
दामोदर निरौला
डोली चढाई लिई जान्छु मान्छ्यौ भने त है कान्छी
सिन्दुर हैन सिउँदो भर्न रगत आफ्नै छ है कान्छी
भन्दिन म तारा दिउँला संसारका सुख दिउँला
तिम्लाई दिन म संग यो माया मात्र छ है कान्छी
बेसुरो भै छटपटीदा सुस्त आई सपनीमा
माया भनी तिमीलाई बोलाउने म है कान्छी
आशाको दिप देखेकोछु तिमी हिड्ने गोरेटोमा
छायाँ बनी साथ साथ सधैं हुन्छु ल है कान्छी
0 comments:
Post a Comment