Sunday, 1 August 2010

आँखामा हेर


दिप्स शाह


आँखामा हेर माया मेरो कि अक्षरमा लेख्नु जरुरी छ ?
मनमाछ प्रीत पवित्र कि दुनियाँले देख्नु जरुरी छ ?
आँखामा हेर,,,

सिन्दुरको रङ्ग गाढा हुँदैमा
सम्बन्ध गाढा कहाँ हुन्छ
मायात त्याहाँ छल्किन्छ आँफैँ
आस्थाको घडा जहाँ हुन्छ


संगीतमा सुन माया मेरो कि शब्दमा बोल्नु जरुरी छ
मनमाछ प्रीत पवित्र कि दुनियाँले देख्नु जरुरी छ
आँखामा हेर,,

कागजमा साईनो कोरिँदैमा
भावना नजिक कहाँ हुन्छ
मायाले दुरी घटाऊँछ आँफैँ
आत्माको नाता जहाँ हुन्छ


मुटुको धड्कन सुन आँफै कि किताबझैँ खोल्नु जरुरी छ
मनमाछ प्रीत पवित्र कि दुनियाँले देख्नु जरुरी छ
आँखामा हेर ,,

0 comments:

Post a Comment