
राजकुमार _"पुत्ला"
effigyraj@gmail.com
अहो नि त
अतित कालजयी इतिहास भएछ
पत्याई नसाध्य छ वर्तमान
कायापलट भएको छ यूग
लोकतान्त्रिक स्तम्भ र
शहिदहरुको प्रतिमा देखेर
श्रद्धाले निहुरिन्छ शिरहरु
हिजो जस्तै लाग्छ
तिमीले
बिसे नगर्चीको बयान
सुन्न हिचकिचाएको
मेरो के लाग्छ ?
पहाडको पनि आयु हुन्छ महाराज भन्दा
कलमलाई टेरेनौ , पुत्लालाई पत्याएनौ
समयको यो फेरबदल
एउटा मिठो सुनामी भएको छ
शासकको कालो चरित्र र
शासनको धमिलो चित्र
दुवै एकै साथ
जनयुद्द र जनान्दोलनका
साइक्लोनहरु संगै बडारिएको
यतिका वर्षा बितीसके छ
रगतका कहाली लाग्दा फाल्साहरु
हजारौ बिधवा सिउदोहरु
अनगिन्ती टुहुरा बर्षहरु
आतंककारी समय
प्रतिगमनका प्रतिच्छाया
निरंकुसताका प्रतिबिम्ब
निषेधित गाउ र कर्फ्युमय शहर
उफ , हामीले भोगेका आर्तनाद
उस्तै दुरुस्तै
दरिद्र र मुर्दा तस्बिरहरुलाई
फासीमा चडाइएको छ आज
लोकतान्त्रिक संग्रालयका भित्ता - भित्ताहरुमा
आज मलाई गर्व छ
हिंसाको कुनै गन्ध छैन मेरो माटोमा
हिजो एम्बुश थापिने बाटो भरि
बरु ढकमक्क जीवन फुलेको छ
बारुदी सिट्रस हटेर
आकाश कन्चन भएको छ
र त निर्धक्क उडेका छन परेवाहरु
धराप धर्तिमा एकाएक
परिबर्तनको सात सुर्य उदाए पछी
हिजो आज टुक्रिदै गरेका
बिचरा छिमेकीहरु
इर्ष्याले भुतुक्क भएका छन
हाम्रो के लाग्छ र ?
समयको पदचाप पछ्याउन नजाने पछी
नारायणहिटी लोकतान्त्रिक संग्रालयमा
अनि नागार्जुन हाईट नाट्य गृहमा
अनुबाद भैसकेपछि
बयोबृद कवि महोदय ,जी . शाह.
झुपडीमा बसाई सरेको
झन्डै आधा शताब्दी भएछ
शासनको बागडोर सम्हाल्न
पुर्बार्धमा कुनै कसुर बाँकी राखेनन् यिनले
र पनि
पाप धर्मको चेष्टा बुझेपछी
जीवनको उत्तरार्धमा
थुप्रै साहित्यिक चमत्कार गरि
धेर थोर पाप पखालीरहे
निरन्तर लेखिरहे
मलाई राम्ररी याद छ
यिनले बिश्व विख्यात
नोबल साहित्यिक पुरस्कार बिजेता उपन्यास
" black friday "लेख्नु अघि
शब्द सापटी लिन
मेरो दैलो धेरै चोटी
ढकढकाएका छन
त्यति मात्र कहाँ हो र
ओस्कार एवार्डको सबै विधा जित्न सफल
"the end monarchy of himalayan " लेख्दा
श्रवण जी संग उठ बस नै गर्थे
hemlet in 2nd edation
नाटक हामीले धेरै चोटी
नागार्जुन नाट्य गृहमा
संगै हेरका छौ
त्यति बेला यिनी
सत्य लेखेर
मेरो पाप_ पुण्य
चुक्ता भो भन्दै ,
श्रबणजी संग फिक्का हाँसो हासिरहे
यतिखेर मेरा न्युरोनहरुमा
आबर्तन भै रहेछ
त्यो दिन अर्थात् गत हप्ता
खचाखच थियो शभा गृह
साथमा देशी बिदेशी असंख्य पाहुनाहरु
"अन्तराष्ट्रिय लोकतान्त्रिक काब्य सम्मलेन बि. सं. 2100 "
को कुरा हो यो
हलको एउटा कुनामा श्रवण ,जी. शाह. र म
उच्च राजकीय सम्मानका साथ
नियाली रहेका थियौ
काब्य सृंखला
यति बेला यिनी
दुनियाकै पाका र विशिष्ट कविमा गनिन्थे
उसो त हामी पनि के कम
राज्यको भत्ता खाएकै कवि थियौ
किन्तु फरक यति हो कुनै बेला
उनी शाषक हुदा हामी शाषित थियौ
श्रीपेचधारी हुदा उनी
हामी आन्दोलनकारी थियौ
श्रवण जी सडकमा बिसे नगर्चीको बिस्कुन सुकाउदै गर्दा
यिनी देश दौडाहामा थिए
कहिले तिर्थाघाटनमा हुन्थे
मैले यिन्कै पुत्ला दहन गर्दा
यिनी नागरिक अभिनन्दन थाप्न
भ्याई -नभ्याई गरेको दृश्य
टेली भिजनमा देखिन्थ्यो
समयले काचुलो फेरेको झन्डै आधा शताब्दी पछि
आज उनी र हामी एउटै आसनमा छौ
श्रवण जी भन्दै थिए - "हामी राज्यका सम्मानित कवि भयौ''
त्यतिकैमा जी. शाह बुढो स्वासले भन्दै थिए -
"कवि भन्दा बढी लोकतान्त्रिक स्रष्टा ..............."
मैले भने -कवि महोदय ,
"पशुपति नाथ भन्दा बलवान धन्य समय .........."
0 comments:
Post a Comment