Tuesday, 30 November 2010

गीत - दिप्स शाह



कहॉ ढुङ्गा छ छाती भित्र .
कहॉ ढुङ्गा छ छाती भित्र त्यो त तिम्रो सोचाइ हो
ढुङ्गै पनि त बैरी हुन्न आफ्नो आफ्नो रोजाई हो
कहॉ ढुङ्गा छ छाती भित्र ..............


लिने रहर छ यदि भने दिन पनि त जान्नुपर्छ
फूलमा रम्न ओरिपरिका कॉढा आफ्नो मान्नुपर्छ
कहॉ खोट छ माया भित्र त्यो त तिम्रो सोचाइ हो
खोट मान्ने या नमान्ने आफ्नो आफ्नो रोजाई हो
कहॉ ढुङ्गा छ छाती भित्र ..............


सागर भेट्न पहाड पाखा नाघ्दै नाघ्दै बग्नुपर्छ
सागरमै पनि कति चोट प्रहार कति सहनुपर्छ
कहॉ आँसु छ आखा भित्र त्यो त तिम्रो हेराइ हो
आँसु पनि त बेकार होइन त्यो त तिम्रो बुझाइ हो
कहॉ ढुङ्गा छ छाती भित्र..............

.Deeps Shah

0 comments:

Post a Comment