लेखूँ भन्छु मात्र रह्यो अलमल , फुरेन केही'नि किन ?
देखूँ भन्छु चक्षु भयो कमशल , परेन संतोष लिन ||
तिन बीसा पुगीगएँ यो नेपाली मनको लत्तो छुटिगो
छेकूँ भन्छु ज्ञान गयो तलतल , रहेन अब ति दिन ||
कहा गयो उमंग त्यो कहा भाग्यो होला'नि प्रणय चाहा?
फेकूँ भन्छु बिशाद बढ्यो पलपल , भएन एकांकी घिन ||
चाह छैन परजीवी जसै बाँच्न दयाको भीख मागेर
टेकूँ भन्छु बल झर्यो रसातल , खाएन पाउको रिन ||
( आफै लाइ ६० बर्ष को बनाएर हेर्दा , ग़ज़ल यसरी लेख्न मन लाग्यो )
यश घिमिरे
हाल: इजरायल

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment