Friday, 15 July 2011

दुबईमा १९८ औं भानु जयन्ती तथा गजल विमोचन कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, युएई, दुबई

आज १५ जुलाई शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई च्याप्टरको आयोजनामा १९८ औं भानु जयन्ती मनाएको छ। साथै यसै अवसरमा दिनेश आचार्य मण्डु र माइनस प्लस सङ्ग्रोलाकोद्धारा लेखिएको प्रवासका दुई फुलू गजलकृतिको पनि विमाचन गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ युएई शाखाका अध्यक्ष जीतेन्द्र मल्लले गर्नुभएको थियो। त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी बुद्धिजिवी महिला साहित्यकार र पत्रकारहरु रहेका थिए।

कार्यक्रमको पहिलो चरणमा अतिथिहरुद्धारा भानुको तस्विरमा फुलको माला र फुलहर चढाएर उहांको बारेमा प्रकाश पारेका थिए भने दोस्रो चरणमा प्रवासको मरुभूमि युएईको ४०-४५ डिग्री तापक्रमबाट खारिएका गजलकार दिनेश आचार्य मण्डु र माइनस प्लस सङ्ग्रोलाद्धारा लिखिएको प्रवासका दुई फुलू गजलकृतिको दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री र अन्य अतिथिहरुद्धारा विमोचन गरिएको थियो।
कार्यक्रममा विभिन्न गजल रचना र कविताहरु वाचन समेत गरिएको थियो। आफ्नो ड्युटीबाट बचेको समयलाई साहित्यप्रति खर्च गरि गजल र कविताको माध्यमबाट आफ्नो मनको वहहरुलाई पोख्नमा सफल भएका गजलकारहरुलाई सबै वक्ताहरुले शुभकामना समेत दिएका थिए। कार्यक्रमको संचालन पत्रकार तथा साहित्यकार विरही रिजालले गरेको थियो।






0 comments:

Post a Comment