
कृष्ण प्रसाद पाण्डे
सिन्दूर पुछेका ए दिदी बहिनी
गाउदैछु तिजमा पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
सम्झना धमिलो आँखामा साँचेका
मुटुको टुकुरो गुमाइ बाँचेका
पिरमा डुबेका ए आमाहरु हो
भाँच्दैछु कमर पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
साथमा खेलेको सम्झना अझैछ
बगायौ पसिना अभाव छँदैछ
दु:खले घेरेका ए साथी संगिनी
सजिएँ हारमा पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
------------------------
0 comments:
Post a Comment