
आचार्य प्रभा
मृत्युले पनि तिरष्कार गरेर
फर्केको मान्छे म ,
अब कसरी अनी कुन दुनियामा
अटाउन सकुँला ?
मृत्यु र जीवनसँग
संघर्ष गर्दै बितेछन हरेक पल,
आखिर जीत जीवनकै भएछ
शायद... अझै मैले भोग्नु पर्नेछ
यो सांसारिक दुनियाँका जाल झेलहरु
त्यसैले त.... मृत्युले पनि
तिरष्क्रित गरि पठायो
आफ्नै भौतिक दुनियाँमा
र,
म फेरि फर्किएँ
आफ्नै रंगमन्चमा मान्छेरुपी
पात्रको अभिनय गर्न
परेन मैले चाँडै जीवन
तिलान्जली दिइ मर्न /
(जत्तिबेला बेला म मृत्युलाई जितेर १४ घण्टाको कोमामा गएर फेरि १२ /१३ दिन बेहोस् अवस्थामा रही फर्किएँ र म अस्पतालबाट डिस्चार्ज हुने बेलामा जतिबेला म उभिन सक्षम पनि नभएकोबेलामा पनि मलाइ यी भावनाहरु फुरे । यही नयाँ जन्मको उपहार म साथिहरुलाई बाँड्न उद्वेलित छु । अहिले पनि अवस्था ठीक छैन तापनी जबर्जस्ती टाइप गर्दैछु भुल अवश्य छन् मेरो अवस्था र भावना बुझ्नुहुनेछ ।)
0 comments:
Post a Comment