उनीसंग वालिङ् मेला घुम्दा मज्जा भयो
छायाँपारि ओठजोडी चुम्दा मज्जा भयो ।
डरैडरमा सास बढ्यो देखेभने गालपर्ला
लुकीचोरी जवानीमा हुम्दा मज्जा भयो ।
आहा कस्तो आनन्द आँखा मन्द मन्द
एकैचोटी होश हवास गुम्दा मज्जा भयो ।
गगनचुम्बी आकाशले रुपरंङ्ग फेरे जस्तो
त्यही रंगमा उनीसंग झुम्दा मज्जा भयो ।
चट्टकोरी सिउदोपारी आँखी कालाकालास
लामालामा केशराशी सुम्दा मज्जा भयो ।
मनोज काफ्ले मनसुन
0 comments:
Post a Comment