Tuesday, 28 December 2010

अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरको मासिक कबी गोष्ठी कार्यक्रम सफल्ता पूर्वक सम्पन्न



कोलोराडो प्रतिनिधी /

डिसेम्बर २७/अ.ने.सा.स कोलोराडो च्याप्टरको नियमित हुँदै आइरहेको "कबी गोष्ठी" कार्यक्रम यही शनिबार २५ तारिखको दिन शैलेस पोख्रेल तथा नम्रता अधिकारीको आतिथ्यमा वहाँहरुकै निवासमा सम्पन्न भयो । कार्यक्रम संचालक अध्यक्ष पदम विश्वकर्मा बाट थालनी भएको उक्त कार्यक्रममा कबिगोष्ठीको श्रीगणेश अस्वस्थ्य अवस्थामा क्यालिफोर्नियामा रहेकी आचार्य प्रभाबाट फोनबाटै कबिता बाचन गरियो भने अन्य कबिता बाचन गर्नु हुने कबिहरुमा कमल भट्टराइ,बासुदेव खनाल,निर्मल प्याकुरेल,दीपक शर्मा बजगाइँ,पदम विश्वकर्मा,डा बिजय राज शर्मा,सम्झना आचार्य,सरला मिश्र,प्रमिला शर्मा,मिना पौडेल,बिजय देव अधिकारी,तारा अधिकारी,अन्जनी प्याकुरेल,अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल,श्याम नेपाल,नम्रता अधिकारीले बाचन गर्नु भएको थियो भने राजु सिटौलाले आगन्तुक गजल ( शुसिल ताम्राकारद्वारा रचित )पाठ गर्नु भएको थियो ।

उक्त कार्यक्रमका तस्बिरहरु आफ्ना क्यामेरामा कैद गर्न सहयोग गर्नु हुनेमा रबी कार्की र भिडियोमा सहयोग गर्नुहुने नियमित सहयोगी श्री शैलेस पोख्रेल हुनुहुन्थ्यो । यसरी कोलोराडोमा नेपाली साहित्यलाई सदाबहार बनाइ नेपाली भाषाको जगेर्ना र दिर्घजिवी बनाउन अ.ने.सा.स कोलोराडो च्याप्टर प्रयासरत छ र स्थानिय साहित्यानुरागीहरुले पनि यो कार्यक्रमलाई अझ टेवा दिएर कलमजिवीहरुलाई प्रेरणा दिन आ-आफ्नो तरिकाबाट प्रयासरत हुनुहुन्छ । यस्तै यस पटकको कार्यक्रममा पनि साहित्यानुरागीहरु राम बहादुर बि.क र अच्युत मिश्रले आफ्नो उपस्थिती जनाउनु भएर लेखकहरुलाई अझ लेखन क्षेत्रमा अघि बढ्न उर्जा दिनु भएको थियो । नियमित कबी गोष्ठी कार्यक्रमले कोलोराडोको माटोलाई नेपाली भाषालाई जिवन्त र साहित्यमय बनाउनेछ यही आशा र शुभकामना ।

0 comments:

Post a Comment