
साथै बि.सं. २०२६ सालदेखि अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत गरेर बुटपालीस साहित्यिक अन्दोलन समेतको नेतृत्व गरेको कुरा चर्चा गर्नुभयो । नेपालमा अस्वीकृत गरिएका बिषयबस्तुमाथि तड्कारो रुपले साहित्य उतारेर स्वीकृतिको लागि अझ सम्म लड्दै आएको र भविष्यमा पनि लडिरहने प्रतिवद्घता जाहेर गर्नु भयो । हङकङको यात्राको क्रममा यस्तो प्रकारको साहित्यिक कार्यक्रम सहभागी हुन पाएकोमा खुशी ब्याक्त गर्दै हङकङको नेपाली साहित्य लेखन र बिकासको सरह्रना गर्नुभयो । उक्त अनौपचारिक कार्यक्रम सञ्चालन नेपाली प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले गर्नु भएको थियो भने साब्लाबुङ साहित्यिक मासिकका सम्पादक राजकुमार रार्इले डा।कविताराम श्रेष्ठद्वारा लिखित दुर्इ पुस्तकको पाठकिय समीक्षा प्रस्तुत गर्नु भयो र बोल्ने क्रमको अन्तमा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले डा।कविताराम श्रेष्ठको उत्तरोत्तर प्रगतिको कामना ब्याक्त गर्नु भयो। कार्यक्रममा अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत देखि बुटपालीस साहित्यिक अन्दोलन सम्मको चर्चा परिचर्चा गरिएको थियो
0 comments:
Post a Comment