आचार्य प्रभा/ डेन्भर कोलोराडो
जुन २६/ अ.ने.सा.स. कोलोराडो च्याप्टरको नियमित कबि गोष्टी सधैं झैँ यो पटक पनि बिजय देव अधिकारी र तारा अधिकारी ज्युको आतिथ्यमा सफलता पुर्वक यही शनिबार २५ जुनमा सम्पन्न भयो । कोलोराडोबासीलाइे उक्त कार्यक्रमले लेखन क्षेत्रमा प्रोत्साहन दिइेरहेको यो अवस्थामा हरेक पटक नयाँ नयाँ लेखकीय अनुहार देखिने क्रम बढ्दो छ । यस् पटक पनि नयाँ नयाँ लेखकको उपस्थिती रहेको थियो । हरेक महिना भिन्दा भिन्दै स्थान र कोठामा सम्पन्न हुने कबि गोष्टी निक्कै नै रमाइलो र प्रेरणामय हुने गरेको छ ।
यो पटकको कार्यक्रममा भने निक्कै सहभागिता रहेता पनि बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी ज्यु अस्वस्थ्यताको कारणले उपस्थित हुन सक्नु भएन ता पनि वहाँले आफ्नो रचना बाचनकोलागी पनि प्रेषित गर्नु भएको थियो । रचना बाचन गर्नेहरुमा मिना पौडेल,भिष्म जित प्रधान,बिजय देव अधिकारी,हरी अ धिकारी,निर्मल प्याकुरेल,ज्ञानेन्द्र गदाल,बासुदेव खनाल,सम्राट आचार्य,कमल भट्टराई,नारायण ढकाल,सुशिल सुबेदी,तारा अधिकारी,देवनाथ भट्टराई,पदम विश्वकर्मा,डा.बिजय राज शर्मा,इेन्दिरा रेग्मी,निर्मला अर्याल,र आचार्य प्रभा हुनुहुन्थ्यो । आगन्तुक कबिताहरुमा नारायण फुँयाल (डेटन ओहायो),लब शर्मा (नेपाल)केशब आचार्य (कोलोराडोका) थिए । यसैगरी कबयित्री कुन्ता शर्माको चर्चित कबिता "पोथी बास्नु हुँदैन" श्रब्य द्रिश्यद्वारा सुनाइयो(देखाइयो) भने सोही कबिताको प्रत्युत्तरमा आचार्य प्रभाले "पोथी बास्न किन हुँदैन"भन्ने कबिता बाचन गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा चिया चमेनाको पनि बन्दोबस्त थियो । यसरी कोलोराडोमा हरेक महिना कबिगोष्टी गरेर लेखक मनहरु तथा साहित्यानुरागी हरुको जमघट हुने र एकापसमा साहित्यिक भेट्घाटका साथै हर नेपाली मनहरु एक हुने अवसर मिलेको छ। यसरी साहित्यलाइे माया गरेर प्रेरणा स्वरूप आइे दिनु हुनेहरुमा भगवान लाल श्रेष्ठ र वहाँकी धर्म पत्नी,बिभा,पार्वती त्रिपाठी,प्रीती आचार्य,बिमला,बिनोद त्रिपाठी,सम्झना आचार्य,(कोषाध्यक्ष कोलोराडो च्याप्टर )शान्ती भुषाल, सरद आचार्य,ब्रिन्दन अधिकारी हुनुहुन्थ्यो । यो पटकको गोष्टी सम्पन्न गर्न बिजएे देव अधिकारी तारा अधिकारी ज्युले स्थान उपलब्ध गराइे दिनु भएकोमा कोलोराडो च्याप्टर क्रितज्ञ बनेकोछ र आगामी महिना जुलाइेको कबि गोष्टी बरिष्ठ कबि शैलेन्द्र साकार ज्युको आतिथ्यमा अनुरक्त श्रेष्ठको निवासमा हुने जानकारी पनि कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले घोषणा गर्नु भएको छ ।
Tuesday, 28 June 2011
अ.ने.सा.स.कोलोराडो च्याप्टरको जुन महिनाको मासिक कबि गोष्टी सम्पन्न
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment