Monday, 29 November 2010

केही मुक्तकहरु



आचार्य प्रभा

१ )

काट्दै गर मेरो कुरा तिम्रै मुख दुख्ला
अमुल्य पल तिम्रो ब्यर्थैमा चुक्ला
समयको मुल्य बुझी सदुपयोग गर
नत्र भने पस्चतापले तिम्रै शिर झुक्ला ।

२ )
सत्य भन्छु भगवानलाई मैले देख्या छैन
धर्म,कर्म गर्ने मनलाई पनि छेक्या छैन
विश्वासलाई आत्माभित्र सजाएकी मात्र
ढुङ्गामा पनि देवता भनी कंहि लेख्या छैन ।

३ )
कैहिले माथि पनि पुग्छु कहिले तल झर्छु
अबिस्वासको लिस्नो चढ्दै सबकै भर पर्छु
जब खुल्छ त्रिनेत्र मलाई झक्झक्याउँदै
अनी पो त पस्चतापले छट्पटिंदै मर्छु ।

(रचना -११-२९-२०१० )

0 comments:

Post a Comment