Tuesday, 19 July 2011

जागिर लिलामको सूचना

जागिर लिलामको सूचना !!!
लघु कथा

खगेन्द्र थापा



आज आईतबार । एकाएक १०-५ को भुतले ङ्याकिन्छ उसको मन । आपुनो जागिरे जीवनले बीसौं वसन्त पारगर्दासम्म ऊ धेरै पटक मरिसकेको छ जीवनमा । “बाध्ताता ! उफ ! कस्तो बाध्यता ।” ऊ आपु”लाई धिक्कार्छ पलपलमा । “नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहारू शिवाय केहिभएन आज आपुनै जागिर आखिरमा उसलाई । राजतन्त्रको कालो छायाँमा टुसाएको उसको जागिर मुनापालुवा पलाएर कहिल्यै हरियाली बनेन । बरु अनेकौ तन्त्र र मन्त्रको सेपमा जकडिइरह्यो । सयौं दल बल र बादले कठ्यांगि्रइ रह्यो । नपुंसक ऐन नियम र विनियमका नङ्ग्राले त्यहि जागिरको छातीमा कोपरिई रह्यो । संसोधन र परिमार्जका पांग्राले घरीघरी नमज्जाले कुच्चिईरह्यो विचरा ! उसको जागिरसँगै ऊ पनि । मानौ जागिर भनेको लेकका नागिहरुमा बाह्रै महिना ठिहीले ककि्रईरहनु पर्ने सुशुप्त पोथ्रो हो । मानौ जागिर भनेको हृसक जन्तुले चाहेको बखत चिथेर्न पाउने मृगको कोमल बदन हो । र मानौ उसकॊ जागिर एउटा सिल्बरे भाँडो हो जसले जतिपटक ठटाएपनि वा लडाएपनि विकृत भएर कुच्चिनै पर्ने । २० वर्षदेखि लगातार यस्तै नियति भोगिरहेछ उसको जागिरले र त्यहि अधमरो जागिर खाएर आपु” विवशताको बाकसमा सधैं अध्कल्चो र अर्धमुर्छित भइरहेको छ वर्षाैदेखि ।

मान्छे त ऊ पनि जौडे नै थियो । कहिले लेकका गाउँबेंसीमा कोदोको छिप्पीएको तोङ्बासँग नसाटिएको हैन । अनि पहाडका तरेलीहरुमा भुयाईखट्टे र तीनपानेले भिल्लु भएर नलर्बरिएको पनि हैन । फेरि मधेशको टन्टलापुर घाममा सेकिदै धरमवीर भैयाको मिठापान र खैनीमा नरङ्मगिएको अनि भुटेको मकै भट्मास र गुन्द्रुकमा नसाँदिएको पनि हैन । यसरी कैयौ पटक आपुनै सामाजिक परिबेश र राजनैतिक बलात्कारको बेदना पिईरहँनुपर्दा पीडाका पहाडले किचिक्क भएको उसको जागिरे जीवनले बाध्य भएर रक्सीको प्यालामा डुबुल्की नमारेको हैन । साँच्चै भन्नुपर्दा बेलाबेलामा उसको जागिरे जीवन मोहरमा नकिनिएको र डलरमा साटिन नखोजेको पनि थिएन । यसो भन्नुपर्दा अचम्म मान्नु पर्दैन चाचाचुचुको दौडाहामा तलुवा खियाएपछि मालदार अड्डामा सरुवा भएको खुशियालीमा नभई “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी” को अवस्थामा जागिरे वितृष्णाको राँको दन्किएको थियो उसको कोमल मनभित्र ।

अजम्बरी कोहि पनि हुँदैन । नहोस् पनि । तर मान्छेमा माया र आशा नहुँदो हो त जीउन पनि सक्दैन । लर्के जोवनमा जुल्फी हल्लाउँदै हाजिर बजाउन शुरु गरेको उसले बाउन्न ठक्कर र त्रिपन्न हण्डर खाँदाखाँदै तिलचामल भैष भएका रौं आज पाकेर हिँउदको काँसघारी जस्तो सेताम्मे भएको छ । अहो ! कस्तो बिडम्बना । जिन्दगीको उर्वर क्षणजति जम्मै त्यहि जागिरमा आहूती गरेको ऊ आखिर जागिरे भएकै पश्चात्तापले जिन्दगीको जोडघटाउ गर्नमा ब्यस्त भएको छ । त्यसैले सोच्छ गम्छ अनि एकाएक भकानिन्छ ऊ । “अभिशाप बाहेक आखिर केनै पाएँ मैले जागिर खाएर जिन्दगीमा केनै पायो यो मुलुक र यहाँका जनताले मेरो जागिरबाट “ अन्तर्मनमा अनेकौ सवालहरु सल्बलाउँछन् । अहँ मन




मान्दैन । कसैगरे पनि चित्त बुभुदैन उसको । धिक्कार लाग्छ उसलाई जागिरमा बिनाअर्थ आपुनो पूरै जीवन अल्मलिएको देखेर । धिक्कार लाग्छ उसलाई जागिरको चक्रब्युहमा आपुनो बौद्धिकता जकडिएको र उद्यमशीलता कुंजिएको देखेर । अनि जीवनभर आपुनो मालिक आफै नभई सधैँ सरकारीे नोकर हुनुको हीनताबोधले धिक्कार्छ उसलाई सधैँ सधैँ ।

“अब त अति भो गाँठेू ऊ सुरिन्छ । “यो हप्तामा त जसरी पनि छोड्छु छोड्छु” ऊ सधैँ भैष फेरिपनि आपुनो जागिरको सीमा तोक्छ । उसका मलिन आँखामा जागिर नहुने तर आपुनो मालिक आफै हुनेहरुको सुकिला तस्विरहरु सल्बलाउँछन् । उनिहरुको मान सम्मान र थाँतथलोले उसलाई दुख्नेगरी चिमोट्छ । ऊ एकाएक झस्किन्छ अनि उसलाई आपुनो बन्धनकारी जागिरे जीवन फेरि नमज्जाले कोक्याउँछ । तब त जागिर नै मन्द विष भएको छ उसको लागि । उसलाई लाग्छ आपु” त्यहि विष पिएर मुर्छित भएको छ पूरै बेहोश र विक्षिप्त भएको छ । “थुक्क यो जागिरे जिन्दगी” ऊ सधैँ भैष आपु”लाई धिक्कार्छ ।

ऊ टोलाउँछ र मनमनै भन्छ “ए मेरो प्यारो जागिर तँलाई म न बजारमा दुई कौडीमा बेच्न सक्छु नत जाकटी नत बन्धकी राख्न नै । नत कपाकप खान नत बान्की मिलाएर लगाउन नै ।” अनि ऊ फेरि अठोट गर्छ र बबराउँछ “यो हप्ता नभए अर्को हप्ता वा अर्को महिना अथवा अर्को साल लाग्नु अगाबै पक्कै पनि जागिर छोड्छु छोड्छु । बरु पेटको ज्वाला दन्किदै गरोस् मनको ज्वाला निभाउनलाई आजै यो जागिर छोड्छु अब ।” त्यसैले होला जागिरे जीवनमा जकडिएको उसको कोमल मन अनि जागिर सँगै चर्किएको उसको दिलले आखिरमा आज आपुनै मनको अखबारमा जागिर लिलामको सूचना निकाल्यो । अनि आपुनै दिलको सूचनापाटीमा भँगेरा टाउके अक्षरले “जागिर लिलामको सूचना” भनेर सूचना टाँस गर्यो ।

0 comments:

Post a Comment