
संगै जिउने रहर मर्यो साथ उनको छुटे पछि,
साईनो बीच खिया पर्यो सारा नाता टुटे पछि ।।
आँत खुबै दुख्दो रैछ भाग्यले नै चुटे पछि,
मन रुँदा खुसी भाग्यो हाँसो सबै लुटे पछि ।।
बाँच्नु भन्दा मर्नै बेश ठानी दिएँ जिन्दगीमा,
कालै नआई नियतीले जिउँदै मार्न जुटे पछि ।।
जुट्नै किन थियो होला फुट्ने मन भए पछि,
मन जोड्न गाह्रो रैछ एक बार फुटे पछि ।।
लुछी फालेँ सपनीलाई फेरी नपलाउने गरि,
बिपनीमा जिन्दगीको घरबारै उठे पछि ।।
0 comments:
Post a Comment