
तिर्थ"पौडेल
कती राम्रो सुहाएको गुन्यु चोलीमा
मोहनी पो छ कि कान्छी तिम्रो बोलीमा,
कोरी बाटी चुलठीमा फुल सिउरेकी
सजाएर लैजाउ लाग्यो बेहुली डोलीमा,
निधारमा टल्काएर मनपरी टिका
सिन्दुर पोते लिइ आउझैँ भयो झोलीमा,
फुल बोकी प्रेम उपहार मलाइ दिन होकी
बसेकी छौ पर्खिएर तिमी टोलीमा,
लखनपुर३ झापा,नेपाल
हाल:बहराइन,

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment