
साहित्यकार/कवि प्रकाश सायमीले पोखरामा शनिबार संगीतमा २० वटा कविता र एउटा गित वाचन गर्नु भएको छ । उहाँको कवितालाई थप सुमधुर बनाउन उपेन्द्र सिंहले पियानोको धूनसँगै करिब डेड घण्टा साथ दिनुभएको हो ।
सायमीको कविता यात्रामा ३० वर्ष पुगेको अवसरमा आयोजित एकल कविता वाचनमा सायमीले सुरुमै मातृभाषाको कविता जिबु ख्वाःपा जीगु जुयान जीगुमखु (मेरो अनुहार मेरै भए पनि मेरो होईन ) शीर्षकको कविता वाचन गरेर सुरुवात गर्नु भएको थियो । सायमीले लिबियामा अलपत्र परेका नेपालीहरुको समसामयीक घटनाक्रमलाई समेत ब्याङ्ग गर्दै मेरो घर मजि सुरक्षित छैन् तर पनि फकिदै छ, यती वेला म कमजोर छु जस्ता भावनाहरु पोख्नु भएको थियो ।
स्वर्गीय तारा देवि प्रति समर्पीत गर्नु भएको सायमीको कविताले दर्शकलाई मन छुने गरी वाचन गरेपछि उहाँले दुई पटक उक्त कविता वाचन गर्नु भएको हो । मौन छ तारा देविको स्वर, मौन छ नेताहरुको तष्विर पनि मौन छ, एउटा तारा आकासमा उदाइरहेको छ त अर्को तारा बागमतिमा अस्ताइरहेको छ भनी कविता वाचन गर्दा केहि कविहरुको आँखा समेत रसाएका थिए ।
यस्तै उर्दू गजलकार गालिवको नाममा लेखिएको गालिवाको चिना, पहाडको बाटो, तिमीलाई देखेको समय, तिमी र म, शकुन्तला नम्बर २ जस्ता कविताबाट उपस्थिति दर्शकलाई मन्त्रमुग्ध पार्नु भयो । उनले २०३६ सालमा रचित चकना शीर्षकको कविता पनि सुनाउनु भयो । अब कवितामा पनि म्यूजिक भर्नुपर्छ भन्दै उहाँले कविताका पानाहरु पल्टाउँदै कविता वाचन गर्नु भयो । कविताको पृष्ठभूमि जोड्दै उनले विभिन्न ठट्यौली पारामा कविता समेत वाचन गर्नु भएको थियो ।
शुभारम्भ द म्यूजिक जोर्नीको प्रस्तुतीमा र्याण्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा उहाँको कविता सुन्न वरिष्ठ साहित्यकार सरुभक्तदेखि लिएर सशस्त्र प्रहरीका पश्चिमाञ्चल प्रहरी प्रमुख दुर्जकुमार राइ, प्राध्यापकलगायत पोखरेली साहित्यकार, शुभचिन्तक लगायतको उपस्थित थियो । कविता वाचन सुन्न सहभागीहरुले २ सय रुपैयाँको टिकट काटेका थिए । सायमीले यसअघि गत फागुन १४ गते काठमाडौमा र २१ गते चितवनमा यस्तै कार्यक्रमको स्वाद दिनुभएको थियो । सायमीले कविता वाचन गरिरहँदा उपेन्द्रलाल सिंहले पियनोमार्फत् कवितामा मीठो धून भरे लगतै उपेन्द्रले पनि पियानो मार्फत कार्यक्रममा सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नु भएको थियो ।
0 comments:
Post a Comment