कोरङ्गी प्रेम संखुवासभा
एकताका मेरो रुचिको विषय भनेको संगीत थियो । त्यो विनाको जीवन कल्पना पनि गर्न सक्तिन थें । त्यसैले म सानो छँदा अगेनो माथिको खोपीमा रहेको बुढो रेडियोले एकै छिन सःुख पाउँथेन । गाईबाख्रा चराउँदा होस या भाइ वहिनी हेर्दा अथवा बाबु बाजेको िबंडो थाम्नलाई गोरु जोत्दा समेत सुःख पाउँथेन त्यो रेडियोले । साँझ विहान गाउँघर डुल्दा छड्के पारेर रेडियो भिरी ठाँटिएर शानले िहंड्दा बेग्लै शान हुन्थ्यो यो ठागुको ठुलेकोे । संखुवासभा सुदुर पूर्वी पहाडी जिल्ला भएकोले रेडियो नेपालको प्रसारणहरु स्याँ स्याँ गरेर प्रष्ट नसुनिने तर रेडियो खरसाङ र अल ईण्डिया रेडियो चांहि ल्कियर । अल ईण्डिया रेडियोबाट मिठा मिठा हिन्दी गीत बज्ने हुनाले सबैले अल ईण्डीयानै सुन्थे । त्यती मिठो गीत गाउने रेडियो थाहै नपाई हाम्रा नेताहरु झैं पोईला जाँदा यो ठागुको भोक निन्द्रा सबै हराउँथ्यो । पर्नु पीर प-थ्र्यो यो ठागुलाई । त्यो कसरी भने जब बुवा कोलवीरे तास मा गोलखाँडी जान्थे रेडियो पोईला गईहाल्थ्यो । त्यसो त पोईला जानेमा अरुहरु पनि ताँती लाग्थे । जस्तै भकारामा बाँधेको पठ्याक्री कुखुराको भाले अनि हातमा बाँधेको घडी । अझ रमाईलो कुरा त के थियो भने रेडियो र घडी चांहि जति बुढो भयो त्यती नै पोईला जान्थ्यो । महिना पिच्छै हप्तै पिच्छे हुँदा हुँदा दिनै पिच्छे । आज फूल बहादुर सँग भोलि राम बहादुर सँग पसर्ी सुन बहादुर सँग आदि ।
जब ०४८ सालमा उच्चशिक्षा अध्ययन गर्न भनी मंजुश्रीले वसालेको वस्ति छिरें मेरो सांगीतिक यात्रा निकै फस्टायो । मेरो बसाई सानोठिमी भक्तपुरको छात्रवासमा थियो । सोहि छात्रवासमा मेरो मामा युवराज गुरुङ पनि बस्नुहुन्थ्यो जो बरियात क्रममा वार्डेन पछि तेश्रो तहमा हुनुहुन्थ्यो । हाल NRN बेल्जियमको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँकै साथी सहायक वार्डेन जो हाल अनौपचारिक शिक्षा केन्द्रमा अधिकृत हुनुहुन्छ र एक अर्का साथि चांहि रेडियो बेईजिङ चाईनामा नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । यी ३ उस्तादहरुको माझमा मेरो सांगीतिक यात्रा राम्रै संग मौलायो । बुढाहरु पालैपालो मादल गिटार र हारमोनियम बजाउँथे म चांहि घोक्रो फुलाएर नारायण गोपाल बनि टोपल्थंे । अलिकति लाज अनि धेरै रहरहरुको माझ घोक्रो फुलाएर चिच्याउँदा पेटको लाम्टा दुखेर हुरुक्कै हुन्थे । रहरै रहरमा मैले एक साँगीतिक यात्री भेटे आले मगर थरको नाम चाहि नेताहरुले भुले झै भुले अहिले । म गाउँबाट आएको सानो ठिटो रातो गाला अनि हातखुट्टामा ननिख्री कठ्ठिएर बसेको अलि अलि लेग्रोको कारणले मलाई सानो भाई भन्दै खिज्याउथे साथीहरु । त्यसताका ३ जना मामाहरु विच मेरो सांगीतिक यात्रा निकै फस्टायो । उहाँहरुको अचम्म लाग्दो बाजा बजाईले मेरो जोस जाँगरलाई निमिट्यान्न नपारे पनि समस्यामा चांहि अबश्य पा-यो । अधिकृत मामा यो कटमा गाउनु पर्छ उ कटमा गाउनु पर्छ भन्दै गुरुङ्सेनीले भेडाको ऊन फट्कारे झैं गरी गिटार फट्काल्थे । चाईनामा हुने मामा चांहि मादलको पनि भाले र पोथि हुन्छ बाबु यो चाहि भाले परेछ त्यती राम्रो स्वर छैन पड्केको भन्दै तल्ला घरे वाले मुढा बनाउदा गोरुको छाला चुटे झैं चुट्थे अनि मेरो मामाको त के कुरा आुगर्दै हारमोनियमको तालमा राग अलाप्थे बुढा । अरु २ मामाहरुलाई समेत यसरी बजाउ उसरी बजाउ भन्दै गाईड गर्थे । मानांै उनी छोटे उस्ताद नै थिए । पछि विस्तारै कलेजको कार्यक्रमहरुमा गाउँदै जादा पो थाहा पाएँ बुढाहरु सबै फेल । तातो न भुत्लोको बाजा बजाई बुढाहरुको त्यसो त मेरो गायन शैली पनि त कम विचित्रको थिएन गीत गाएको हो की देउसीमा भट्याएको आफैं कन्Ïयूज । मैले मेरो गाउने रहरलाई मार्न सकिन तसर्थ २०४९ साल तिर मेरो साथि र म सिंहदरवार छिर्यौं । त्यसताका त्यहाँ सर्वसाधारणलाई रेडियो नेपालको कार्यक्रमहरु हेर्ने सुविधा थियो । त्यस्तै २०४८-५० साल तिर एयरपोर्टमा पनि २० रुपैयाँको टिकट काटेर २ तला माथि चढि एयरपोर्टको दृश्यावलोकन गर्न पाईन्थ्यो तर जब जनयुद्व शुरु भयो सबै बन्द भयो । त्यसताका अनुरोध गीतको कार्यक्रम ज्यादै लोकपि्रय थियो । सबैले चिठी पत्रबाट मन परेको गीतको फरमाईस गरी पठाउँथे । हामी रेडियो नेपाल परिसरमा छिर्यौ १ कर्मचारीले उहाँँ प्रदीप राज पाण्डे हो भनि चिनाए । उहाँको "म तिम्रो शहर छोडी टाडा" भन्ने गीत खुबै हिट थियो त्यसबेला । पछि थाहा पाएँ उहाँको सबै गीतहरु एक से एक रहेछन । त्यसबेलाका गीतहरु खुवै मेहनत गरेर गाईन्थ्यो परिणाम कर्णपि्रय हुन्थ्यो अहिले मेहनत पनि छैन मिठास पनि छैन । उहिलेका गीतहरु सुन्नलाई गाईन्थे भने अहिलेका गीतहरु हेर्नलाई गाईन्छन् । अहिले गीतको भिज्युअल छैन भने गीतको कुनै अत्तो पत्तो हुदैन । २०४९ साल तिर हो क्यार हामी २ ले स्वर परिक्षा दियौं । ल गाउ भनेर स्थायी र अन्तरा गाउन लगाईन्थ्यो २-३ मिनेट गाए पछि ओके भन्थ्यो र १ महिना पछि रिजल्ट हेर्न आउनु भन्थ्यो । मैले स्वर परिक्षामा गाएको गीतको बोल
"पहिले नै हामीले गरेका थियौ कहिल्यै नछुटिने बाचा
दुई ढुक्ढुकीको मिलन भयो मिलन भयो आज"
यसरी स्वर परिक्षा त दियौं तर पास हुने छाँट नदेखे पछि रिजल्ट हेर्न फर्केर जाने आँट गरेनौं ।
मन्जुश्रीको वस्ती काठमाण्डौ मा मेरो जिन्दगीको महत्वपूर्ण समय संघर्षमय तरिकाले बित्यो । रोग भोग र गरिवी संग संघर्ष गर्न मैले त्यही वस्तीमै सिकेको । अतः यो मंजुपत्तन संग मेरो कहिल्यै नटुट्ने नाता सम्बन्ध वसेकोछ । त्यै वस्तीमा घाँटीमा दाम्लो टाई झुण्ड्याएर २-४ कौडी कमाई गर्थें २-४ बर्ष अघि । अचानक दिल्लीबाट हाम्रा नेताहरुलाई दर्शनको निम्ती डाकिए झैं मलाई पनि मेरी अर्धाङगीनीबाट बोलावट भयो अनि नेताले कुसर्ी त्याग्न नसके झैं मैले पनि पत्नी मोह त्याग्न सकिन । परिणाम घाँटीको दाम्लो टाई फुकालेर २०६३ फाल्गुन १ फेब्रुअरी १३ २००७ का दिन RNAC को बुढो जहाज चढि छिरंे हङकङ जुन दिन माओवादीका भूमिगत नेताहरु खुलामाचमा सार्वजानिक हुँदै थिए । जब म हङकङ छिरें मेरो जिन्दगीको अर्को पाटो शुरु भयो । रात दिन सन्चो बिसन्चो केहि नभनी टाउको जोत्दा बल्ल थाहा पाएँ के हो जिन्दगी के हो नाता गोता अनि समयको महत्व यसरी टाउको जोत्दा जोत्दा बिरक्तिएको मनमा बिभिन्न भावनाहरु अंकुराउँथ्यो र तिनै भावनाहरुलाई कविताको माध्ययम बाट उग्राउँदथें । मैले यसरी करिव १२-१५ वटा जति उग्राएँ हुँला । ती कविताहरु तात्कालिन Nepal.hk ले छापिदिन्थ्यो । म खुरुखुरु उग्राइरहन्थें सो ब्लगका सम्पादक प्रकाश केसीले चाहि मेरो ऋणै खाए झैं गरी छापिदिन्थे । मेरो कविता हङकङमा सबै भन्दा पहिले यसै ब्लगले छापिदिएको थियो । अत त्यो ब्लग प्रति सदा आभारी छु । त्यै ब्लगले मलाई एउटा पगरी गुथाई दियो कविको जुन मेरो निम्ती असाध्यै भारी बन्यो । यसरी बिरक्तिएको मनलाई सम्हाल्दै टाउको जोत्न थालेको पनि ३ बर्ष बितिसकेछ । यतिका बर्ष पछि एक पल्ट नेपाल जानु पर्यो भनि चाँजो पाँजो मिलाउन थाले । सबै भन्दा पहिले त छोरी श्रेयाको पासपोर्ट बनाउन जरुरी थियो । त्यसैले Aug 14, 2009 शुक्रबारका दिन ड्यूटीबाट आबश्यक कागजात बोकेर चिम्साचुई स्थित नेपाली महाबाणिज्य दुतावास तर्फ हानिएं लन्च ब्रेकमा ।
आवश्यक कागजातका साथ फारम भरी काउण्टरमा बुझाएं । काउण्टरमा रहेको कर्मचारीले सबै कागजातहरु हेरे पछि तपाईको एउटा कागज पुगेन भन्यो । मैले सोधें "के पुगेन" जवाफमा उस्ले भन्यो "बिवाह दर्ताको प्रमाण पत्र नेपालीमा" । "म संग छैन भएको कागजात सबै यिनै हुनू मैले भने । "त्यसो भए फ्याक्स् गरी मगाउनुस् नेपालबाट" । अब कति हजार गोलखाँडी जाने भो भन्दै लागे काम तिर । काममा पुगेर टाउको मात्र के जोत्न थालेको थिएं withheld नम्बर आयो । फोन उठाएं एउटा स्त्री स्वर कानमा गुन्जियो । तिनले सोधिन "कोरङ्गी भन्ने मान्छे तपाई हो हाकिम साहेवले खोज्नु भा छ कुरा गर्नुसू भनिन् र फोन हाकिमलाई दिईन् । हाकिम चांहि चितवन निवासी उमनाथ न्यौपाने हुनुहुन्थ्यो पछि चिनजानमा थाहा पाएं । मैले भने "हजुर सर म कोरङ्गी" । हाकिम "कोरङगी जी तपाई त हिडीहाल्नु भएछ हामीले त यता उता खोज्यौ तपाईलाई । तपाईको नपुग कागजपत्र घरमा छ की फोन गरेर सोध्नुस पो भनेको त कहाँ हिडीहाल्न भा को हाम्रो प्रकाश जी को Nepal.hk मा कोरंङ्गी भन्ने मान्छेले कविता लेखिरहन्थ्यो त्यो तपाई नै हो? । "हजुर सर त्यो कोरङगी मै हुँ" । यसो बचे खुचेको समयमा कोरी टॊपल्थें । प्रकाश सरले निकाली दिनु हुन्थ्यो । हाकिम साहेवले मेरो कविताको नाडी छाम्दा ठिकै पाएछन् क्यार "तपाईका कविताहरु राम्रा छन् । ल भोलि आउनुस् बिल काटेर जानुसू भन्नु भो । ६३० डलर लाग्दो रहेछ पैसा र बिल काटेको ३ दिन पछि पासपोर्ट पाईने । एकताका मूलबाटो डटकमका एक मित्रलाई मेरो कविता यहाँको वेभसाईटमा हजुर भनेर निकै बिन्ती बिसाए पछि "कतिको दम छ पहिले हेर्छु अनि विचार गरौंला" भन्ने जावफमा एउटा कविता नराम्ररी शहिद बनाएं । रुकुम रोल्पाको जंगलमा यासा्रगुम्बा खोजे झैं दिनै पिच्छे मूलबाटो डटकममा तल माथि दाया बाया टाउको देखि पुच्छर सम्म खोजीं हेरें नामोनिसाना कत्तै नपाए पछि आफैंलाई लाज लाग्यो मेरो कविताले आलु खाको देख्दा । अनि मैले पनि नाडी छामें मेरो कविताको र त्यसै बेला देखि कविता लेखेर उभो नलागिने रहेछ भन्ने लाग्यो र लेख्न छाडी दिएं । तात्कालिन महाबाणिज्यदुत केशव प्रसाद भटराई २४ जना सचिवहरुको लिस्टमा परी बढुवा भएर नेपाल फर्कनु भए पछि कार्यवाहक महाबाणिज्यदुत शुशिल कुमार लम्साले सँहाल्नु भो दुतावासको कार्यभार । केहि समय पछि उहाँ पनि १३ जना प्रतिस्प्रधिहरुलाई पछारेर उप सचिवमा बढुवा हुनु भो । मैले उहाँलाई फोन गरेर बधाई पनि दिएं । शारिरीक रुपमा दुबै खुटाहरु नचल्ने भएता पनि मिजासिलो ब्यबहार र हँसिलो मुहारले सबैको मन जित्नु भएको थियो । एउटा क्षमतावान मानविय संबेदना बुझ्ने मृदुभाषी ब्यत्तीको हातबाट मेरी छोरीले पासपोर्ट पाएकी छे । उहाँले पासपोर्टको साथ दिनु भएको बधाई र आशिर्वादले छोरी श्रेया पनि भविष्यमा एउटा उच्च ओहोदामा पुग्न सकोस् भन्ने आशा एवँ कामना गर्दछु । अन्तमा भूपू कार्यवाहक महाबाणिज्यदुत शुशिल कुमार लम्साल ज्यू दुतावासका कर्मचारीहरु र त्यो संगोग जुराई दिने तात्कालिन Nepal.hk हाल merouk.comका सम्पादक प्रकाश केसी तथा merouk.comपरिवार प्रति हार्दिक आभार प्रकट गर्दै सफलताको कामना गर्दछु ।
अस्तु ११ नोभेम्वर २०१० ।
pmkorangi@yahoo.com
Sunday, 14 November 2010
कविताको कमाल
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम articles, लेखरचना, संस्मरण .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment