
सुस्तरी चलेको हावा मन्द पाएँ
गजल लेखने शिल्पी र छन्द पाएँ
सधैं नै जाग्छ मन कालो रातमा
बिदेसी चलखेल बुलन्द पाएँ
जलेर बसेको कुर्चीको मोहले
बिग्रदै गएको सम्बन्ध पाएँ
पुरानै संस्कार बसेछ नेपालमा
सधैंको चक्काजाम र बन्द पाएँ
प्रेम राना मगर
किचनास ८ स्याङ्जा
हाल दुबइ
0 comments:
Post a Comment