयले ठुँगेर रगताम्मे पारेको अनुहारमा न्याङरुङेले लगाउने कुनै लेप-ओखती छैन देशको दिल छ टाटउल्टाइ भयानक र हरितन्नम । पृ।१२०
सपना बेच्नेहरुले टुँडिखेलमा गरेका गर् यै छन् पाल्सी कुरा । बेइमानहरुको सक्कली अनुहार धेरै दिनदेखि छोपिन थालेको छ लाली-फाले । पृ।११२
टुँडिखेलमा यस्ता महँगा सपना किस्ताबन्दीमा बेच्ने अगुवाहरु देखेकै हो दिनहुँ । १२१
भोका नाङ्गालाई क्यास गर्ने दरिद्रुइँको अभिनय गर्छन् अति मार्मिक । दुर्भाग्य ताली पिट्ने कटुवालहरु जिल्लिएका छन् यहीँनिर । पृ।१२१

यसरी प्रस्तुत निबन्धले एकातिर समकालीन नेताहरुको राजनीतिक बेइमानीको भण्डाफोर गरेको छ भने अर्कातिर राजनीतिका नाममा जनसामान्यले व्यहोरेको व्यथालाई पनि देखाएको छ । त्यस्तै राजनीतिलाई समर्थन गर्ने नाउँमा सधैँ नेताहरुको पिछलग्गू मात्रै हुनुभन्दा पूर्णकालीन कार्यकर्ता भएर त्यसमा सकारात्मक परिवर्तन ल्याउन प्रयत्नशील हुनुपर्ने भित्री आसय पनि यसमा झल्किन्छ । तर नेतृत्व वर्गले आºनो स्वार्थका लागि “दुवै हातले ताली नबजाउन् न्याङ्रुङेहरुलेू पृ।१२१ भन्ने उर्दी जारी गरेका छन् । एक हातको ताली शीर्षकले पनि नेताहरुको त्यही एकतर्फी स्वार्थलाई सङ्केत गरेको छ जस्तै- “आज टुँडिखेलमा बोल्ने आवाजहरु पसेका छन् महलतिर । ती झन्डाहरु गहनामा जडिएर आभूषण भएका छन् । नाराहरु गीत भएका छन् ।” पृ।१२१ ।

यसरी देशको समय समयको राजनीतिक लहरको अवसान के-कस्तो अर्थहीन ढङ्गमा भएको छ भन्ने समकालीन यथार्थलाई यस निबन्धले एकातिर निकै राम्रैसँग व्यक्त गरेको छ भने अर्कातिर त्यसले जनसामान्यमा ल्याएको निराशा छटपटी र गम्भीर विषादमूलक स्थितिलाई पनि उजागर गरेको पाइन्छ ।



२।२द्वितीय महŒवका निबन्धहरु

यस सङ्ग्रहमा देखिने द्वितीय महŒवका निबन्धहरु हुन् “प्रलयको नाम सुनामी होइनू “ध्वाँसो मुनि डेरिडा” “सडक स्वादू “चुराको छलाङू “पैराको धावा” “कोरसमा एउटा स्वरू “जयमाया अर्थात् नेपालीहरु” र “कोतपर्वको दर्शकू । यीमध्ये “प्रलयको नाम सुनामी होइनू मा इन्डोनेसियाको आचे प्रान्तमा केही समयअगि आएको सुनामीको प्रकोपले दुई लाख मान्छे र अरबौंको सम्पत्ति नष्ट भएको विषय आएको छ । त्यस महाविनाशको घटनाका कारण मानिसहरुले सुनामीलाई प्रलयको प्रतीकका रुपमा लिन थाले तर लेखकले त्यसलाई त्यस रुपमा नलिई त्यो मानवले नै निम्त्याएको वातावरणीय विनाशको प्रतिफल र प्रकृतिको लीलामा आधारित थियो भन्ने विषय प्रस्तुत गरिएको छ । प्राकृतिक यस महाविपदाले मान्छेका दर्शनहरुलाई ठेगान लगाइदिएको छ । “जीवन जतिसुकै अर्थ र दृष्टिहरुको जन्जालमा परोस् समयको व्याख्यानभन्दा अर्काे हुँदै होइन ।” पृ।५७ “वातावरण विद्हरुले बोल्ने गरेको पुरानो फाइलको रङ खुइलिसकेको छ । रङ खुइलेको सिद्धान्तमा परिमार्जन र परिष्कृत तर्कहरु आचे प्रान्तका परेली पुछ्न सक्षम भएको देखिएन देख्दै देखिएनू पृ।६२ भन्ने सामयिक तर्कपूर्ण दृष्टि लेखकको छ । त्यस्तै विपद्का घडीमा मान्छे नै मान्छेको सहानुभूतिशील सहयोगी बन्न खोजेको देखेर लेखक निकै सन्तुष्ट पनि देखिएका छन् । अन्त्यमा “प्रकृतिलाई नोक्सान गर्ने चेष्टाको प्रतिफल हो सुनामीको छाल । मानिसको विवेकमा परिवर्तन आवश्यक मात्र होइन अत्यावश्यकै छ । अन्यथा प्रलयहरुको क्रम बढ्ने छ महा प्रलय मच्चिने छू पृ।६३ भन्ने पूर्व सावधानीको रचनात्मक भाषा पनि निबन्धमा बोलिएको छ ।

त्यस्तै “ध्वाँसो मुनि डेरिडा” निबन्धमा गाउँबाट सहर पसेको विपन्न विद्यार्थी दयानिधिले सहरमा भोगेको सङ्कटको बयान गर्दै परिवेश पाएका भए ऊ पश्चिमी विनिर्माणवादी सिद्धान्त प्रतिपादक डेरिडा जस्तै हुने थियो तर यस ठिमाहा परिवेशमा बाँचेको हुँदा ऊ व्यक्तित्व शून्य बनेको छ भन्ने आशय व्यक्त गरिएको छ । निबन्धमा आएका “के निमुखालाई बचाउने शासन कतै छैन “ पृ।६९ “आखिर लडाइको सन्त्रास सानाहरुका लागि जहिल्यै रहेछ ।” पृ।७० जस्ता कथनले विपन्न वर्गको पीडाको छटपटीलाई झल्काएका छन् । त्यस्तै चाक्सीबारीमा क्रान्तिको उद्घोष गर्ने नेताले उसको डेरामा गएर मिठो मसिनु पकाउन लगाई उसको मासिक बजेट नै असन्तुलित तुल्याइदिएको स्थिति देखाएर नेतृत्व वर्गको शोषणको शैलीलाई पनि सङ्केत गरिएको छ । यस निबन्धको सामान्यीकृत डेरियाले देवकोटाको असार पन्ध्र निबन्धका कालिदास वाग्नर सेक्सपियरहरु पनि सम्झाउँछ ।

यस्तै “सडक स्वादू निबन्धमा सडक बालबालिकाहरुसँग दशैंको भोज खाएको प्रसङ्गसँगै “भोकले रन्थनिएपछि मान्छेले गर्न बाँकी केही राख्दो रहेनछ ।” पृ।७५ भन्ने कुरा पुष्टिका लागि भोक मेट्न मानिसहरुले अर्काको बान्ता खाने दशैको टीका खाने तीन डल्ला भातसँग नारी अस्मिता नै साट्ने जस्ता कर्मको बयान गरिएको छ । यस्तै सानीमाको चुटाइ र रक्स्याहा बाबुको पीडा भोगेर भात खान सहर पसेका सडक बालबालिकाका सन्दर्भ पनि यहाँ आएका छन् । निबन्धको पूर्वाद्र्धमा विवरणहरु बढी आएका छन् भने उत्तराद्र्धमा वैचारिकता आएको छ । भोकाहरुका नाममा अघाएकाले नै हसुर्ने आम राजनीतिक प्रवृत्तिप्रति निबन्धको चर्काे असन्तोष रहेको छ । भनिएको पनि छ “सबै युद्धको मूल सार एउटै छ कसले धेरै खाने “ पृ।८० “सबै युद्धका नाइकेहरुले अर्काे युद्धका लागि तिनै भोकाहरुको मरणलाई तातो विषय बनाएर बिगुल फुकिरहेका छन् अहोरात्र ।” पृ।८०

यस्तै “चुराको छलाङ्गू निबन्धमा समाजमा नारीप्रतिको परम्परित धारणामा ह्वात्तै परिवर्तन हुनुपर्ने वा छलाङ मार्नुपर्ने धारणा व्यक्त गरिएको छ । परम्परित नेपाली समाजमा नारीप्रति प्रशस्त अन्धविश्वास रहेका जस्तै परसरेकी बहिनीलाई हेर्न नहुने विधवाले वरमाला गाँस्न नहुने परिवार नियोजन गरेका नारीले पिण्ड बटार्न नहुने अविवाहिता नारीले साइकल चलाउन नहुने आदि तर त्यस्ता अन्धविश्वासलाई नकारी नारीले सैलुन खोल्ने टेम्प्ााे चलाउने हलो जोत्ने जस्ता पुरुषले मात्रै गर्ने ठानिएका काम गर्न थालेका हुँदा नेपाली महिलाको सोच र व्यवहारले छलाङ मार्न थालेको कुरा देखेर निबन्धकारले सन्तोष व्यक्त गरेका छन् । पश्चिमी म्याडोनाले आºनो कोख भर्ने बलियो र तागतिलो पुरुषको वीर्यको आह्वान गरिसकेकी हुँदा हाम्रा नारीमा पनि युग सापेक्ष चेतनाले विस्तार पाउनुपर्छ भन्ने अभिप्राय यसमा देखिन्छ । साथै माओवादी र राज्यपक्षको द्वन्द्वको चपेटामा परेर पति र पुत्र गुमाई जीउ बेचेर भुँडी भर्ने पेसामा लाग्न बाध्य नारीलाई पनि सैलुन खोल्ने टेम्पू चलाउने जस्ता रचनात्मक काममा लगाउनुपर्ने रचनात्मक आग्रह पनि निबन्धमा देखिएको छ ।

यस्तै “पैराको धावा” निबन्धमा त्रिशुली राम्चेको मनोहर ग्रामीण परिवेशको चित्रण गर्दै बाटाको नजिक भीरको कोचेरोमा सानो भट्टी पसल गरेर बसेकी वृद्धा मामको जीवनको आºनै किसिमको जटिलता देखाइएको छ । भनिएको पनि छ-
मामको आºनै खाले दुःखको रङ छ ।

त्यो दुखाइमा माक्स्र प्रजापरिषद् एसा्रद हुसेन डा। महाथ्ािर मोहम्मद मार्काेस वा मार्गरेट थ्याचरको सहानुभूति छैन । छदै छैन ठुम्मै छैन । पृ।९२

२०६० साल साउन ३० मा राम्चेलाई स्वात्तै पैरोले बगाउँदा माम लगायत त्यस क्षेत्रका बासिन्दाले बेहोर्नुपरेको त्रासदीयता वा पहाडी क्षेत्रको बेलाबेलाको बाढी पैह्रोले सिर्जना गर्ने गरेको जनधनको क्षति र त्यसबाट विद्रूप बनेको जीवन देखेर निकै संवेदनशील भएका निबन्धकारको मनोदशाको बयान पनि यहाँ रहेको छ ।

यस्तै “कोरसमा एउटा स्वरू निबन्धमा काठमाडौँ सहरको अर्थशून्य भीडैभीडले वाक्क भएको लेखकको मनोदशालाई बयान गरिएको छ । सहर यहाँ नैतिक मूल्यशून्य बेइमान कुरुप अश्लील क्रूर विलासी विपन्न विरानोपन युक्त चरम स्वार्थी र वीभत्सताको प्रतिरुप देखिएको छ । त्यस्तो “कुरुप भद्दा र विकृत भीडले मलाई खान थालेको धेरै भो । यो सलहले मेरो समाजलाई मेरो देशलाई खाएको खाएकै छ ।” पृ।१२९ “अब भीडले लुछेर खाने भो मेरो तागत रगत र जवानी । कठै मेरो स्वतन्त्रता ७३ढटण्स ७३ढटण्स ७३ढटण्सू पृ।१२९ भन्ने चिन्ता र सन्त्रास निबन्धकारको पाइन्छ । भीडको विषाक्तताले ग्रस्त निबन्धकार आर्यघाटमा पनि लासकै भीड देख्छन् । घरखेत बेचेर साउदी अरब कमाउन पुगेको मानिसको लासको बाकस पनि त्यही देखिन्छ । त्यसलाई देखेर कतिले भन्छन् “नेपालीहरु सुनका बाकस कमाउन हतारिएर अरब जान्छन् । उल्टै बक्सामा तिनको कोच्चिएर ज्यान फिर्छ ।” पृ।१२५ निबन्धकारलाई त त्यो अझै लाग्छ “सढेको नेपाली वीरता ।” पृ।१२५ यस्तो स्थिति सिर्जना गर्ने को त भन्दा अन्ततः शासक-प्रशासक नै ठहरिन्छन् तर तिनका विरुद्ध “व्यक्ति उम्लेर क्यै नहुने उम्लनुपर्ने देशैका पाटपुर्जा रै छनू पृ।१२५ भन्ने विद्रोह चेतको भावना पनि यसमा देख्न सकिन्छ ।

“जयमाया अर्थात् नेपालीहरु” निबन्ध प्रवासी नेपालीहरुको पीडाबोधमा आधारित छ । इन्द्रबहादुर राईको “जयमाया आफू मात्र लिखापानी अइपुगी” कथामा जयमाया वर्माबाट परिवारसँग िहंडे पनि भारत आइपुग्दा एक्ली बनेकी थिई । त्यही जयमायाको जीवन कथालाई कृष्ण धरावासीले आºनो “शरणार्थी” उपन्यासमा भुटान पुर् याएर त्यहाँबाट लखेिटंदै नेपालको भूटानी शरणार्थी शिविरमा पुर् याएका थिए । त्यही विचल्लीमा परेकी जयमाया जो सम्पूर्ण प्रवासका सङ्कटग्रस्त नेपालीको प्रतिनिधि चरित्र हो उसैको पीडापूर्ण स्थितिको बोध गरी यस निबन्धको निर्माण गरिएको छ । निबन्धको सामथ्र्य भनेकै एकोहोरो ज्ायमायाको पीडाबोधको पक्षलाई अनेक कोण र सन्दर्भद्वारा लगातार व्यक्त गरिरहन सक्नु हो । अनि राई र धरावासीकी जयमायालाई निबन्धमा थप विनिर्माण गर्नु पनि हो । त्यस्तै शरणार्थी बनेर बाँच्नुपरेका नेपालीहरुप्रति नेपाली नागरिक र नेपाल सरकारले सोच्नै पर्छ भन्ने दृढोक्ति प्रकट गर्नु पनि हो ।




द्वितीय महŒवका निबन्धमा पर्ने पछिल्लो निबन्ध “कोतपर्वको दर्शकू हो । यसमा इतिहासमा पटक पटक रगतको खोलो बगाएर सन्त्रासै सन्त्रास विस्तार गरिएको स्थितिप्रति तीव्र गुनासो व्यक्त गरिएको छ । निबन्धमा विशेषतः माओवादी र राज्यपक्षको द्वन्द्वले मच्चिएको आतङ्क र सन्त्रासमय भाव निरुपण गरिएको छ र अन्ततः त्यो परिस्थितिबाट मुलुकले स्याथी निकास पाउनुपर्ने मान्यता अघि सार्दै टुङ्गिएको छ । निबन्धकै कथन छन्-
“कोतपर्वको ºयास ब्याक हाम्रा नानीहरुका परेलीमा िभœयाउने मुर्दा कुन हो “ पृ।१९१
“नेपालले खोजेको रगत हैन पसिना हो ।” पृ।१९१
“आउनोस् भोलिका लागि सही छाप गरौं ७३ढटण्स रगतका विरुद्ध रगतले शरीरमा नकुदोस् ।” पृ।१९१



२।३तृतीय महŒवका निबन्धहरु

यस सङ्ग्रहमा देखिने अन्य सबै निबन्धहरु विषय र प्रस्तुतीकरण दुवै दृष्टिले वा कुनै एक विषयको वा प्रस्तुतीकरणको हलुङ्गोपन का दृष्टिले तृतीय महŒवका बनेका छन् । तीमध्ये “भेटौँला कºर्युमा” निबन्ध २०६२ चैत्र २४ देखि २०६३ वैशाख १२ को १९ दिने जन आन्दोलनको गम्भीर परिवेशमा केन्द्रित रहेको छ । यसले “लोकतन्त्रमा नयाँ काँचुली नफेरोस् कºर्युलेू पृ।२९ भन्ने भविष्य दृष्टि पनि व्यक्त गरेको छ । तर यसमा सुत्केरी श्रीमतीलाई मासु किन्न गएको मानिस जुलुसमा साथीहरु देखेर उनीहरुकै लैलैमा लागेर गएको अनि पुलिसद्वारा समातिएर तीन दिनसम्म खुला आकासमा भिज्दै सुक्दै रहेको तथा सुत्केरीलाई किनेको आºनै खल्तीको मासु कुहेर गनाएको पनि थाहा नपाएको जस्ता अपत्यारिला र अतिशयोक्तिमूलक सन्दर्भहरु रहेका छन् । यस्ता कुराले निबन्धलाई हलुङ्गो बनाएको पाइन्छ । यस्तै “सट्टापट्टा” मा पुरुषले गर्ने मोटर साइकल वर्कसपको वा अन्य काम पनि नारीले गर्न थालेका र नारीमा सकारात्मक सोच वा स्वावलम्वी प्रवृत्ति विकास हुन थालेका कुराको प्रशंसा गरिएको छ । तर बलको सट्टापट्टा हुन सके पनि सिर्जनशील हृदयको सट्टापट्ट भने हुन नसक्ने नारायण गोपाल भूपि शेरचन जस्ता स्रष्टाका पत्नीहरुले पतिको सिर्जनशील कर्मको सट्टापट्टा गर्न नसक्ने प्रकृतिले नै नरनारीमा गरेको विभेद मानिसले चाहदैमा नमेटिने जस्ता कुरा गरेर “नरनारी बराबरी- यो तर्कले हृदयतः स्थान नबनाएको ठानिराख्छु मू पृ।४७ भन्ने निष्कर्षमा लेखक पुगेका छन् । पुरुषको सिर्जना नारीले पूरा गर्न नसके जस्तै नारीको सिर्जना पनि पुरुषले पूरा गर्न सक्तैनन् भने भन्न सकिएको छैन । पुरुष अहंका कारण यो निबन्ध एकाङ्गी जस्तो बनेको छ । यस्तै “जिउँदाको कुरा काट्दैू मा “मर्नेहरु बाँचेकाहरुका निम्ति मौन छन् भने जिउँदाहरुले मरेकाहरुका विरुद्ध बोल्ने किन “ पृ।५५ भन्ने कथ्य प्रस्तुत गर्दै मरेका वीरहरु वा महान् कर्मीहरुको नकारात्मक कुरा नकाटी सकारात्मक चर्चा गर्न सरसर्ती आग्रह गरिएको छ ।

यस्तै “धरहराको लेफराइटू निबन्धमा एकातिर भीमसेन स्तम्भका रुपमा रहेको धरहराको ऐतिहासिकता र त्यहाँ चढेर सहरी सौन्दर्य हेर्दाको आनन्दात्मक अनुभूतिको बयान गरिएको छ भने अर्कातिर काठमाडौंको फोहोर उत्ताउलो वा भड्किलो जीवनशैली र भित्रभित्रै फस्टाएको कुरुप यौन संस्कृतिजस्ता विकृति विसङ्गतिहरुलाई पनि प्रवाहपूर्ण ढङ्गमै व्यक्त गरिएको छ । यस्तै “एक भन्ज्याङ पीरू मा मुख्यतः काठमाडौंको तलेजु मन्दिरको सेरोफेरोबाट त्यस सहरका अनेक विकृति र कुरुपताहरुलाई नियाल्दै देशकै अस्तव्यस्तता अराजकता द्वैध चरित्र र गन्तव्यहीन यात्राप्रति सङ्केत गरिएको छ । यसमा शङ्कर लामिछानेको “औपन्यासक पात्र जीवनको पृष्ठभूमिमा” निबन्धको जस्तै अमूर्त वा विशृङ्खलित लेखन प्रस्तुत गर्न खोजिएको पनि देखिन्छ । यस्तै “शर्मिला पार्कर र धानबारी” मा लेखक कलाकारप्रति राष्ट्रले गरेको उपेक्षाप्रतिको गुनासो देख्न सकिन्छ ।

त्यस्तै “सुन चुराको दान दिएू मा द्वन्द्वकालीन परिवेशमा चुरा फुटाएर बाँचेका महिलाको स्थिति सङ्केतित छ । यस्तै “टाउको पर्वको श्रोता” मा द्वन्द्वकालीन समयमा माओवादी र राज्य पक्षले मच्चाएको नरसंहारको त्रासदीयतालाई विषय बनाइएको छ । एकले अर्कालाई गिड्न सक्नुमा नै आºनो सफलता ठान्ने संस्कृति विकास भइरहेको त्यस समयमा नेपालीहरुको दिनचर्या गिडिएका टाउका गनेर बितिरहेको थियो । त्यतिखेर मकै पिस्ने हातहरु बन्दुक सफा गर्न र धान गोड्ने हातहरु एम्बुस जोड्न सकि्रय थिए । अछूत मनिएकाहरु मान्छे ठुन्क्याउने कलामा दक्ष बनिरहेका थिए । त्यसैले “चुपचाप देशको अँगालोमा पराजयको काव्य बसर्िरहन्थ्यो ।” पृ।१६५ देश दुवै तर्फबाट हारिरहेको थियो । बारीको पाटोमा हलो जोत्दा गि्रनेड पड्केर होस् वा सर्चमा छरिएका गोलीको छर्राले होस् नेपालीकै क्षति भइरहेको पीडाबोध यसमा अभिव्यक्त भएको देखिन्छ । यस्तै “धने बौलाहा र डिस्को” मा विवश आमाको बेवारिसे बालक जो मान्छे नभई वस्तुका रुपमा सहरी समाजले चिन्ने गरेको छ - उसको व्यथा कथिएको छ । त्यस्तै “बाढी र बाउन्ने बुद्धिजीवी” मा बाढी विनाशको मात्रै प्रतीक नभई त्यसले नवनिर्माणको सम्भावना पनि देखाउने कुरा सङ्केत गरिएको छ । यस्तै तृतीय महŒवको पछिल्लो निबन्ध “किरियाबाजको दैनिकी” मा किरिया खाएर भने पछि जे कुरा पनि पत्याउने नेपाली समाज र जे पनि किरिया खाएर भ्रमको खेती गर्दै आºनो स्वार्थ पूरा गर्ने यहाँका राजनीति कर्मीप्रति तीखो व्यङ्ग्य पस्किएको पाइन्छ । देशमा सामान्य मानिस नभई तिनै “किरिया खानेहरु गोलबन्दू पृ।१८६ भइरहेकोमा लेखकको चिन्ता भाव प्रकट भएको छ किनभने “किरिया खाएर आºनो दुनो सोझो पार्नेहरुलाई न आमाको मूल्य थाहा हुन्छ न बहिनीको स्नेहको अनुभव हुन्छ । किरियाबाजले आमा र बहिनी दुवैको शरीरमा काँचो बैंसको मौसम देखेको हुन्छ ।” पृ।१८६ यस्तो व्यङ्गँ भावले यो निबन्ध भरिएको छ ।

माथि चर्चा गरिएका तृतीय महŒवका मध्ये “शर्मिला पार्कर र धानवारी” “सुनचुराको दान दिएू “धने बौलाहा र डिस्को” अनि “बाढी र बाउन्ने बुद्धिजीवी” निबन्ध विषय र प्रस्तुतिका दृष्टिले अलि बढी नै दुर्बल देखिन्छन् । त्यसैले तिनलाई चौथो महŒवका पनि मान्न सकिन्छ ।




३।समग्र विश्लेषण

प्रस्तुत निबन्ध सङ्ग्रहमा जम्मा २३ वटा निबन्ध सङ्कलन गरिएकोमा तीमध्ये चारवटा प्रथम महŒवका आठवटा द्वितीय महŒवका र अन्य तृतीय महŒवका रहेका छन् । तृतीय महŒवका मध्ये पनि चारवटा अझ बढी नै दुर्बल देखिएका छन् । ती सबैमध्ये प्रथम महŒवका ठानिएका आठहजार जाबो तिम्रो घरमा देउता पुलमुनिका घर र एक हातको ताली निबन्ध आयामका दृष्टिले सङ्ग्रहका लामै निबन्धमा पर्दछन् । ती ९ देखि १२ पृष्ठसम्मका छन् । तिनमा क्रमशः निम्न विषय र भावको प्रबलता रहेको छ-
कजीवनको मूल्यहीनता नगण्य पैसामा सािटंदो जीवन र सहरी सन्त्रास
खद्वन्द्वकालीन आन्तरिक शरणार्थीहरुको पीडा र सन्त्रास
गसभ्य भनाउँदो समाज र सरकारको एकदमै पहुँच भएको राजधानीमै सीमान्तकृत वर्गको वीभत्स जीवनको त्रासदीयता अिन
घराजनीतिक पार्टी नेतृत्वको पटक पटकको हीनतर प्रवृत्तिबाट आहत सर्वसामान्यको पीडा र निराशा ।
सङ्ग्रहका द्वितीय महŒवका ठानिएका प्रलायको नाम सुनामी होइन ध्वाँसो मुनि डेरिडा सडक स्वाद चुराको छलाङ पैराको धावा कोरसमा एउटा स्वर जयमाया अर्थात् नेपालीहरु र कोतपर्वको दर्शक निबन्धमा क्रमशः निम्न विषय र भावको प्रवलता पाइन्छ-
कआफूले नै गरेको वातावरणीय विनाशले आफै सङ्कटको भुमरीमा पर्न थालेको मान्छेको दारुण स्थिति र जीवन जगत् भनेको समयको खेल हो भन्ने दर्शन
खनेतृत्वको स्वार्थी र शोषणमूलक प्रवृत्तिले गर्दा अनेकन सम्भावना बोकेका विपन्न नेपाली प्रतिभाको दुर्दशापूर्ण स्थिति
गसीमान्तकृत वर्ग र सडक बालबालिकाको पीडा अनि भोकाहरुका नाममा अघाएकाहरुले नै हसुर्ने सचेत भनाउँदाहरुको आम प्रवृत्ति
घद्वन्द्वको चपेटामा परेर पेटका लागि जिउ बेच्न विवश नारीको कारुणिकता र परम्परित नारी सोचमा परिवर्तन ल्याई उनीहरुको सबलीकरणको अपेक्षा
ङपहाडी ग्रामीण क्षेत्रका विपन्नहरुको जीवनलाई प्राकृत विपदाले झन् वीभत्स तुल्याइदिएको मार्मिकता
चसहरी समाजको भीडतन्त्र र त्यसमा व्यक्तिले अनुभव गर्ने एक्लोपन अनि सड्दै गएको नेपाली वीरता वा अन्तर्राष्ट्रिय छवि
छप्रवासी नेपालीहरुको शरणार्थी बन्नुको पीडा र नेपालको निरीहता अिन
जद्वन्द्वकालीन आतङ्क र सन्त्रासबाट आहत मनोदशा ।
यस्तै तृतीय महŒवका ठानिएका निबन्धमा मुख्यतः जनआन्दोलन-२ को परिवेश सिर्जन सामथ्र्यको सट्टापट्टा हुन नसक्ने वैचारिकता आदर्श चरित्रको गुणगान काठमाडौंको साँस्कृतिक सम्पदा र त्यसमै फस्टाएको यौन विकृति कुसंस्कार व्यापारिक मानसिकता सडक बालबालिकाको पीडा द्वन्द्वकालीन विद्रोही र सत्ता पक्षले मच्चाएको सन्त्रास बाढीले मच्याएको विनाश र नयाँ सम्भावनाजस्ता कुरा आएका छन् ।

यसरी हेर्दा एकै विचार र भाव वा प्रवृत्तिका एकभन्दा बढी निबन्ध यहाँ आएका छन् तर गुणवत्ताका दृष्टिले ती समान छैनन् । विषय र विचारको सघनता अनि प्रस्तुति वा शिल्पको कलात्मकताले तिनलाई प्रथम द्वितीय र तृतीय महŒवका तुल्याएका छन् । हुन त यसको मापन गर्ने आधार सहृदयी पाठक वा भावकको चेतना र हृदय नै हो । त्यसैले यो यान्त्रिक तुलोले गरे जस्तो ठ्याक्कै मापन त हुने कुरा होइन । मेरै अर्काे पठनमा गरिने मापनमा अहिलेको स्तरमा सामान्य संशोधन पनि हुन सक्छ । संवेदनायुक्त मानवीय कला मापनको यस्तो जटिलता सर्वत्र देखिने कुरा हो । यही भएर पनि पछिल्ला समालोचनामा स्तर मापन र निर्णायक निष्कर्ष कथनतिर नलाग्ने प्रचलन बढ्दै गएको छ । उत्तरआधुनिक अनिश्चितता अर्थबहुलता विनिर्माणजस्ता सन्दर्भबाट हेर्ने हो भने त यस्तो निर्धारणको झनै अर्थ नहोला तर यसो भनेर सुन र पित्तललाई एकै वा समान मूल्यका पनि मान्न सकिन्न । सिर्जनात्मक क्षमताको सम्मान र दुर्बलतालाई सुधार्ने अभिप्रेरणा सचेत भावकबाट सर्जकले पाउनै पर्छ ।

सङ्ग्रहका निबन्धको शिल्प-संश्लेषण हेर्दा धेरैजसो निबन्धमा त्यसको सहज स्वाभाविक आकर्षक सिर्जना गरिएको छ । निबन्धमा छोटा-छोटा सरल र स्पष्ट वाक्य छन् । ती साहित्यिक सौन्दर्यले विमुख छैनन् । कतिपय त पूरै कवितात्मक छन् । देवकोटाको निबन्धको कवितात्मकताको झझल्को तिनले दिइरहेका हुन्छन् । वाक्यमा विशेषणमूलक कि्रयाको बहुलता कि्रया विहीनता र एक भावको तीव्रता जनाउन सोही किसिमका कि्रयाको पुनरुक्ति ठाउँ ठाउँमा देखिन्छन् । जस्तै-

“खेदिएको लखेटिएको हेपिएको दुत्कारिएको पेलिएको र थिचिएको मूल्य थाप्लामा राखेर हिँडिरहेको स्थिति छ ।” पृ।१
“सस्तो साह्रे सस्तो मान्छेको मूल्य ।” पृ।१
“सबभन्दा ठूलो सिद्धान्त मानिसको पक्षमा मानिस सकि्रयै छ मौन छैन ।” पृ।६२
“मानिसको विवेकमा परिवर्तन आवश्यक मात्र होइन अत्यावश्यकै छ ।” पृ।६३
“देखिएन देख्दै देखिएन ।” पृ।६२ “थिएन ठ्याम्मै थिएन ।” पृ।११६ आदि ।

निबन्धको भाषामा व्याकरणिक विचलन प्रचुर छ । त्यसले साहित्यको झन्कार सिर्जना गरिरहेको पाइन्छ । निबन्धमा अनुच्छेद योजना पनि छोटा छोटा छन् । सिङ्गो निबन्धै पनि ५ देखि १२ पृष्ठसम्म फैलिएका छन् । अधिकांश निबन्धमा प्रवाहपूर्ण भाषाको उपयोग रहेको छ । एउटै सानो विषय ÷ विचार ÷ भावमा केन्द्रित भएर त्यसलाई अनेक कोणबाट व्यक्त गरिरहन सक्नु यहाँका महŒवपूर्ण निबन्धहरुको उल्लेखनीय सामथ्र्य मान्न सकिन्छ । व्यङ्ग्यको पुटले पनि निबन्धको शक्ति राम्रै बढाएको छ ।

यस्ता प्रशस्त रचनात्मकताले यो निबन्ध सङ्ग्रह भरिएको भए पनि कतिपय परिसीमाबाट यो मुक्त पनि देखिँदैन । यस्ता परिसीमामा पहिलो त कतिपय निबन्धमा विषयको प्रवाहपूर्ण प्रस्तुति नभई ठाउँ ठाउँमा विषय खजमजिन पुगेको छ । यसले पाठकलाई पढ्न र भाव सम्प्रेषण गर्न निकै गाह्रो मात्रै होइन कतिपय ठाउँमा त त्यो असम्प्रेष्य र असम्बन्धित गन्थनमात्रै पनि बनिरहेको पाइन्छ । यस्तै कतिपय निबन्धमा सामान्य पत्रपत्रिकामा आउने व्यवहारिक उपयोगिताको विषय बयान देखिन्छ । यो सामान्य सिकारु लेखकका लागि उपयोगी भए पनि स्थापित स्रष्टाका लागि भने उपयुक्त देिखंदैन । त्यस्तै केही निबन्धको विषय प्रस्तुृतिमा सामान्य प्रकृतिको गन्थन रहेको छ । भाव ÷ विचारको गहनता सूक्ष्मता र मसृणता त्यति विकास भइनसकेको अनि लक्षणा र व्याजना सामथ्र्यको उपयोग पनि अलि घत लाग्दो किसिमको नदेखिएको स्थिति छ । त्यस्तै समकालीनताको बोध जति सघन बनेर आए पनि भविष्य दृष्टि भने त्यति सुस्पष्ट बनिनसकेको हो कि भन्ने देखिन्छ । यस्ता कलात्मक चुनौतीमा निखार आउन सके निश्चय नै नयाँघरेको निबन्ध सिर्जनाले वर्तमान पुस्ताको नेतृत्व सहजै लिन सक्नेछ ।


४।उपसंहार

१।युवराज नयाँघरेको सातौँ निबन्ध सङ्ग्रहका रुपमा २०६५ सालमा प्रकाशित भएको एक हातको ताली निबन्ध सङ्ग्रहका सबैजसो निबन्ध समकालीन नेपाली समाजका विविध सङ्कटग्रस्त परिस्थितिमा केन्द्रित रहेका छन् । तिनमा जीवन मूल्यदेखि समाजमूल्यका बारेमा गहिरो चासो र चिन्ता अभिव्यक्त भएको छ ।

२।सङ्ग्रहका सबै निबन्धहरुले निबन्धकारको निजी भाव र दृष्टिमै मुछिएर आकार ग्रहण गरेका छन् । एकै भाव र दृष्टिका तर फरक-फरक विषयले बुनिएका निबन्धहरु पनि यहाँ रहेका छन् ।

३।सङ्ग्रहका निबन्धमा मुख्यतः द्वन्द्वकालीन त्रास सहरी ग्रामीण र अन्तर्राष्ट्रिय परिवेशको त्रास राजनीतिक नेतृत्व र प्रशासनले सिर्जना गरेको त्रास नारी तथा सीमान्तकृत वर्गले व्यहोरेको चरम पीडादायी परिवेशबाट उत्पन्न त्रासजस्ता कुराहरुबाट समग्रतामा निकै गम्भीर महासन्त्रास अभिव्यिाजत भएको छ ।

३।१माओवादीले ग्रामीण क्षेत्रका आºनो खेतीपाती गरेर दुई छाक जुटाएकाहरुको खेती घर जग्गा लुटेर उनीहरुलाई आन्तरिक शरणार्थीका रुपमा विस्थापति गर्ने राज्यले माओवादीका नाममा विपन्न निमुखा सुकुम्बासीहरुका घर टहराहरुमा आगो लगाइदिने विद्रोही र राज्य पक्ष दुवै एक अर्काको टाउको गिड्नै आतुर देखिने त्यसैलाई आºनो पुरुषार्थ ठान्ने र त्यसका निम्ति सर्वसामान्यलाई मानव ढालका रुपमा उपयोग गर्ने कतै माओवादीले बारीमा बिछ्याएको गि्रनेट पड्केर कतै सुरक्षाकर्मीको सर्चमा छरिएका गोलीका छर्रा लागेर सर्वसामान्य घाइते वा अङ्गभङ्ग हुने सेना र माओवादीले आºना छोरो र श्रीमान् मारिदिएर नारी विचल्लीमा पार्ने बाँच्नका लागि उसले शरीर बेच्नुपर्ने स्थितिमा पुर् याउने जस्ता द्वन्द्वकालीन त्रासका शृङ्खला यहाँ आएका छन् ।

३।२सहरको ट्राफिक अव्यवस्था चालकको आतङ्क ऐतिहासिक साँस्कृतिक क्षेत्रमा छाएको दुव्र्यसन वेश्यावृत्ति वणिक् प्रवृत्ति अश्लीलता सर्वत्र देखिने भीडतन्त्र भीडको विषाक्तता सहरी संवेदनशून्यता मान्छेको एकाकी ÷ विरानोपन चर्काे आर्थिक विभेद सीमान्तकृतहरुको विद्रूप र वीभत्स परिवेश र त्यसले तुल्याएको ख्याउटे जीवन प्रशासन र राजनीतिक नेतृत्वको चरम उदासीनता जस्ता सहरी सन्त्रास यहाँ आएका छन् ।

३।३पहाडको ग्रामीण क्षेत्रको भौगोलिक विकटता बेलाबेलामा बाढी पहिरोको प्राकृतिक विपदा माओवादीको ज्यादती जस्ता त्रासद पहाडी ग्रामीण परिवेश यहाँ आएका छन् ।

३।४अन्तर्राष्ट्रिय जगत्मा आएको डरलाग्दो प्राकृत विपदा वा सुनामीको महाविनाश प्रवासी नेपालीहरुको शरणार्थीका रुपमा साटिँदो स्वरुप घरखेत बेचेर जोखिमपूर्ण निम्नस्तरको कामदारका रुपमा गएका नेपालीले व्यहोरेको पीडा र ज्यान गुमाएको स्थिति जस्ता अन्तर्राष्ट्रिय त्रासदी यहाँ आएका छन् ।

३।५पटक पटक ठूलो जोखिम सकारेर जनसामान्यको सहभागितामा ऐतिहासिक राजनीतिक परिवर्तन भए पनि नेतृत्वको सङ्कीर्णता अदूरदर्शिता र चरम स्वार्थी प्रवृत्तिले गर्दा परिवर्तनलाई संस्थागत तुल्याउन नसकिएको हुँदा राष्ट्र सधै राजनीतिक सङ्क्रमणको भासमा परेर सर्वसामान्यदेखि प्रतिभाशाली कुनै पनि नेपालीले बाँच्न र आºनो क्षमता देखाउन सक्ने कुनै अवसर नपाएका उनीहरुको जीवन झन् झन् विरुप बन्दै गएको गृह प्रशासनको पनि उस्तै उदासीनताका कारण राजधानी लगायत देशका विभिन्न भागमा अनैतिक र अराजकहरुकै बोलबाला बढेको जस्ता राजनीतिक प्रशासनिक त्रासद प्रसङ्गहरु यहाँ आएका छन् ।

३।६समाजमा नारी वर्गलाई हेर्ने परम्परित मानसिकता र द्वन्द्वको चपेटामा परेर लोग्ने तथा छोरा गुमाएकी नारीले पेटका लागि शरीर बेच्नुपरेको बाध्यता भोकले छटपटाएका नारीले अर्काको छादका सिता र दशैका टीकासमेत खानुपरेको विद्रूपता अनि वीभत्स फोहोरी परिवेशले भरिएको वाग्मतीको पुल मुनि छाप्रा बनाएर बसे पनि बर्खाको भेलले बगाउने हो कि भन्ने नारी तथा सीमान्तकृत वर्गको त्रासै त्रासले भरिएको जीवन यहाँ देखाइएको छ ।

४।सङ्ग्रहका कतिपय निबन्धमा पुरुष प्रधान नेपाली समाजका नारीहरुले व्यहोरेका अनेकन सङ्कटलाई सङ्केत गर्दै त्यसबाट मुक्तिका लागि युग सुहाउँदो नारी जागरणको भावना विकास गर्न खोजिएको छ । यही क्रममा कतिपय नारीले पुरुषले मात्रै गर्ने ठानिएका काम गरेर देखाउन थालेका हुँदा तिनलाई राम्रै सह्राइएको पनि छ ।

५।विचार संश्लेषणका दृष्टिले यस सङ्ग्रहका निबन्ध हेर्दा समकालीन युगजीवनका चापबाट यहाँ विचार अभिव्यिाजत भएको छ जसअनुसार जीवन नगन्य मूल्यमा साटिँदो मूल्यहीन सावित हुँदो विपन्नता र विरानोपनले भरिएको निकै कहरपूर्ण सन्त्रासै सन्त्रासले युक्त छ । जीवन व्यक्ति चेतनाको वशमा नभई समयको खेलका रुपमा देखिँदो छ । यति भएर पनि यहाँका सीमान्तकृत कुरुप चरित्रमा पनि जीवनप्रति अनास्था नभई आस्था वा जीवनेच्छा नै रहेको छ । समाज र जीवनका अनेकन विकृति विसङ्गति हटाउन व्यक्ति प्रयत्नले मात्रै केही नहुने त्यसका लागि देशका पूरै पाटपुर्जा चल्नुपर्ने पृ।१२५ राष्ट्रमा जीवन नै समाप्त पार्ने हत्यािहंसाको खेल खेल्न नपाइने टाउका पर्वको श्रोता जस्ता जीवनवादी विचार निबन्धमा प्रकट भएका छन् ।

६।निबन्धको शिल्प संश्लेषण सामान्यतः आकर्षक नै रहेको छ । विशेषतः यसका छोटा छोटा वाक्य र छोटा छोटा अनुच्छेद योजना अनि व्याकरणिक विचलनयुक्त सहज सम्प्रेष्य कवितात्मक भाषा जस्ता कुरा शिल्प सामथ्र्यका रुपमा परिचित हुन आएका छन् ।

७।यति भएर पनि यस सङ्ग्रहका सबै निबन्ध समान महŒवका छैनन् । त्यस्तो प्रायः हुँदा पनि हुँदैन । कतिपयमा थोरै वा धेरै परिसीमा रहेका छन् । २०६५ सालको मदन पुरस्कार प्राप्त गरेको हुँदा यसको केहीले अधिमूल्यन र केहीले आग्रहपूर्ण ढङ्गमा अवमूल्यन गर्ने काम पनि हुन थालेको छ । तर पुरस्कार कृतिलाई तुरुन्तै चर्चामा तान्ने महŒवपूर्ण आधार त हो कृति मापनको ठोस आधार चाहिँ होइन । किनभने पुरस्कार मुख्यतः सहभागी प्रतिद्वन्द्वीका सापेक्षतामा अनि कतिपय अवस्थामा प्राविधिक कारणले पनि छनोट हुने कुरा हो । अर्काे कुरा २०२६ सालमा मदन पुरस्कार पाएको “बेलायततिर बरालिदा” निबन्ध सङ्ग्रहसँग पनि यसको तुलना गर्नु त्यति उचित हुनेछैन । त्यसरी हेर्न थालियो भने नेपाली निबन्धको स्तरले २०२६ सालपछि खासै ठूलो फड्को मार्न सकेको रहेनछ भन्ने बोध हुनेछ । यस्तो भयो भने पनि समकालीन कृष्णचन्द्रिसंह प्रधान मदनमणि दीक्षित दुर्गा भण्डारीजस्ता निबन्धकारहरुप्रति न्याय हुने छैन ।

मुख्य सन्दर्भग्रन्थ

गौतम। कृष्ण २०५०। आधुनिक आलोचना : अनेकरुप अनेक पठन। ललितपुर : साझा प्रकाशन ।
-------- २०६४।उत्तरआधुनिक जिज्ञासा। काठमाडौँ : भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
गौतम लक्ष्मण २०६६। “एक हातको तालीमा चेतनाको पीडा”। गरिमा। चैत्र पृ।४४-५१ ।
गेग्रोरिओस् पाउलोस मार सन् २०००। “आधुनिक उत्तरआधुनिक तथा मानवताका भविष्यू। उत्तर आधुनिकता : कुछ विचार। सम्पा। देव शंकर नवीन र सुशान्त कुमार मिश्र नयाँ दिल्ली : वाणी प्रकाशन ।
चतुर्वेदी सत्येन्द्र सन् १९७७। साहित्यका मर्म और धर्म। जयपुर : देवनागर प्रकाशन ।
पाण्डेय मैनेजर १९८९ “लोकपि्रय साहित्यको स्वरुपू। साहित्य के समाजशास्त्रकी भूमिका। चण्डीगढ : हरियाणा साहित्य अकादमी पृ। ३१०-१५ ।
प्रधान कृष्णचन्द्रिसंह २०६६। “शिखर आरोहणको क्रमिकता”। एक हातको ताली। युवराज नयाँघरे द्वितीय संस्करण काठमाडौं : विद्यार्थी पुस्तक भण्डार पृ। क-ग ।
मिश्र शिवकुमार सन् २००। दर्शन साहित्य और समाज। नयाँ दिल्ली : वाणी प्रकाशन ।
नयाँघरे युवराज २०६६। एक हातको ताली। द्वि।सं। काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
शर्मा मोहनराज २०६६। आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना। काठमाडौँ : क्वेस्ट पब्लिकेसन ।
► कृष्णपक्ष थापा ।। अरु ...

Thursday, 14 July 2011

सत्यकथा-लक्की सेभेन (७) फापेन




मलाइ लक्की सेभेन (७) फापेन

(संस्मरण सत्यकथा)

नेपालमा १४ अन्चल र ७५ जिल्लाहरू छन् भन्ने कुरा हामी नेपालीहरूलाइ सर्बबिधित नै छ । यिनै ७५ जिल्ला मध्ये सप्तरी जिल्लाकॊ सप्तपॊखरी गा.बि.स वडा नं ०मा मैले २०३ साल ० महिना १ गते शनिबारकै दिन जन्म लिएकॊ हुँ अनि ब्राम्हणाद्वार न्वारनमा नाम समेत सप्तकुमारी नै जुरेछ र बाउ,आमाले पनि पछि स्कुलमा यहि नाम राखेर भर्ना गरीदिनुभएछ । गाँउमा स्कुल नजिकै नभएकाले घरदेखि टाढा लगभग कि.मी. दुरीमा साइकलमा स्कुल पढ्न जानुपर्थ्यॊ र पढाइकैक्रममा कक्षा ६ बाट मा चढ्न मलाइ तिन बर्ष लाग्यॊ,कहिले २०४६ सालकॊ जन आन्दॊलन ,कहिले बाढीपीडीत आउने त कहिले के ,कहिले के बिबिध घरायसी समस्या अन्ततः पढाइलाइ त्यहि बिट मारेर २०४ सालमा म काठमाण्डु स्थित एकजना टाढाकॊ नातेदारकॊ ,धनि ब्यक्तीका घरमा भाडा माझ्ने (कान्छी) कामकॊ लागी प्रस्थान गरेँ यसरी दिनरात ति साहुका घरमा कामगर्ने र नक्साल स्थित नन्दि रात्रि स्कुलमा रात्रि कक्षामा पढ्ने तिब्र इच्छा मैले साहु जी लाइ अनुरॊध गरेँ। केहि बर्षपछि सिधै ९ कक्षामा भर्ना गरीदिए तर त्यतिखेर जिल्लास्तरीय कक्षा ८ पास नभएकाहरूलाइ सिधै ९ कक्षामा भर्ना हुने नियम रहेनछ तैपनि ‘नेपालका कानून दैबले जानून् ’ भने झैँ ठूला बडाका सॊर्सफॊर्सक कारण म ७ कक्षा नै पास नभएकॊ भएतापनि जसरी नि ९ मा नै भर्ना भएरै छाडेँ , बल्ल मैले आफ्ना गरीबी र बिबिध समस्यका कारणहरूले गर्दा अधुरै छाडेकॊ पढ्ने तिब्र इच्छालाइ सुचारू गर्न पाएँ यसरी दिनभर साहुका भाडा माझेर रातभर पढरे १७ बर्षका उमेरमा मैले प्रथम श्रेणीम एस.एल.सी. परीक्षा उत्रिर्ण गरेँ । यसपल्ट सप्तरी जिल्लाबासि मध्येमै महिला छात्रामा प्रथम श्रेणीमा पास हुनै म मात्रै थिएँ तसर्थ गाँउ फर्केर अबीर जात्रामा सहभागी हुन गाँउबासी र अभिभाबहरूबाट निमन्त्रणा पाएँ ,यता साहुका घरमा टन्न काम र तलब थॊरै मात्र पाँउथे अतः मैले केहि शीक्षा हासिल गरेकाले मेरा पारीवार र भबिश्यलाइ केहि भएपनि उथ्थान गर्ने र उच्च शिक्षा हासिल बिचारले पी.के. कलेज,बागबजारमा पढ्ने र बागबजारकै एउटा रेष्टुरेन्टमा रात्री वेटरकॊ रूपमा काम गर्ने निर्णय गरी उक्त साहुसंग बिदा मागे साथै ति साहुले पनि ७ हजार रूपैयाँ मेरा हातमा बक्सीस स्वरूप थमाउँदै मलाइ भन्याथे , हेर केटी,तँ साह्रै मेहनेति छेस र तैले एकदिन धेरै प्रगती गर्नुपर्छ तसर्थ तैले आजसम्म गरेका कामले हामी प्रशन्न थियौ अनि जीबनमा सतमार्ग , बिश्वास र आँट जीबनलाइ सफल बनाउने मूलमन्त्र पनि हॊ, यी कुराहरूलाइ सदैब सम्झना राखेस । मैले नि हस हजूर भन्दै लगेज बाधेँर बागबाजार नजिकै एउटा डेरा लिएर बस्न थालेँ , यता पढाइ र काम पनि साथसाथै अगाडी बढाउदै लगेँ फेरी सी.एल .प्रथम बर्षैभरी जम्मा मिल्ने साथीहरू पनि जना मात्र पाँए । कलेजकॊ एक बर्षे कार्यकालमै लभ गर्ने फेशन भएकाले जना ब्वाइफ्रेण्ड चेन्ज गरेँ किनकी हाम्रै कलेजमा त केटीहरू मात्र पढ्थे अरूका कलेजका साथीहरू भनेका उस्तै हुन हेर्दैमा लभ पर्ने अनि बॊलचाल र अलि नजिक भइ बास्तबिक्ता थाहा पाउनासाथ बिछॊड भइहाल्ने ,यस्तै त हॊ कलेजकॊ पीपलपाते ,अल्लारे लब ......


मेरा १८ बर्षका कुर्कुरे बैश संगै मेरा जबानीमा रस भरीदैँ गए, अब भित्री समीज छाडेर ,ब्रा लागाउन थालेँ,कपालपटी थाइकट,ब्वाइज कट बनाउन थाले र अनुहारमा रंग नपॊतिकन बजार जानै मन लाग्न छाढ्यॊ ,दिनहुँ ५,६ पल्ट ऎना अगाडी नबसी चित्तै बुझ्दैनथ्यॊ ,यस्तै ,यस्तै अनेकन जवानीका उतारचढाब र परीबर्तन अनि शरीरमा पनि कलेज समयबाहेक अरू बेलमा कपडाहरू छॊटा लागउने रहर बढ्दै गए अरू त के भन्नु बागबाजारदेखि रत्नपार्क सम्म पुग्दाखेरी सम्म ६,७ जना केटाहरूले सिठ्ठी बजाएन,जिब्रा पड्काएन र जिस्क्याएन भने मलाइ रमाइलै लाग्न छाड्थ्यॊ साथै साथीभाइहरू सबै धनिमानिका सन्तानहरूमात्र संग संगत हुनथाले मेरा असिमित आवाश्यक्ताहरू दिनहुँ बढ्दै गए अनि वेटरकॊ कमाइ अनि कलेज पढेर ,भाडा तिरेर काठमाण्डुकॊ बसाइले मलाइ संकटकालीन अबश्थामा पर्दै जाँदा ति पुराना साहुकै घर फर्कन मन लागीरहन्थॊ तर कसरी पुनः फर्कन सक्थेँ र ? अतः यहि समस्याहरूका बिषयमा साथीहरूसंग सल्लाह मागेँ जसअनुसार अधिकाँश साथीहरूले रात्रि डीस्कॊमा काम गर्दा रहेछन् र तेसै गर्न सुझाब पनि पाएँ ,नयाँ काम,नयाँ अनुभब, नयाँ साथीहरू ,नयाँ रमाइला,नाचगान, वाहू.... . सबै रमाइलैमात्र र संसारै अर्कै थिए अनि त्यहाँ पनि हामी जम्मा ७ जना मात्र केटीहरू (वेटर) कामदार थियौँ त्यस रात्री डीस्कॊमा अब बल्ल जवानीका रहरहरू पुरा हुने भए भनेर म ज्यादै हृदयदेखि खुशी थिएँ उता म पढाइमा भन्दा बढि लगाब रमाइलातिरै दिन थालेँ त्यसैले सि.एल. प्रथम बर्षमा मैले पुरै बिषयहरू पास गर्न सकिन तैपनि रमाइलाले गर्दा कलेजमा फेल भएका कुराहरूले खासै चिन्ता हुदैनथ्ये बरू दॊश्रॊ बर्षमा सरासर क्लीयर गरूँला भन्ने सॊचाइ बनाएँ र रमाइला क्षणहरूलाइ निरन्तरता दिदै गएँ । आखिर जवानीका उर्लदॊ भेललाइ कस्ले छेक्न सक्छ र फेरी म त बिना लगामकै घॊडा थिएँ तसर्थ मैले जवानिका हरेक रमाइला अनुभब गर्न चाहेँ र त्यसै अबश्थमा जीबनकै चरम शुख (सेक्स) समेत फरक,फरक केटाहरूसंग साटफेर गर्न पछि परीन । यी रमाइलाहरूका गहिराइसम्म पुगुन्जेल ७ पल्ट त गर्भपतन समेत गराएँ यी मेरा ६,७ बर्षकॊ लामॊ समय क्षणभरमै बिते, मैले कलेजकॊ पढाइलाइ तेतिकै थन्क्याएँ ,पढाइका केहि पर्बाह भएन ,घर परीवार कसैकॊ पनि याद आएन किनकी म त जवानीका रमाइलाहरूमा भुलिरहेकॊ थिएँ ,मस्तीमा झुमीरहेकॊ थिएँ....................... .... .......खाने, सुत्ने कुनै ठेगान नभएकाले केहि बर्ष पछि मलाइ रगतमा जन्डीस भइ दिनसम्म अस्पतालकॊ बिशेष शैयामा मरणासन्न अबश्थामा बेड भर्ना हुन बाध्य भएँ जब म अस्पतालमा अन्तिम घडीहरू गन्न थाले,बॊल्न सक्दैनथ्ये ,अस्पतालमा भेट्न पनि एक दुइजना केटाहरू बाहेक कॊहि आउदैनथ्ये अनि मनमनै सम्झन थालेँ ,फर्केर हेरेँ ति मेरा बिगतका जवानिका गलत हर्कतहरू,क्षमता बाहिरका रमाइलाहरू,क्षणीक तृप्तीहरू ,कुलतहरू इत्यादि जस्का कारणले आज म जीबन र मरणकै दॊसाँधमा छु ,धन्न एच. आइ. भी. भएनछ मलाइ..............अनि मैले भगवान श्री गणेशलाइ सम्झेर अस्पतालकै शैयाबाट कसम खाएँ ,सहायदै अब म अस्पतालबाट फर्के भने उहि पुरानै साहुकहाँ गएर भाडा नै माझ्नेछु र बाँकी जीबनलाइ पश्चातापकै अग्नीमा जलाएर भए नि सुधार्ने प्रयत्न गर्नेछु मरे भने मेरॊ जीबनगती यहि सम्म रहेछ अर्कै जन्ममा पश्चाताप गरूँला.....................भनिन्छ, आफैले गल्ती महशुस गर्ने र प्रायस्चीत गर्न चाहनेहरूलाइ भगवानले एक मौका अबश्य दिन्छन् यस्तै म पनि ७ दिन अस्पताल बेडभर्ना पछि लगातार ३ महिनासम्म औषधि सेवन गर्नुपर्ने डाक्टरकॊ सल्लाहअनुशार डिस्चार्ज भएँ अब मैले लाज पचाएर र शीर झुकाएर भएनि पुनः उहि पुरानै साहुकहाँ सरण माग्न गएँ, धन्य....... ति साहु र साहुनि त मेरालागी भगवान नै साबीत भैदिए किनकी त्यस घरमा अर्कै एउटी कामगर्ने केटी हुदाँहुदै पनि मलाइ त्यहिँ रेस्ट गरेर उपचार गर्न समेत मद्दत गर्नुभयॊ । म बिस्तारै स्वस्थ हुदैगएँ अनियहाँ निरबाट देश,काल ,परस्थितीसंगै मेरॊ जीबनमा नयाँ मॊड शुरू हुन्छ ,मलाइ ति नेपाली स्वार्थी समाज,खराब साथीहरू,अनि बिगतका मेरा कुकर्मप्रति घृणा लागेर आउँछ,स्वदेशमै बस्न लाज लगेर आउँछ र बिदेश पलायन भइ एकदिन नयाँ जीबन र प्रशस्त धन कमाएर नेपाल फर्कीइ नारी शमाज सेवा स्थापना गर्न मन लाग्छ ,आजीबन अबिबाहित रहि पीडीत नेपाली नारीहरूलाइ सहायता गर्न मन लाग्छ, जवानीमा बाटॊ बिराएकाहरूलाइ सुधरचेतना दिन मनलाग्छ , जीबनकै अमूल्य समय कुकृत्यमा बिताएँ तर बाँकी रहेका समयहरू पल,पल असल,सुमार्ग,सेवा , ज्ञानबर्धक सल्लाह दिएर बिताउन मन लाग्छ ।
यता, २०५२ सालदेखि अकस्मात नेपालमा नौलौ जनबादकॊ नाँउमा ,बिकट गाँउ ,गाँउमा माओबादि जनआन्दॊलनका शंखनाध भए, लालझण्डाहरू डाडापाखाहरूमा फैलाउन थाले ,प्रहरी चौकी लुटीन थाले ,गाँका थकाली ,पन्चेहरू कुटीन थाले ,यहि जनबादकॊ क्रन्तिले देशलाइ गुन्जायमान गरायॊ ,सारा देशभरी हत्या ,हिँसा र रगतका खॊला ,लाशका बिस्कुन सुकाइन थाले ,नेपाल आमा रून थालीन,देशका हरेक कलेज,कलकारखाना,रेष्टुरेन्ट,लज ,डीस्कॊहरू बन्द भए ,बिहान घरबाट बाहिर निस्केका मानिसहरू भरे बेलुकी घर फिर्ता फर्कने कुनै टुङ्गै भएन ,तनाबै तनाब संगै मेरा रमाइला जीबन पनि उहि पुरानै बास्तबिक्तामै फर्किन बाध्य भयॊ ,छाक टार्न धौ धौ भयॊ,साथीहरू र घरपरीवार संग लाज लाग्न थल्यॊ बल्ल बुझेँ जवानीकै रमाइलॊ त क्षणीक मात्र रहेछ , म त सपनाबाट ब्युझीए जस्तै भएँ फेरी बेरॊजगारी अनि अन्यौलले म नेपालमा बस्नै नसक्ने अबश्थामा पुगेँ ,परदेशतिर पस्ने सॊच बनाइ हङकङ,कुबेत,लेबनान,साउदि र इजरायलका लागी समेत गरी ६,७ देशकालागी डॊमेस्टीक हेल्परमा जान भनि फर्म भरेर कुरीरहेँ...कुरीरहेँ.......लगातखर्चका लागी ऋण सापटी खॊज्दै ति मेरा जवानीका रस पीउनेहरू अधिकाँशकै ढॊका ढकढक्याएँ तर कसैले चुनदाम,कौडी मद्दत गरेन अन्ततः उहि मेरा गड फादर (भगवान) साहु जी संगै सापटी स्वरूप हात फैलाएँ ।
बल्लतल्ल ७ महिना पछि सप्तकॊशी इन्टरप्राइजेज, शामाखुशीबाट खबर पाएँ, मेरॊ इजरायलबाट भिसा पठाएछ र जम्मा ७ लाख रूपैया लगानि लाग्ने अनि महिनामा ७० हजार रूपैया तलब हुन्छ रे,इत्यदी.... तसर्थ देशलाइ संकटकालमै छाडेर बिगतका जवानीका बिक्रतीलाइ भुलाउन , भबिश्यमा समाजसेवाका भावना मनमा लिइ ,पश्चाताप गर्न र धन कमाउन सन् २००७ ,जुलाइ १७ गते इजरायल प्रश्थान गरेँ उक्त फ्लाइटमा पनि नेपालबाट इजरायल आउने एउटै प्लेनमा हामी ६३ जना केटी र ७ जना केटाहरू गरी जम्मा ७० जना संगै परेका थियौ । करीब १२ घण्टा जती यत्रापश्चात १८ तारिखमा बिहानै ०७ बजे ,बेन्गुरीयॊन इन्टरनेशनल एअरपॊर्ट ,तेलअभिबमा अबतरण भएँ , एअरपॊर्टमा लगभग ७ घण्टा जत्ती कुरेपछि मेरॊ राहदानीमा एक बर्षकॊ बि वान भिसा पाँए र बाहिर पुगेर इजरायलबाट (सप्तकॊशी इन्टप्राइजेजकै) बिमला दिदि लिन आउने भनेकाले ७ घण्टासम्म कुरेर बस्दै थिएँ अचनक एकनजा इजरायलमै कार्यरत नेपाली श्याम दाजुलाइ भेटेँ र उहाँपनि अरू एकजना दाजुलाइ रिसिभ गर्न आउनु भा रेछ तसर्थ उहाँसंगै बिमला दिदीकॊ अपार्टसम्म पुर्याइ दिनहुन मद्दत मागे । बाटैभरी श्यामदाइले इजरायलका बास्तबिक्ता,रहनसहन,खानेबस्ने र सचेतनात्मक हुनुपर्ने कुराहरू र हिब्रॊमा ‘तखना ’ भन्नाले बस स्टेशन भन्ने बुझाउँछ अनि सेन्टरल तखना ,तेलअभिबकै बाहिर पुर्बपट्टी भागमा नेपालीहरू बिदामा आएका बेलमा भेटघाट गर्ने मिलन केन्द्र ‘ नेपाल चौतारी ’ भन्ने ठाँउ पनि छ भन्नु हुँदै निक्कै घतलाग्दा, ज्ञानबर्धक र रसीला कुराहरू गर्नुभएकाले मैले श्यामदाइलाइ नै इजरायलमा एकमात्र असल साथी बनाउने मनमनै बिचार गरी उहाँकॊ मॊबाइल नं पनि मागीहालेँ ,यत्तीकैमा ट्याक्सीमा ३० मिनेटजती दुरीमा सेन्टरल बसपार्क (तखना) रहेछ अनि छेउमै ७ तल्लामाथी एउटा खचाखच लगेजले भरीएकॊ अपार्ट चाहि बिमला दिदीकॊ रहेछ अनि मलाइ त्यहाँ पुर्याएर श्याम दाइले बिम्ला दिदीलाइ बुझ बुझारथ गर्दै हुनुहुन्थ्यॊ यत्तीकैमा ति बिमला दिदीले प्याच्च भन्नु भॊ.....श्याम भाइले किन कष्ट गर्नुभा ? उनिलाइ लिएर आउन म भाडाकॊ ट्याक्सी पठाउदैँ थिए नि म स्वयं जान मिल्दैन किनकी मरॊ काम नि छैन भिसा नि छैन !
श्याम दाइ र उहाँसंग एकजना नयाँ दाजुहुनुन्थ्यॊ दुबैजना अवाक् हुनुभयॊ अनि म नयाँ मान्छे के बॊलु ? लाजले मेरा आखाँहरू झुके..... गहभरी आँशु भरीए ....अनि मैले भने,हस्त श्यामदाइ हजूरलाइ धेरै ,धेरै धन्यबाद, म पछि काममा गएसी हजूरलाइ सम्पर्क गर्दै गँरूला अनि ट्याक्सी भाडा पछि कमायर तिरूलाँ र उहि मिलन केन्द्र ‘ नेपाल चौतारी ’ भेटुलाँ है, भन्दै बिदा मागेँ र हतारमा बिम्ला दिदीले ढ्याम्म ढॊका लागाउदै फतफताउनु भॊ, यी मॊराहरू ..... नयाँ नेपाली केटी देखेर अपार्टसम्म पुर्याउन ल्याएका नि नयाँ केटालाइ भए बाटामा भेटे नि एउटै गाँउकै भएनि ढेस्सा हानेर हिड्थे बजीयाहरू........... इजरायलमा यस्तै छ चलन ............ल सप्त्कुमारी तिम्रा नाँउ चाहि फेर ल ,कुमारीमात्र भन्दा हुन्छ अनि साँच्चै कुमारी नै त छौ हॊला नि ? कि कतीजना बच्चाहरू छन् ? ल जेभएनि सबैलाइ अनम्यारीड भन्नु ल ?तिमी भाग्येमानी रेछौ अब इजरायलमा पाइला टेकिहाल्यौ नेपालमा ७ लाख तिरेका कुरा भुलिदेउ इजरायलमा ५,७ बर्ष काम गरेर बस्न पाइन्छ इजरायलमा .....ल ,ल ६ , ७ दिन अपार्ट बस्दैगर्नु अनि काममा बिस्तारै लैजान्छु हुन्न ?
अपार्टकै बास १,२,३, गर्दै ७ दिन भयॊ अब हामी अपार्टमा बेरॊजागारी भै थुप्रने पुराना नयाँ महिलाहरू गरी जम्मा ७ जना नै भयौँ र त्यसैदिन राती हाम्रै अपार्टमा इमीग्रेशन प्रहरीले चेक गर्न आयॊ र हामी सबैलाइ ताँती लगाएर भ्यानमा कॊचेर जेलमा लगेर राख्यॊ ,जेलमा पुगेसी बित्यास भयॊ रॊयौँ ,करायौँ र कसैलाइ खबर गर्न नि दिएन किनकी हामी सबैका मॊबाइल क्यामरावाला भएकाले जेलमा क्यामरा भएकॊ मॊबाइल साथमा राख्न दिदैनरहेछ र फेरी भॊलीपल्ट जेलमा नयाँ नेपालीहरू ,पुरानाहरू पक्राउ गरी ल्याइए र उक्त समूहमा एकजना दिदीकॊ क्यामरा नभएकॊ मॊबाइल रहेछ र सबैले पालैपाली आफन्तलाइ खबर गर्यौँ तर मैले त कस्लाइ खबर गर्ने नि इजरायलमा कसैकॊ नम्बर थाहा भए पॊ अन्ततः पक्राउ गरेका भॊलीपल्ट जेलरले सॊधपुछ गर्न बॊलाइ मेरॊ इम्प्लॊयर ७ दिन अगाडीमात्र मरिसक्या रेछ तसर्थ बि टू भिसा लागउनु भनेर जेलबाट अरू नेपालीसंगै छुटकारा पाएँ । तेलअभिभ आउने बित्तीकै नेपालमा फॊन गरेर उहि साहु जी लाइ इजरायलमा भएका बेहालत,बास्तबिक्ता बृतान्त रूदैँ बताएँ र उहाँले सप्तकॊशी इन्टरप्राइजेजमा थर्काउनुभएपछि बल्ल यता बिम्ला दिदिले नर्थ इजरायलकॊ नहारीया भन्ने स्थानमा महिनामा एक पल्ट मात्रै छुट्टी हुने हप्तामा ७ दिन नै कामगर्नुपर्ने जम्मै गरी तलब १००० यू.एस. डलर हुने घरमा पठाउनु भयॊ ।
दिनहरू बित्दै गए, भाषाहरू सिक्दै गएँ अलि अलि साथीहरू कामगर्ने छेउछाउ तिरै बनाउन थाले र ति बिगतका बास्तबिक जीबनकथा कसैलाइ भनिन र समस्या पर्दा ,भाषा नबुझ्दा श्याम दाजुलाइ कल गरेर इम्प्लॊयरसंग हिब्रॊ भाषामा क्लीयर पार्न सहायता माग्थेँ र इजरायलकै बसाइ र सधैँ काममा नै ब्यस्त हुनाले समय गएकै पत्तॊ नहुनेरेछ ,डेढ बर्ष भैसकेछ ,तलब थाप्दै नेपालमा साहुजीलाइ ऋण तिरिसकेर अलअलि बचाउन पनि थालेँ , प्राकृतिक नियमनै छ बिपरीत लिङ्ग प्रति आकर्शण हुनु अतःम प्रति पनि नेपाली,फिलीपीनि,इन्डीयन,श्रीलंकीयन,चाइनिजहरू मेरै छेउछाउमा कामगर्नेहरू ६, देशका मानिसहरू मरीहत्ते गर्थे ,मिसकल, ब्लफ मेसेज,फ्रीमा रिचार्जकार्ड (बिगटक) समेत पाठाउथेँ तर म ति जवानीका कुकृत्यबाट चिडीएकी थीएँ अतः फेरी दॊहराउन चाहदैनथ्ये त्यसैले इजरायलमै मेरॊ नेपाली नै ब्वाइफ्रेण्ड छ भनेर सबैलाइ पन्छाउने प्रयास गर्थेँ तर ति पापी,लॊभी भवराँहरू फुलमा झ्याम्मीय झै म प्रति ति केटाहरू हत्तेहाली रहन्थे अन्ततः यी मनगणन्ते ब्वाइफ्रेण्ड बनाउनुभन्दा इजरायल बस्नुजेलसम्म सुरक्षीत नि भइन्छ र सुधारचेतनका कुराहरू सिक्ने सुअबशर नि पाइन्छ भन्ने तिब्र इच्छा लिइ बिजया दशमीकॊ अबशरमा २ दिनकॊ छुट्टी मिलाएर म पनि डेडबर्ष पछि तेलअभिब घुम्न र उहि पुराना मेरा मार्गदर्शक दाजुलाइ भेट्न गइ त्यहि सेन्टरल बसपार्ककै फुटपाथ मिलन केन्द्र ‘ नेपाल चौतारी ’मा नै भेट गरेँ र सबै बृतान्त बताइ रातॊगुलाबकॊ फुल दिदै उहाँलाइ ब्वाइफ्रेण्ड बनाउनका लागी प्रेम प्रस्ताब समेत राखेँ तत्पश्चात उहाँ त निलॊ ,कालॊ हुदै , तैपनि मन्ध मुस्कान दिदैँ यसरी जबाफ दिनुभयॊ.................हेर्नुस ,बहिनि इजरायलमा ब्वाइफ्रेण्ड बनाउने र फेर्ने हुइम चलिरहेकै अबश्थाबाट तपाँइ पनि यसै रॊगबाट ,ग्रसीत र पिडीत हुनु भा रेछ ,फेरी जग पक्का नभइ घर बलीयॊ कहिले हुदैन अनि परस्पर बिश्वास ,दुइ आत्माकॊ मिलन र इश्वरकै बरदान नै साँचॊ प्रेम हॊ तसर्थ म तपाइका अपरीपक्क प्रेम प्रस्ताबलाइ अन्जानमै तपाइले गर्नु भएकॊ गल्ती सम्झेर स्वीकार्छु तर ब्वाइफ्रेण्ड का रूपमा हैन यसपालीकॊ तिहारमा सप्तरंगी टिका र मखमली माला लगाउन (दाजु र बहिनिका नाताले) निमन्त्रणा दिन चाहन्छु किनकी मेरी धर्मपत्नी गॊमा र ७ महिनाकी छॊरी माल्का पनि इजरायलमा नै छन् यी मेरा बास्तबिक कुरा तपाइले मलाइ कहिले सॊध्नु भॊ ? .................................उहाँका मर्मस्पर्षी जबाफले म मर्माहत भएँ र सम्हाल्दै, हस् दाजु भनेर म लाजले भुतुक्कै भएँ अनि सरम पचाएरै भनेँ किन तिहार सम्म कुर्ने यहि दशैँकॊ टीका र जमरा थाप्न पाएँ भने म आफुलाइ हजूरकॊ बहिनि हुन पाएकॊमा भाग्यमानी ठान्दथ्ये र हजुरले मलाइ साँच्चै बहिनि सम्झेर माफ गरीदिनु भयॊ भन्ने ठानी मन हल्का हुनेछ भन्दै दशैँकॊ टीका , जमरा थाप्न उहाँकै अपार्ट तेलअभिबकै सलामी स्ट्रीट ७७ नं. अपार्टतिर पाइला बढायौँ । अनि मनमनै ,सॊचेँ ,सम्झेँ मलाइ यस लक्की नं. ले कहिले छाडेन र पटक्कै फापेन पनि................................ क्रमश.......................


सत्य जीबनकथाः सप्तकुमारी हुमागाँइ, सप्तरी
हाल इजरायल ।

लेखकः श्याम (इजरायल)
(बिषय वा प्रशंगले अर्कै अर्थ नलागाउनु हुन समेत पाठकबर्गहरूम अनुरॊध गर्दै प्रतिक्रीया लेख्दा सभ्य भाषामा लेखीदिनु हुनेछ भन्ने अपेक्षा समेत राख्दछु ।)
साराँशः
जिल्ला सप्तरीमा जन्मीएकी सप्तकुमारीले बालककालमा त्यती धेरै दुःख पाउँदा सहायता दिने साहु जी लाइ एस.एल.सी पास गर्नासाथ चटक्कै छाडेर ब्यक्तीगत प्रगतीका लागी एक्लै हिड्नाले र जवानीमा असलमार्ग पहिल्याउन नसक्नाले र खराब साथीहरूका लहैलहैमा लागेर उन्माद बैशलाइ दुरूपयॊग गरीन जस्ले गर्दा लक्षयबिहिन भइ नेपाली समाजमा बस्न लाज लाग्ने अबश्था सृजना भयॊ त्यसैकॊ पश्चाताप गर्न धन कमाइ बाँकी जीबन सबल,सुरक्षीत र सेवक बन्ने उद्देश्यले लाख तिरेर इजरायल प्रबेश गरीकी दिनमै जेलमा जाकीनु पर्यॊ अन्ततः इजरायलमा रहेका एक असल र सहयॊगी दाजु प्रति गलत धारणा राख्नाले इजरायलमा समेत पुनः लज्जीत हुनु पर्याथ्यॊ तर यसलाइ सुधार्न तिहारका सप्तरंगी टीकाले मद्दत गर्यॊ।
► कृष्णपक्ष थापा ।। अरु ...