
विष पिलाऊ, तिम्रै सामु हाँसी हाँसी मर्छु बरु
प्यास हैन मुक्ति देऊ मृत्यु लोक तर्छु बरु
बोली तिम्रा सस्ता रैछन् अरु कसम चाहिदैन
मुस्कुराई पासो देऊ जानी जानी पर्छु बरु
माया दिन लोभ गर् यौ लिन पनि जानीनौ है
खाली भो दिल पिउन देऊ रक्सीले नै भर्छु बरु
जाऊ तिमी जान सक्छ्यौ तिम्ले रोज्या गोरेटोमा
छेक्दिन म आज्ञा देऊ आफै डेरा सर्छु बरु
दामोदर निराैला
0 comments:
Post a Comment