
फटायौ आफै, टालेर आउ
स्वार्थको पोको, फालेर आउ
विश्वास सब्को, लिनुछ भने
पसिना तनको, गालेर आउ
गलतछ तिमी, हिडेको बाटो
सुमार्गी पाइला, चालेर आउ
सफलता छेक्ने, उठायौ पहाड
फर्केर तिनलाई, ढालेर आउ
बिजय तिमी, चाहन्छौ भने
शान्तिको दियो, बालेर आउ
गणेश भेटुवाल

साहित्यसंसार डट कमका लागि - फेसबुक कमेन्टस...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको संरक्षणमा (http://inlsisrael.co.cc)
©2009
old sahitya
info@sahityasansar.com
0 comments:
Post a Comment