भित्री कुरा अर्कै त्यस्कै भाग फलाक्छन्
बाहिर-बाहिर सहमतिकै राग अपाप्छन्
जनतालाई आश्वासनले ढाँटेर मख्ख पार्दै
हात मिलाई फेरि त्यस्कै दाग कलाप्छन्
असहमतिको रासमा बोक्रे सहमति गर्दै
लाज पचाई रुञ्चेहाँसोकै माग पलाप्छन्
कुर्सीको हानथापले देश रसातलमा झार्दै
जग हँसाई भागबण्डाकै खाग जलाप्छन्
©
टेकेन्द्र अधिकारी
बिराटनगर

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment