आचार्य प्रभा/ डेन्भर (कोलोराडो)
जुलाइे/ १८/ कोलोराडो /स्व.आदिकबि भानुभक्तको १९८ औं जन्मजयन्ती र अन्तर्राष्ट्रिय साहित्य समाजको २० औं बार्षिक उत्सवको उपलक्षमा अ.ने.सा.स कोलोराडो च्याप्टरले गत जुलाइे १५/१६/१७ तारिकका दिन बिभिन्न कार्यक्रम बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरुको आतिथ्यका साथ सफलता पूर्वक सम्पन्न गर्यो । जुलाइे १५ तारिकका साँझ प्रथम चरणमा साँस्कृतिक कार्यक्रम र प्रशिद्ध लोक दोहोरी गायक राम प्रशाद खनालको एकल दोहोरी गायन थियो भने कार्यक्रमको समुद्घाटन अ. ने. सा. स.का संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी ज्युबाट गरियो ।
कार्यक्रम संचालन कलाकार द्वय कृष्ण मुरारी ढुङेल र निर्मल प्याकुरेलले गर्नु भएको थियो भने उक्त कार्यक्रममा स्वागत भाषण अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल ज्युले गर्नु भएको थियो । कार्यक्रमको दोश्रो चरणमा कबि तथा पत्रकार गोविन्द गिरी प्रेरणाद्वारा सम्पादित कोलोराडो बिशेषाँक पत्रिका विश्व परिक्रमाको बिमोचन कबि तथा पत्रकार संघका भु पु अध्यक्ष बिश्व बि मोहन ज्युले गर्नु भएको थियो र वहाँले दुई शब्द पनि ब्यक्त भएको गर्नु भएको थियो । त्यसै गरेर गोविन्द गिरी प्रेरणाले पनि आफ्नो छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यसैक्रममा कोलोराडोका अन्य संघ संस्था रक्क्री माउण्टैन र नेपालीघरका अध्यक्ष द्वय सुरेन्द्र श्रेष्ठ र नारायण श्रेष्ठ "सानु"ले पनि आ-आफ्ना मन्तब्य प्रकट गर्नु भएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा सीमा पोख्रेल द्वारा गुरु गणेश स्तोत्र गायन प्रस्तुत भयो र नृत्यहरुमा प्रीती आचार्य,नीती आचार्य, बिभा अधीकारी, अभिषेक भण्डारी र नबोदिता के.सि हुनुहुन्थ्यो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माज्युले यो कार्यक्रममा सहयोग गरिदिनु हुने सम्पूर्ण मित्रहरु र खाना प्रायोजन गरेर सहयोग गर्नु हुने रेस्टुराँहरु याक एण्ड यती र बम्बै प्यालेस, केशव आचार्य प्रति आभार प्रकट गर्नु भएको थियो। कार्यक्रमको अर्को प्रमुख आकर्षण भने राम प्रशाद खनाल ज्युको एकल दोहोरी गीत थियो । पोख्त गायक भएको नाताले वहाँले श्रोता दर्शकहरुलाइे प्रशस्त मनोरंजन दिने प्रयास गर्नु भएको थियो ।
दोश्रो दिनको कार्यक्रमको प्रथम चरणमा अ.ने.सा.सको बिसौं बार्षिक साधारण सभा सम्पन्न गरियो र अ.ने.सा. स.का महा सचिव गीता खत्री द्वारा बार्षिक प्रतिवेदन र आर्थिक बिवरण प्रस्तुत गरिएको थियो । निर्मल प्याकुरेलद्वारा उक्त कार्यक्रममा आशन ग्रहणमा बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरुलाइे गरिएको थियो । कार्यक्रमको सभापतिमा बरिष्ठ कबि शैलेन्द्र साकार र प्रमुख अतिथीमा कबयित्री चन्द्रकला नेवार हुन्हुन्थ्यो । सो कार्यक्रममा स्वागत मन्तब्य पदम विश्वकर्माले गर्नु भएको थियो भने बोर्ड अफ ट्रष्टिका अध्यक्ष श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक "सानो नेपाल डायोस्पोरामा" बिमोचन कबि शैलेन्द्र साकारले गर्नु भएको थियो । उक्त कार्यक्रममा भानुको संक्षिप्त परिचय डा.बिजय राज शर्माले दिनु भएको थियो । सोही कार्यक्रममा बाल कबिता प्रतियोगिता पनि गरिएको थियो र उक्त प्रतियोगिताका निर्णायकहरुमा गीता खत्री, आचार्य प्रभा, भुपेन्द्र महत हुनुहुन्थ्यो भने प्रथम कबिता शास्वत प्याकुरेलको र दोश्रो कबिता सुचित शर्माको भएको थियो ।
भानु जयन्तिको अवसर पारेर सधैं झैँ यो पटक पनि भलिबल प्रतियोगिता र गल्फ खेलको पनि आयोजना गरिएको थियो । उक्त खेलमा डेन्भर नोर्थ प्रथम र कोलोराडो साउथ द्वितिय भएका थिए । त्यस्तै अर्को गल्फ खेलमा सुदेश शर्मा प्रथम र बिबेक भट्टराई दोश्रा भएका थिए । यसरी बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर अ.ने.सा.स.को २० औं वार्षिक उत्सव तथा भानु जयन्ती बडो उत्साहको साथ सम्पन्न गर्ने क्रममा कोलोराडो लगायत बाहिरबाट पाल्नु हुने महानुभावहरुको रचना पाठ पनि गरियो । कार्यक्रमको मध्य भागभित्र बिभिन्न महानु भावहरुले आ-आफ्ना मन्तब्य पनि दिनु भएको थियो । यसै क्रममा अ.ने.सा.स न्युयोर्क च्याप्टरका कोषाध्यक्ष तथा संयोजक आजीवन सदस्य,अध्यावधिक समिती सदस्य श्री राम खत्री ज्युले पनि आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा अ.ने.सा.स.का नयाँ आजीवन सदस्यहरुलाइे स्वागत गर्दै प्रमाण पत्र बितरण गरिएको थियो । आजीवन सदस्यहरुमा श्री भिष्म प्रधान, मिना पौडेल, सोम बराल, चुडामणी शर्मा, मणी दाहाल, कुमार जंग कार्की, क्रिष्ण काफ्ले, बेदनाथ भट्टराई, श्याम श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजेन्द्र सिग्देल, राजन सापकोटा हुनुहुन्थ्यो। उक्त कार्यक्रमलाइे सफल बनाउँन कोलोराडो च्याप्टरका कार्यकर्ताहरु र अन्य महानुभावहरु पनि समर्पित भएका थिए ।
यही भानु जयन्तिकै अवसर तथा अ.ने.सा.स.को २० औं वार्षिक उत्सवको उपलक्ष पारेर विश्व ब्यापी कबिता बाचन कार्यक्रम पनि समापन गरियो । कोलोराडोका श्रस्टाहरुको वेब्क्याम रचना बाचन भने श्री रबी कार्की र साबु गदाल कार्कीको निवास स्थानमा सम्पन्न भयो । यसरी तीन दिन सम्म लगातार सो कार्यक्रम सफल गर्न बिभिन्न स्थानबाट पाल्नु हुने सबै पत्रकार, श्रष्टाहरुले दिलोज्यानले हार्दिकताको साथ सहयोग गर्नु भएकोमा कोलोराडो च्याप्टर तथा अ.ने.सा.स केन्द्रिय समिती आभार बने धन्यवादको क्रममा कोलोराडो च्यापटरका अध्यक्ष श्री पदम विश्वकर्माले अ.ने.सा.स. कोलोराडो च्यापटरलाइे उक्त कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा नै आफु आभारी बनेको कुरा पटक प्रकट गर्नु भएको थियो। अन्त्यमा केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल द्वारा धन्यवाद ज्ञापन र सभापतिको छोटो मन्तब्यबाट कार्यक्रम बिसर्जन गरियो । उक्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने तथा क्यामेरामा दृश्य संकलन गरेर सो कार्यक्रमलाइे सहयोग गर्न हुने क्यामेरा म्यान श्री राजेन्द्र सिग्देलप्रति पनि यो च्याप्टर अनुग्रिहित बनेको छ ।
0 comments:
Post a Comment