Monday, 6 September 2010

किसिमै भो




कोरङ्गी प्रेम -संखुवासभा


सधैं झैं मेलोमा टाउको जोतिरहेको थिएँ । खल्तीको मोबाईल बुरुक्की बुरुक उफ्रन थाल्यो । बास्न शुरु गरेको भालेलाई कोरली पोथिको बथानबाट मुण्ट्याउँदै लगेर डोको भित्र जाक्दा कस्तरी उफ्रन्छ त्यसै गरी । यो ज्यानलाईनै लडाउँला झैं गरी । तर किन टेर्थ्यो यो ज्यान त्यति सजिलै । पौने कुईण्टल शिकार मासु छ यो ज्यानमा । बाबुको जेठा छोरा पो हुँ त । उस्तै त्यस्तैले त नआँटे पनि हुन्छ । फोन उठाएको दाइको रहेछ । दाइले हाँस्दै भन्नु भो "किसिमै भो" । सोधेके भो त्यस्तो के हुनु नी दक्षप्रजापतिको जस्तो मेरो कवितामा तिम्रो फोटो छापिए छ "किसिमै भो" । अतः म दाजु गुरुङ होईन । धरोधर्म हुँदै होईन । म उहाँको भाइ हुँ भनेर एउटा लेख नठेली रहन सकिन ।

दाजु गुरुङ । यो यीनको नाम हो की यीनलाई बोलाउने साइनो के हो कति नंवरको चिट कुन खल्तीमा प-यो भनी अल्मलिएको परिक्षार्थी जस्तो कन्फयूज छु । कस्ले राख्यो यस्तो नाम मूर्ख पण्डितले की बुद्धु लामाले मान्छेका कति राम्रा राम्रा नाम हुन्छन्-सुवास सौरभ आषिश । यीनका चांहि के हो यस्तो दाजु एउटा गतिलै नाम राखि दिए तिनका वाऊको के जान्थ्यो मान्छेहरु सहर बजार पसे पछि गाउँका नाम फेर्दछन् जस्तै पदम- पिटर मदन-माईकल जीवन-ज्याक । नेताको कुर्सी मोह जस्तो कत्रो मोह यीनको चाहि गाउँले नाम प्रति खयर यीनी को हुन कस्ता छन कत्रा छन यीनको धन्दा के हो थोरैलाई मात्र थाहा छ । नजिकको उठ्वस र हिम्चिम् नभएकाहरुले चाहि गुगलमै गएर सर्च गर्नु पर्छ यिनलाई । त्यहाँ पनि भेट्न हम्मे हम्मे पर्छ । आखिर को हुन यीनी थोरै गन्थन् गरेों यीनका बारेमा ।

दाजु गुरुङ भूपू मांशाहारी । ११ वर्ष भूमिगत । भूंडीफुटुवा कवि । दिएर लिन विस्रने दानवीर कर्ण झैं । आदि । अनांैठा प्राणी । वुढाको बारेमा यत्तिनै । यिनको बारेमा लेख्दा विषय बस्तु रानो खोज्दै हिडेको मौरी झैं अन्यत्र दायाँ वायाँ भयो भने यो सुकेको करङ वुढाले नडाम्ला भन्न सक्त्तीन । त्यसैले लेख्नु पूर्व क्षमा चाहन्छु ।

सन्दर्भ कविताको । हिजोआज विदेश जानु र पत्रपत्रिकाको खेती सबै भन्दा मौलाएको खेती बनेको छ । चर्चा गरौं पछिल्लोको । सवै संघ संस्थाहरुका आ-आफनै पत्र-पत्रिका अनि आ-आफनै वेभसाइटहरु । राम्रो अति राम्रो । शमाजशास्त्रले के भन्दछ भने जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ गुणस्तरियता आउँछू । सायद त्यसैले होला हाम्रा कलमवीरहरु कम्मर कसेरै लागेका छन् । ज्यान फालेरै । छिनमै कथा लेखी भ्याउँछन छिनमै गजल । छिनमै शायरी त छिनमै कविता । प्रतिभा होस त यस्तो । माथिनै चर्चा गरें दाजु गुरुङ अनौठा प्राणी छन् । जनयुद्ध ताका कमरेडहरु आफनो उपनामले चिनिन्थे यिनी चाहि खुल्ला परिवेसमा आए पछि उपनामले चिनिन्छन् । यिनलाई बेथा लागेको महिना दिनमा बल्ल वल्ल कविता जन्मन्छ । त्यो पनि बढो हैरानीका साथ अरु कविहरु जस्तो सर्लक्कै एकै छिनमा आरामले जन्माउन सक्त्तैनन् यीनी । असिन पसिन भएर मरेर जन्माउँछन । खै के खरावी छ यीनमा कुन्नी
बुढालाई एउटा कविताको ब्यथा लागेको २ महिना अघि रे JUNE मा तर बल्ल AUGUST मा जन्माएछन् । कति लामो ब्यथा हो यिनको िसंगारी बाख्रीलाई भन्दा पनि लामो ।

एक दिन बुढाले भने ूकविता पठाएको छु यसो ठेल्देऊ हैू। बुढाको त्यती हिम्चिम् छैन संचार जगत संग । ११ वर्षमा त निस्केका खुल्ला सामाजिक परिवेसमा अनि कहाँबाट होस् हिमचिम् मेरा हितैसी मित्रहरुका वेभसाईटहरुमा राती १२ बजे सम्म लगाएर पालैपालो गरेर ठेली दिएँ । भोलिपल्ट २-४ वटा वेभसाईटहरुले कृपा गरेर छापि दिए बुढाको कविता । मूलवाटो डटकम बगैंचा डटकम मेरो यूके डटकम हङकङनेपाली डटकम र सृजना डटकममा जुनेली मकैको फुल उठे झैं वरर । बुढा मख्ख । तर मूलवाटो डटकमले चाहि किसिमै गरेछ । दाजु गुरुङको कवितामा मेरो यो भाइको फाटो पो छापि दिएछ । अतः यसै लेख मार्फत सवैमा दाजु गुरुङ म होईन धरोधर्म हाईन भनि प्रष्ट पार्न चाहन्छु । यिनका सिर्जनाहरुमा महाभारत वेद उपनिषद रामायणको सुगन्ध आईहाल्छ । त्यसो त त्यै सुगन्धले लठ्याएर २-४ जना शुभ चिन्तकहरु बनाएका छन् बुढाले । राम्रै गरी निलेका छन क्यारे ती ठेलीहरु जमानमा । मेरा निम्ति त ती ठेलीहरुका दर्शन मात्रै पाए पनि अहोभाग्य । अतः जावो म ववुराको खोपडीबाट यस्तो सिर्जना कसरी निस्कन्थ्यो त्यसो त खेतला लाएछि यस्तै त हुन्छ । के थाहा वेभसाईट र पत्रपत्रिकालाई को दाजु गुरुङ को भाइ कतिपय लेख रचनाहरु एउटाको खोपडीबाट निस्कन्छ र त्यस्मा अर्कैको फोटो टासिन्छ जसरी कसाईले बाख्रीको मासुमा खसीको टाउको झुण्ड्याएर बेच्छन् । मलाई चोर कवि हुन छैन । त्यसैले म दाजु गुरुङ होईन । बुढा अलि भिरको टुप्पोमा फलेको चिण्डो जस्ता छन् । धेरै वेभसाइटहरुले यिनलाई फोटो नमागेका होइनन् तर ज्यान जाला दिन मान्दैनन् । तिनै फोटोको कारण कति कविताहरु गोलखाडी गए बुढाका ।

मान्छेहरु पत्रपत्रिका र वेभसाईटहरुमा आफनो फोटो निकाल्न हाम्रा नेताहरुको जस्तै दिल्ली दौड गर्छन । २ लाईनको कवितामा ४ लाईनको फोटो छाप्छन् मानौं उनीहरु आाफना सिर्जनाहरुलाई भन्दा फोटोलाई ग्राहयता दिईरहेछन् । नेताहरुले जस्तो तरुनी काण्ड झापड काण्ड सुत्केरी काण्ड अहिले सम्म मच्चाएका छैनन् बुढाले तैपनि किन आफुलाई सार्वजानिक गर्न मान्दैनन् त्यसैले त यिनी अनौठा प्राणी छन् । बेलाबखत अर्जुनका झैं तिखा तिखा कविता रुपी वाणहरु फुत्त फुत्त मिल्काउँछन विभिन्न वेभ साईटहरुवाट । खै कतिलाई घाईते बनाए अहिले सम्म यिनले तिनै दैव जानुन् । मैले एउटा कुरा बुन सकिरहेको छैन । कतिपय वेभसाईटहरुले फोटो विनाको लेख रचना छाप्दैनन् । के छ त्यस्तो जादु फोटोमा प्राथमिकताको विषय फोटो हो की लेख रचना के विना फोटोको सामग्रीहरु समसामयिक र वजनदार छन् भने पनि त्यो प्रकाशन योग्य मानिदैनन् मेरो जिज्ञासा उहाँहरु प्रति । हुन त कस्ता कस्ता सनसनीपूर्ण खवरहरु त मैयाहरुको फोटो भन्दा १२ हात पछि छापिन्छन कठै हामी जस्ताका लेख । यीनका १-२ वटा गुणहरु चाहि विसर्ी नसक्नुका छन् जस्का वारेमा चर्चा नगरे यीनी टाउको विनाको मूर्ति जस्तै हुन्छन् ।

चर्चा अझै बुढाकै यानेकी दाजु गुरुङकै । यीनी एक शाकाहारी । म्याद सिदि सकेका (OUT DATED)। मांश।हारीकालमा यीनी कस्ता थिए त्यो पनि अलिकति । मांशाहारीकालमा यीनी दिनै पिच्छे दशैं मनाउथे जसरी हाम्रा सभासदहरु संविधान लेख्ने वहानामा मनाउँदै छन् नेपाली जनता र देशलाई मागीखाने भाडो बनाएर । हप्तामा ५ दिन सोम मंगल वुध विही र शुक्रबार बुढा चैते दशै मनाउथे । ती दिनहरुमा कामको चटारो बढी हुने हुनाले हल्का फुल्का खाने र राम रमिता पनि कमै गर्थे । बाँकी २ दिन शनि र आईतवार चाहि प्राय बिदा हुने हुनाले यीनको बडा दशैं । यिनकॊ चुल्होमा सबै जिवजन्तु र पेय पदार्थहरुलाई स्वागत थियो जसरी राज्यले जनजाती मधेसी महिला दलित भनेर भेदभाव गरेको छ त्यस्तो कहिल्यै गरेनन् यीनले । सबैलाई पालैपालो दर्शन दिन्थे बुढा । खसी कुखुरा माछा भ्यागता सर्प गड्यौला गंगटा आदि सबै प्रति समान ब्यबहार थियो बुढाको । वियर वाईन ह्वीस्की संग त बुढाको नङ र मासुको सम्बन्ध थियो भारत संग हाम्रा नेताहरुको सम्बन्ध भए जस्तै । कुखुरी काँ देखि रविको अस्त नभए सम्म मेहमानहरुको ताँती । मेहमानहरु पनि कस्ता कस्ता हिमाल पहाड तराई सबै ठाउँबाट । सबैलाई विना रोकटोक प्रवेष बुढाको राम झुपडीमा ।

चुल्होमा पाकेको शिकार र मेहमानहरुको कोसेलीपात सबै संग बाडेर खान्थे बुढा हाम्रा ठुलाबडाहरुले जस्तो एक्लै कहिल्यै कुम्ल्याएनन् यीनले । यीनले मांशहारीकालमा एउटा उल्लेखनिय काम गरेर निकै चर्चमा आए तर गिनीज बुकमा दर्ता गराई हाल्नु पर्ने खालको चाहि होइन नेता हरुको जस्तो । गाठी काम के गरेछ भने चल्होमा कस्ले नेतृत् वगर्ने भनने विवाद चुलिए पछि सबै कसाईहरुलाई एउटै टेबलमा बसाएर ३ बुदे सहमती पत्रमा हस्ताक्षर गर्न लगाएछन । राष्ट्रपतिको भूमिका निभाएछन् । तसर्थ जमानाका राष्ट्रपति पनि हुन बुढा । ती बुदाहरु निम्नानुसार थिए ।

१ एकले अर्काको अस्तित्व स्विकार्नु पर्ने ।
२ आपसी झै-झगडा गरेर सर्वसाधारणको जिवनमा खेलवाड गर्न नपाईने ।
३ सहमतिय पद्धतिलाई अंगाली अघि बड्नु पर्ने ।

यसरी बुढाको योगदान फलाकी रहँदा एउटा प्रसंग कोट्याउन मन लाग्यो । एउटा ब्यक्ती ४-५ बर्षको नावालक छोरो लिएर डुल्न निस्कन्छ । नजिकैको पोखरीमा माछाका भुराहरु च्ारोको खोजीमा सल्बलाईरहेका देखेर प्लाष्टिकको चामल पोखरीमा छरि दिन्छ । माछाहरु हारालुस गर्दै चारो खान्छन् । पोखरीमा चामल हालीरहेको देखेर परेवाहरु प्नि त्यो मान्छेको वरीपरी झुम्मीन आईपुग्छ र सडकमा चारो छरिदिन्छ । परेवाहरु रमाई रमाई चारो खान्छन् । त्यो रोमााचित २ दृश्यले त्यो वालसुलभ मनमा जिज्ञासा पलाउँछ र बाबालाई सोध्दछ । बाबा किन ती परेवाहरुले माछाका चारो खोसेर खाँदैनन, अनि माछाहरु परेवा सँग किन झगडा गर्न सडकमा जाँदैनन् ती प्रश्नहरुले त्यो ब्यक्ती भावविहव्ल हुँदै भन्छ । वावु यीनीहरु जनावर भए पनि मानिस जस्ता भेडा छैनन् । आफनो सिमा र परिधीलाई कहिल्यै नाघ्दैनन् । एकले अर्काको अस्तित्व स्विकार्दछन् । यीनहरुको ब्यवहार स्वच्छ छ । मानिस जस्ता स्वार्थी छैनन् धेरै नैतिकवान छन् । म मेरो देशको राजनिती सम्झन्छु । के हाम्रा नेताहरुको बुद्धि कसाईहरुको जत्ति पनि छैन के हामा्र नेताहरुले माछा र परेवालॆ जस्तो एकले अर्काको अस्तित्व स्विकार गर्ने संस्कार सिकेका छैनन् के माल्दिभसका राष्ट्रपति नेता नासिद जस्तो नेता हाम्रो देशमा कहिल्यै जन्मदैनन् जसले आफ्नो ४ करोड डलर सुविधालाई घटाएर २० लाखमा ल्याए र बाँकी रकम स्वास्थ्य मन्त्रालयलाई दिए । यदि कसाई भन्दा गए गुज्रेका अनि परेवा र माछा जस्तो एकअर्काको अस्तित्व स्विकार्ने संस्कार नसिकेका स्वार्थी नेताहरुले नेतृत्व गरेको नेपाल सिंगापुर बन्लाकी झिंगापुर बन्ला पत्ता लगाउने जिम्मा तपाईको ।
अस्तु

August 29 आईतवार ।

0 comments:

Post a Comment