कृष्ण बजगाई
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२ औं जन्मजयन्ती बेल्जियमको ल्युभेन सहरमा ६ नोभेम्बरका दिन भब्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा महाकवि देवकोटाको विविध साहित्यिक आयामको चर्चा परिचर्चाका साथ कविता गोष्ठीको पनि आयोजना गरिएको थियो ।
अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा बेल्जियम च्याप्टरका अध्यक्ष कृष्ण बजगाईंले देवकोटाले नेपाली साहित्यको सिंगो युगको प्रतिनिधित्व गरेको बताउनु भयो । देवकोटाको कृतिहरु अंग्रेजीमा अनुवाद गराई विदेशी विश्व विद्यालयका पाठ्यक्रममा राख्न पहल गर्नु पर्ने बेला आएको छ । यसको लागि अनेसासले नै पहल गर्नु पर्ने कुरा बजगाईंले बताउनु भयो ।
कार्यक्रमका अतिथि एनआरएन बेल्जियमका महासचिव नन्द घलेले विदेशमा पनि महाकविको जन्मजयन्ती मनाउन पाउनु नेपाली भाषिहरुका लागि गर्वको कुरा हो भन्नु भयो । उहाँले अनेसाससँग एनआरएन भाषा,साहित्य र संस्कृतिका सवालमा संगसंगै कार्य गरेर अगाडि बढ्न् तयार रहेको कुरा बताउनु भयो ।
महाकवि देवकोटाको संक्षिप्त जीवनीको बारेमा चर्चा गर्दै कार्यक्रम संयोजक दीपकज्योती पौडेलले अनेक दुःख, कष्टका सहेर पनि महाकवि देवकोटाले नेपाली साहित्यमा थुप्रै बहुमुल्य कृति प्रदान गर्नु भएको कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुले आआफ्ना रचना पाठ गर्नु भएको थियो । कार्यक्रममा कृष्ण बजगाईं, विमल गिरी, दीपेन्द्र के.सी., राजकुमार पुडासैनी, सञ्जु बजगाईं, बोधराज पौडेल, दीपक ज्योती पौडेल, पंचम अधिकारी, राधाकृष्ण अधिकारी, जे बी शेर्पा, सूर्य ढकाल, ओम शर्मा र बिपिन खड्काले आआफ्ना कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो ।
उक्त कार्यक्रमका लागि नर्वेबाट प्राप्त निराजन शिरिषको कविता बिपिन खड्काले, बेल्जियमबाट पठाइएको उषा गिरीको कविता शिला कोइरालाले र लोक रानाको कविता परमानन्द सापकोटाले वाचन गर्नु भएको थियो । कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमल गिरीले स्वागत मन्तब्य र कार्यक्रम संचालन दीपेन्द्र केसीले गर्नु भएको थियो । उक्त कार्यक्रम सफल बनाउन बिनोद धिताल र राजन बस्नेतले हल तथा चियापान ब्यवस्था गराउनु भएको थियो ।
सोही दिन दोस्रो शत्रको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको पुर्नगठन गरिएको थियो । २०१०–१२ कार्यकालको लागि सर्वसम्मतिबाट कृष्ण बजगाईंको अध्यक्षतामा ९ सदस्य कार्यसमिति पुर्नगठन गरिएको छ । जस अनुसार उपाध्यक्ष पदमा विमल गिरी र दीपेन्द्र के सी, महासचिवमा राजकुमार पुडासैनी, सचिवमा दीपक ज्योति पौडैल, कोषाध्यक्ष्मा जे बी शेर्पा, सदस्यहरुमा पंचम अधिकारी, रुक्मणी अमात्य र राधाकृष्ण अधिकारी रहनु भएको छ ।
Monday, 8 November 2010
बेल्जियममा देवकोटाको जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment