
जुलाइ १०, टोरन्टो, क्यानडा
गोपीकृष्ण काफ्ले, टोरन्टो, क्यानडा - १९८ औ भानु जयन्तिको अबसरमा कविगोष्ठी तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको टोरन्टो च्याप्टर कवि मुक्ति गौतमको अध्यक्षतामा एघार सदश्यीय समिति गठन गरियो। टोरन्टोको स्कार्रवरोमा एन आर एन क्यानडाका अध्यक्ष कवि नवराज गुरूङको आतिथ्यमा भएको उक्त कार्यक्रममा ३ दर्जन कविहरूले कविता बाचन गर्न भएको थियो। जस मध्य एक दर्जन कविता अंग्रेजीमा लेखिएका थिए।
नव निर्वाचित कार्य समितिमा अध्यक्ष- मुक्ति गौतम,उपाध्यक्ष राधिका खरेल सचिव- कुसुम ज्ञवाली, कोशाध्यक्ष- कल्पना अवस्थी, र सदश्यहरूमा डा. तुलसी धरेल, नविन बैध्य, भावना पोखरेल, कल्पना अबस्थी, रामकृष्ण सर्मा र अनुप न्यैपाने रहेका छन्। टोरोन्टो भित्रका विभिन्न सिटीहरूलाइ पनि प्रतिनिधीत्व हुने गरी २ जना सदश्यहरू अवश्यकता अनुसार पछि कार्यसमितले थप गर्ने गरी निर्णय पनि भेलाले गरेको छ। टोरन्टो मा कृयाशिल टोरन्टो साहित्य समाजलाइ अनेसास को च्याप्टरको रूपमा परिवर्तन गरी अनेसासको विधान अन्तरगत रहने गरी उक्त टोरन्टो साहित्य समाजको पुनर्गठन गरीएको कुरा भेला आयोजक समितिका संयोजक तथा अनेसास केन्द्रिय सदश्य गोपिकृष्ण काफ्लेले भेलालाई सम्बोधन गरी नयाँ कार्यसमितिको सफलताको शुभकामना दिनु भएको थियो। भेलाले गोपीकृष्ण काफ्ले र गोविन्द सिंह राउतलाई सल्लाहकारमा चयन गरेको छ।
उप -सभापतिमा राधिका खरेल - भानु जयन्तिको उक्त विशेष कार्यक्रमको पहिलो चरणमा मैत्रीपूर्ण खेलकुद कार्यक्रमको पहिलो सत्र समापन पछि अनेसास केन्द्रिय सदश्य गोपी कृष्ण काफ्लेको सभापतित्वमा अयोजित कवि गोष्ठीमा विश्व बर्मा, निशोध बैध्य, आयुस्णा श्रेष्ठ, अभिस श्रेष्ठ, सपना गौतम, आयुस्मा श्रेष्ठ, अनि भट्टराइ, माधवी गौतम, सवन गुरूङ, प्रीया श्रेष्ठ, मनिशा देवकोटा, गोपी काफ्ले, प्रदिपलाल श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ, नवराज गुरूङ र अनेसास टोरन्टो च्याप्टरका सबै पदाधिकारी कविहरू (मुक्ति गौतम, कुसुम ज्ञवाली, राधिका खरेल, डा. तुलसी धरेल, नविन बैध्य, भावना पोखरेल, कल्पना अबस्थी, रामकृष्ण सर्मा र अनुप न्यैपाने) ले पनि कविता बाचन गर्न भएको थियो। भानुभक्तको योगदानका बारेमा कवि कुसुम ज्ञवालीले प्रकास पार्न भएको थियो। स्वर्णिमा गुरूङ र माधवी गौतमले उक्त कार्यक्रम संञ्चालन गर्न भएको थियो।
कार्यसमिती निमार्ण पछि एन आर एन अध्यक्ष नवराज गुरूङले सम्पूर्ण सहभागी तथा श्रष्टाहरूलाई लागी दिवाभोज (बार्बेक्यू पार्टि)को आयोजना गर्न भएको थियो।
गोपीकृष्ण काफ्ले
अनेसास केन्द्रिय सदश्य
0 comments:
Post a Comment