Sunday, 3 July 2011
अमेरिकामा अन्तर्राष्ट्रिय कविता महोत्सव सम्पन्न
नुवाकोटका राम बहादुर तामाङ् प्रथम
भर्जिनिया, अमेरिका - नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आज भजिनियाको वेस्टफिल्ड स्थित होतेल मरियटको सभा कक्षमा दोस्रो अन्तरास्ट्रिय कविता महोत्सव सम्पन्न भयो। प्रतिष्ठानका अध्य्रक्ष एवम् कवि वसन्त श्रेष्ठको सभापतित्व तथा अमेरिका स्तिथ नेपाली दुतावासका प्रथम सचिव तथा कबि आनन्द शर्माको प्रमुख आतिथ्यमा भएको सो कविता महोत्सवको प्ररम्भमा आयोजक समितिका संयोजक गोबिन्दसिंह रावतले महोत्सवका बारेमा विस्तृत प्रकाश पार्नु भएपछि गत वर्ष भएको यस्तै प्रतियोगितामा विश्वभरबाट छनोट भई प्रथम हुनु भएका कवि नेपालका उमेश राई अकिञ्चनको नविनतम् कविता संग्रह मोनालिसा र मार्च ८ को पनि विमोचन गरिएको थियो।
त्यसपछी प्रारम्भ भएको कविता वाचनमा प्रतियोगी र अप्रतियोगी गरी दूई दर्जन भन्दा बढी कविहरुहरुले आआफ्नो कविता वाचन गरिएको थियो। कविता वाचन गर्ने कविहरुमा नेपालबाट आउनु भएका वरिष्ठ कविहरु बिश्वो विमोहन श्रेष्ठ, दिल्ली रमण शर्मा अर्याल, चन्द्रकला नेवाः ललिता दोषी तथा उत्तर अमेरिका मै बस्तै आउनु भएका वरिष्ठ कविहरु हेमन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, गोबिन्दसिंह रावत, विनोद रोक्का, गीता खत्री, होमनाथ सुवेदी, गुणराज लुईटेल, प्रकाश नेपाल, प्रेम संग्रौलाआदि हुनु हुन्थ्यो।
कविता वाचन कार्यक्रमकपछि यस वर्षको अन्तरास्ट्रिय कविता प्रतियोगिता २०११ को नतिजा प्रकाशित गर्दै संयोजन समितिका सदस्य प्रकाश नेपालले विश्वभरीबाट २०० भन्दा बढी कविताहरु प्राप्त भएका र त्यसरी प्राप्त भएका कविताहरुलाई पहिलो चरणमा अमेरिकामा गठित सात सदस्यीय मूल्याङ्कन समितिले छनोट गरी अन्तिम छनोटका लागि तीसवटा कविताहरु नेपालमा पठाएको र त्यसरी पठाईएका ३० वटा कविताहरु मध्यैबाट नेपालमा गढित पाच सदस्यीय निर्णायक समितिले दिएको अंकको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको थियो। जस अनुसार नुवाकोटका राम बहादुर तामांगको सम्बोधन प्रथम, क्यानाडा, मिसिसांगाका भावना पोखरेलको चराहरु दोस्रो र पोखराका शरण आसुको असमय तृतीय भएको थिए।
यसरी पुरस्कृत हुने कविहरु मध्ये प्रथम हुने राम बहादुर तामांगले एक हजार अमेरिकी डलर सहीतको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, दोस्रो हुने भावना पोखरेले तीन सय डलर सहीतको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने शरण आसुले दुई सय डलर सहीतको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाउनु हुने छ। साथै प्रथम पुरस्कार प्रप्त गर्ने कविको एउटा कविता संग्रह पनि प्रतिष्ठानका तर्फबाट प्रकाशित गरिदिने छ। कार्यक्रम कवि तथा प्रथितष्ठानका महासचिव हेमन्त श्रेष्ठले संचालन गर्नु भएको थियो।
स्मरण रहोस, नेपाली साहित्यमा फुटकर रचनाको प्रतियोगिता तर्फ प्रदान गरिने यो नै सबैभन्दा ठूलो धनराशी भएको पुरस्कार हो।
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment