
प्रकाश प्रतीक
कति आँउछ तिम्रो झझल्को एकपटक सोध
कँहा, कस्तो माया बस्यो एकपटक सोध………
तिम्रै बासना भेट्छु सुनाखरी फूलभरी
तिम्रै चेहरा देख्छु पूर्णिमाको जूनभरी
मनभरी बसिसक्यौ तिमी टाढिन नखोज
कँहा कस्तो माया बस्यो एकपटक सोध………
तिम्रै लागि यो जिन्दगी बाँच्दैछु म
तिम्रै ओठको हाँसो देखि हाँस्दैछु म
तिमीलाई नै रोजेँ मैले अरुलाई नरोज
कँहा कस्तो माया बस्यो एकपटक सोध………
कति आँउछ तिम्रो झझल्को एकपटक सोध
कँहा,कस्तो माया बस्यो एकपटक सोध………
Prakash Pratik
Radaio BhanuBhakta FM 104.2 Mhz
Cell No. 9846274287
0 comments:
Post a Comment