Monday, 13 September 2010

भग्नाबशेषबाट


-विद्या सापकोटा


सपनाको
भग्नाबशेषमाथी
टुसुक्क बसेर
बग्दैथे सिम्सिम्सिम्……………।
गुन्जियौ तिमी
चिच्यायौ करायौं
उपि्रुदै अलाप्न थाल्यौं
गुनासागाली अनि श्रापका धूनहरु ॥

दोषी म तिम्रो आँखाको
अपराधी म तिम्रो सपनाको
……………………………।
हो
म स्विकार्छु मैले ढालिदिएँ
त्यो स्वाप्निल महललाई
कवोल गर्छु मैलै धक्का दिएँ
धमिराले निमिट्यान्न पारेको धरोहरलाई ॥


यसकारणले कि
म तिमीजस्तो आर्दश बन्न सकिन
बचाउदै सपना आफैलाइृ्र मार्न सकिन
विचारका परिधी च्यातिएर
मन मनबाटै पाखा लागिसकेपछी
बाँध बाध्ने मुर्खता मैले गर्दै गरिन ॥


हेर्दा
देखिन्थ्यो त्यो
सलसलाउदो/जगमगाउदो
आफैंमा भव्य÷आलिशान…॥
भूकम्प त आएकै थिएन
भत्कियो /ढल्यो
सानै झोक्कामा गर्लम्मै……॥
देखिनु र हुनु फरक कुरा
भत्कियो त्यो भत्कनु नै थियो
ढल्यो त्यो ढल्नु नै थियो
न अपसोच / न पश्चाताप ॥


चोखिन चाहन्छौ तिमी
त्यो तिम्रो कुरा
माफ गर या नगर
त्यॊ तिम्रो स्वतन्त्रता……॥


तर पनि भन्छु
विस्र भग्नाबशेष
छोड आडम्बर
स्वतन्त्र भैसक्यौ तिमी
विउँझ सपनाबाट
खोल आँखा
झुल्किसक्यो घाम
श्रीअन्तु डाँडामा ।


हालः शंकरदेव कलेज काठमाण्डौं

0 comments:

Post a Comment