आदिकवि भानुभक्त आचार्यको १ सय ९८ औँ भानु जयन्तिको अवसरामा राप्तीसाहित्य परिषदले आज विहान कविता वाचन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
राप्तिसाहित्य परिषदका अध्यक्ष पुरुषोतम खनालको अध्यक्षतामा भएको कार्यक्रममा भानुभक्तले गरेको नेपाली भाषाको क्रान्ति काकारण अहिलेको नेपाली भाषाले प्रगति गरेको भन्दै भानुभक्तको प्रशंसा गरेका थिए । कुनै छन्दमा नारीहरु सम्वनिध केहि आलोचनात्मक टिप्पनी गर्न लाएक भएपनि नकरात्मकको तुलनामा सकारात्मक कयौँ गुणा वढिभएकाले आदिकविलाई सवैले सम्झनु पर्ने धारणा राखेका थिए ।
साहित्यकार श्रीकृष्ण पथिकले भानुभक्तको वारेमा समिक्षात्मक टिप्पनी गर्दै भानुभक्तीय रामायण नआएको भए नेपाली भाषाको यति विकास हुन नसक्ने धारणा राखेका थिए । कार्यक्रममा खगराज न्यौपाने, शुर्यनाथ सपकोटा, गोपाल चन्द्र पोख्रेल नगेन्द्र गुरु, खेमराज मल्ल, डा लोकराज पराजुली लगाएतले आआफ्ना कविता वाचन गरेका थिए । सन् १९७१ मा जन्मिई राणा प्रधानमन्त्रि जुद्धशम्सेर जवराको को पालामा नेपाल सरकार वाट आदिकविको मान्यता पाएका आचार्यको पत्रकार टिका वस्नेत गोविन्द खड्का लगाएतले पनि चर्चागरेका थिए ।
वाजे कृष्ण प्रसाद आचार्यको पे्ररणावाट साहित्यको क्षेत्रमा लागेका धनन्जय आचार्यका छोरा आचार्य गुल्मीको तम्घासमा जन्मेका थिए । उनको जन्मदिनको अवसरमा सवै क्षेत्र सफाहुनु पर्छ हामि माझिनु पर्छ भन्दै साहित्यपरिषदको क्षेत्र वरपर सरसफाई गरिएको थियो । आयोजित औपचारीक कार्यक्रमको सञ्चालन सचिव कमलमणि देवकोटाले गरेका थिए ।
Wednesday, 13 July 2011
भानु जयन्तीमा सरसफाई तथा कवितावाचन कार्यक्रम

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment