Monday, 18 July 2011
साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न
विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रुस शाखाले यही जुलाई १४ तारिखका दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरकोतटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती भब्य रुपमा मनाएएको छ ।
गैर आबासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा उपेन्द्र महत्तोको प्रमुख अतिथ्य रहेको उक्त समारोहको सभापतिमा विश्व नेपाली साहित्य महासंघका बर्तमान अध्यक्ष तथा गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका महासचिब डा मधु कृष्ण श्रेष्ठ "माधुर्य" हुनुहुन्थ्यो भने कार्यक्रम संचालनको भूमिका साहित्य महासंघ रसिया का अध्यक्ष तथा गैर आबसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद रसिया का उपाध्यक्ष गोविन्द प्रसाद गौतमले गर्नुभएको थियो ।
उक्त समारोहमा गैर आबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद का उपाध्यक्ष श्री जिवा लामिछाने ,नेपाल राजदुताबासका सचिब गेहेन्द्र राजभण्डारी, नारी निकुन्जक अध्यक्ष डा. समता प्रसाद, गैर आवासीय नेपाली संघ रुस रास्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. मणिराज पोखरेल, खेलकुद समाजका अध्यक्ष खेम लामिछाने, नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयक अध्यक्ष डा. सचिन शाक्य, रुस-नेपाल व्यापार संघक उपाध्यक्ष टेकराज निरौला लगायत रुसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाका सदस्य एवं पदाधिकारीहरुको राम्रो समुस्पस्थिति थियो |
आदिकवि भानुको तस्बिरमा उपस्थित सहभागीहरुले भावपूर्ण श्रद्दान्जली स्वरूप पुष्प-गुच्छाहरु चढाई शुरु गरिएको उक्त साहित्यिक समारोहमा विनेसाम रुस साखाको तर्फबात सदस्य गणेश रामदामले स्वागत मन्तब्य प्रकट गर्नु भएको थियो भने उमेश प्रसाद भट्टराई, डा. मधु माधुर्य र गोविन्द प्रसाद गौतमले आ-आफ्नो मौलिक कविता वचन गर्नु भएको थियो | नेपाली साहित्यप्रेमी जीवा लामिछानेले उपस्थित नेपाली वालवालिकाहरु समक्ष स्वर्गीय भानुको सामान्य परिचय र वहाको योगदानबारे चर्चा गर्नु भएको थियो भने भानुको अमुल्य योगदान र आजको सन्दर्भबारे डा. उपेन्द्र महतो, डा. समता प्रसाद, जिवा लामिछाने, डा. बद्रि केसी, सपिला राजभण्डारी, मणिराज पोखरेल हुनुहुन्थ्यो |
बिनेसाम रसियाका सल्लाहकार डा. एक नारायण चापागाईंले उपस्थित महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भएपछि समारोहका सभापति डा. मधु माधुर्यले भानुको योगदान, दर्शन एवं आजको विश्व साहित्यको परिवेश र नौला आयामहरूबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई र बनभोज कार्यक्रमको व्यवस्थापक सन्तोष केसीलाइ धन्यवाद ज्ञापन गरिसकेपछि समारोह विसर्जन भएको घोषणा गर्नु भएको थियो |
अपरान्ह ४ बजे देखि सहभागीहरुको उपस्थिति शुरु भएर प्रकृतिको मनोरमस्थानमा बनभोजको रमाइलो अनुभव गर्दै साहित्यिक शृंखला पार गरी मस्को फर्कने बेला वेलुकीको ११ बजेको आकासमा चम्किरहेको गोलो चन्द्रमाले समेत साहित्यिक अभिवादन दिई रहेको प्रतित हुन्थ्यो |

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment