Thursday, 5 August 2010

गजल- भगवती बस्नेत



जानी जानी रुन्छ मान्छे
अनि एक्लै हुन्छ मान्छे

जसो तसो बाँचे पनि
व्यथा भित्रै थुन्छ मान्छे

आफ्नो स्वार्थ पुरा गर्न
जालै जाल बुन्छ मान्छे

फुलोस् फलोस् भने पनि
अर्कै अर्कै सुन्छ मान्छे


काठमाडाै,बल्खु

0 comments:

Post a Comment