Tuesday, 11 January 2011

रुदैंछु म देशी - गीत



रुदैंछु म देशी तिमीभन्दा बेशी
जोवनको साथ एकाएक छुटेसी
रुदैंछु म देशी......................

दलनमा हाँस्थ्यौ तिमी मेरो मन्को
कहाँ गएयौ कता छोडि आज झल्को
याँ जन्जिर लाग्यो तिमीले छोडेसी
जोवनको साथ एकाएक छुटेसी
रुदैंछु म देशी......................

चियाउँथ्यौ सधैं मेरो मन्को ढोका
बास दिन्थ्यौ सधैं माया मिठा चोखा
रहरहरू मरेँ तिमीले भुलेसी
जोवनको साथ एकाएक छुटेसी
रुदैंछु म देशी......................

रुदैंछु म देशी तिमीभन्दा बेशी
जोवनको साथ एकाएक छुटेसी
रुदैंछु म देशी......................

ज्ञानु बस्नेत

0 comments:

Post a Comment