Monday, 18 July 2011

गजलः धन हॊ कि हजूर ।।

















श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल ।

गजलः धन हॊ कि हजूर ।।

सबैभन्दा ठूलॊ यहाँ,धन हॊ कि हजूर ।।
सम्पतीकै पछि लाग्ने,मन हॊ कि हजूर ।।

खै कस्लाइ ठूलॊ भन्ने,फुर्तीफार्ती सबैमा
स्वार्थभित्र लिप्त आफ्नै पन हॊ कि हजूर ।।

आफन्तमै लुछाचुडीँ ,काटमार सधैँभरि
हारजीत नटुङ्गीने,रन हॊ कि हजूर ।।


धनले नै धन तान्छ ,पीर-चिन्ता साथैमा
असन्तुष्ट भैरहने तन हॊ कि हजूर ।।

सबैलाइ धनि हुने एकमात्र चाहना
पैशा मन्त्र जप्ने सबै जन हॊ कि हजूर ।।







































































































































0 comments:

Post a Comment