
(१)
यो एक्काइसौं सताब्दी, यहाँ प्रेमको विज्ञापन हुन्छ
नाफा-घाटा बेहिसाब छ, प्रेमको व्यापार यस्तै हुन्छ
चित्त नबुझे शोभराज र निहितालाई सोध्नुस्-
प्रेमको व्यापारलाई हड्कडी र जेलले खोई कहाँ थुन्छ ?
(२)
कसैको माया पाउन मुटु छुनुपर्छ
नपाए चोट सहने ढुकढुकी हुनुपर्छ
माग्दैमा सजिलै माया कहाँ पाइन्छ ?
तड्पिएर त्यसैमा जीवनभर रुनुपर्छ
(३)
आँशु, पीडा र चोट सबै बाँड्छु भन्छन्
मुटु फ्याक पारी बीचमै खाँद्छु भन्छन्
यो सबै प्रेमको नौटङकी मात्र हो
नत्र मुटु बाँडेका मान्छे किन पागल हुन्छन् ?
------------------------------------------------------------------------
टेकेन्द्र अधिकारी
ज्यामिरे-८, खोटाङ
हालः विराटनगर
0 comments:
Post a Comment