
प्रकृतिकोको सुन्दर चित्र, खुल्नु पर्छ साहित्यमा !
पाठकको मन मष्तिस्क, भुल्नु पर्छ साहित्यमा !!
चियालाइ मिठास दिन चिनी घुले जस्तै गरि
सब्द-सब्द भित्र मिठास, घुल्नु पर्छ साहित्यमा !
महलका कुरा अनि, अन्यायको चिरफार गर्दै
दुखियाका कथा व्यथा, डुल्नु पर्छ साहित्यमा !
संस्कृतिलाइ धावा बोल्ने, बिकृतिलाइ पन्छाएर
पिरती र देशभक्तिलाइ, हुल्नु पर्छ साहित्यमा !
पढ्दा पढ्दै दुख-दर्द, भुल्न सकुन पाठकले
मग्मगाउदा बस्नाका फूल, फुल्नु पर्छ साहित्यमा
गणेश बिकाश भेटुवाल
इशिबू ९ तेह्रथुम
0 comments:
Post a Comment