Thursday, 5 August 2010

त्यसैले होसियार!!




खबरदार!
एकता अनि मानवताको
आवाज बुलंद पार्दै
म आउँदै छु अब
लड्न तिमी बिरुद्ध
तिम्रो अंकार बिरुद्ध
यदि सक्दैनौ तिमीले दिन भने
छैन अधिकार तिम्लाई लिनपनि
तिम्रो बाउको बिर्ता पक्कै होइन
मेरो प्यारो नेपाल
तिम्रो सोच परिवर्तन गर
लडाइको ईतिहास भुल
आउ सहमतिमा
होइन भने तयार बन
जन प्रतिकारको
मा .कु .ने ,प्रचन्ड
नउमाल जनताको रगत
बिचार गर त्यो क्षण
जुन क्षण उमलिएको रगत
युद्धमा होमिन्छ तब
के तिमीहरुको हालत
ज्ञानेन्द्रको जस्तो नहोला
तिमीहरु जनताको शान्तिको
अमन चयनको मौनतलाइ
कमजोरी ठानेउ भने
त्यो तिम्रो भुल हुनेछ
म आउँदैछु कलम लिएर
तिमी बिरुद्ध लड्न
बुद्ध लाइ उठाउदै छु म
तिमी बिरुद्ध,आशान्ति बिरुद्ध
त्यसैले होसियार!!


निराजन प्रभात लुइटेल
चन्द्रगडि-२ झापा
हाल -दोहा कतार

0 comments:

Post a Comment