दाजु गुरुङ्ग
मान्छेहरु
मान्छेले मान्छे वगाउने भेलहरुमा
मान्छृको मानव सागरमा
हराइ रहेका छन ।
जिन्दगीका दौडहरु
जीवनका वक्र-रेखकीय यात्राहरु
रुमलिरहेछ मान्छे हराउने सागरहरुमा
छाती भरि सिाचत तृप्त -अतृप्त चहानाहरु
एक मुठ्ठी सुस्ताउने विश्रामको श्वास प्रश्वासहरु
कृतिम धुलाहरु र ईंजिनका काला धुवाहरुमा
तरलित भइरहेछ यो कंकृटको जंगलमा ।
मान्छेहरु
मान्छे हराउने सपनाको शहरमा
व्यस्त छन अभ्यस्तछन
घाम उदाउछ अस्ताउछ
कुनै हेक्का छैन ।
जिन्दगीका भोगाइहरु
जिन्दगी समाउने मान्छेहरुका दैनिकीहरु
यान्त्रिक भइरहेछ मान्छे वगाउने भेलहरुमा
स्वचालितछन पाइलाहरु तरलितछन तृष्णाहरु
मन भरि सगरमाथा जत्रा उधारो सपनाका भारीहरु
हरपल आगो फूल्ने वालुवा र फलाम सँग लाप्पा खेल्दै
कुण जस्तै हान्निरहेछ यो मायावी शहरमा ।
मान्छेहरु
मान्छेले मान्छे नचिन्ने यी घना वस्तीहरुमा
दिन र रात एक गरेर
मान्छे खोज्दैछन खोजिरहेकाछन
खोज्नुको कुनै अर्थ छैन ।
यी अन्तहिन यात्राहरु
मान्छेहरु दौडीरहेका वाटाहरुमा
धेरै मान्छेहरु भेटीएका थिए जिन्दगीका मोडहरुमा
निसासिएका थिए छट्पटिएका थिए आफ्नै अजङ्ग सपनाहरुमा
भन्दै थिए घरवाट आ'को असक्त वाको पत्र पढ्या छैन
घरपटी हस्पिटल भर्ना भएको धेरै भयो जान भ्याछैन
अरुको के कुरा जिन्दगीले फड्को मारेको थाहा छैन
तांगामा नारिएको घोडा जस्तो
नेटको संजालमा उनिएर अल्झिरहे जस्तो
अलामको खवरदारी सँग दौडीरहेछ यो सपनाको शहरमा ।
मान्छेहरु
मान्छे मोल तोल गर्ने शोकेशको शहरमा
सजिएका छन सजाइएका छन
काँचका सामान जस्तेा रवरका खेलौना जस्तेा
तोड्न पनि हुने मोड्न पनि हुने
यो खुल्ला कमिशनको वजारमा ।
मान्छेहरु
यो कृतिम मानव सागरमा
जीवन -डुंगा चडेर सपना खोज्न हिडेका क्याराभानहरु
सपना खोज्ने धेरै धेरै कोलम्वस्का अनुहारहरु
कोलम्वस्हरु हराइरहेकाछन सपनाहरु खोज्दा खोज्दै
कोलम्वस्हरु लुटिइरहेकाछन
नयाँ पिराटस्हरुवाट जिन्दगी रोज्दा रोज्दै
फुल्न अगावै तुषारो र ठिहीले निमटेको कोपिला जस्तै ।
आसा र अकाँक्षमा वलात्कृत छन मानवीय भावनाहरु
चिसिएकाछन मान्छेका जिन्दगीका उत्कॄष्ट चहानाहरु
कतै सिमेन्ट र वालुवाका भुइहरुमा कतै सागरका छालहरुमा
यो मायावी सपनाको शहरमा ।
Sunday, 14 November 2010
मान्छेहरु हराइ रहेका छन

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment