
आँशु लिएर नआउ
हिर्दयबाट माया गर्छ्यौ भने,भन्दिन मेरो जीवनमा नआउ।
मेरो सहयात्री बन्छ्यौ भने, भन्दिन मेरो बाटोमा नआउ॥
दोबाटोको चौतारीमा मनको भारी बिसाउन मात्र आछ्यौ भने।
स्वर्ग छुने दुई दिनको माया देखायर मेरो नजिक नआउ॥
बलेसीको पानी झैँ आँशु बगाएर मरुभूमिमा जलिरहेको बेला।
क्षणीक रोमान्सको जात्रा हेर्न मेरो दु:खामा कहिल्यै नआउ॥
आफ्नै सँसारमा बाँच्न सिक्दै छु , कसैको सहारा चाहिन्न।
अथाह माया दिन्छु भनेर आँशुको कोशेलीहरु लिएर नआउ॥
जे. पी. "अन्जान"
दोहा - कतार
२०/०६/२००११
0 comments:
Post a Comment