![]() |
| हरि मानन्धर "विवश" |
हाई नेहा
मैले तिमीलाई सधैका रातहरूमा अवेरसम्म अफिसमा एक्लै काम गरेरहेको देख्छु । के तिम्रा साथीहरू छैनन र? के तिमीले कोहि सँगै रहने साथीहरूसँग कुरा गरिरहेकि अनुभव गरेकि छैनौ? यसरी अवेर रातिसम्म एक्लै अफिसमा नबस । यो मेरो तिमीलाइ उपयुक्त सल्लाह हो ।
धन्यवाद
राहुल ।
मेल पढिसकेर मेल पठाउनेसँग धेरै रिसाइन् नेहा । उनिले उक्त मेल डिलेट गरिन् र आफै सोच्न थालिन् कि को हुन सक्छ यसरी मलाई सल्लाह दिने व्यक्ति? उनि पुनः काममा फर्किइन् ।
उक्त रातपछि प्राय सधैका रातहरूमा राहुलले नेहालाई मेल पठाइरहन थाले र नेहाले सधै झै वास्तै नगरिकनै र कति त नपढिकनै डिलेट गर्दै गइन् । तर एकरात सुन्दर विषयमा हेडलाइन राखेर आएको मेलले उनि आकर्षित भइन र उनिले मेल खोलिन् । जसमा बिषय लेखिएको थियो “हाई सुन्दरी”
हाई सुन्दरी
हो, आज तिमी रातो साडीमा अति नै सुन्दरी देखिएकि छौ । मलाई थाहा छ तिमीले मेरा धेरै मेलहरू नपढिकनै फालिदियौ किनकी तिमीलाई मेरो सल्लाह राम्रो लागेन । त्यसैले आज म तिमीलाई कुनै सल्लाह दिन चहान्न । म यति मात्र भन्न चहान्छु कि म तिमीलाई माया गर्छु । तिमीलाई थाहा छ तिमी अति सुन्दरी छौ । यदि तिमीले आफ्नो बारेमा यसरी नै ध्यान दियौ भने तिमीमा धेरै मानिसहरू प्रेम गर्न चहान्छन् ।
मलाई थाहा छ केहि दिनहरूमै तिमी मेरो प्रेमलाई पक्कै स्विकार्ने छौ अनि हामी दुवै कुनै डेटमा बाहिर जानेछौ ।
ओह, मैले मेल समाप्त गर्नु भन्दा पहिले एउटा कुरा भन्न चहान्छु त्यो हो मलाइ सबैभन्दा मन पर्ने तिम्रो मुस्कान या यो कुनै गहनता हो जुन केहि पल निदाउनका लागि अति आवस्यक हुँदोरहेछ ।
आफ्नो ख्याल राख प्रिय,
असिम माया
राहुल
नेहाले मेल पढेपछि भयभीत भइन् । कुनै व्यक्ति जस्लाइ उनिले कहिल्यै नभेटेको, नदेखेको, न कहिल्यै बोलेकि नै छिन् र पनि यसरी उनिलाइ माया गर्छु भनेर मेल लेखेकोमा उनि अचम्म परिन् । उनिले सधै यसैका बारेमा सोच्न थालिन कि को हुन सक्छ उक्त व्यक्ति र कसरी मेरो आइडी पाएर मेल पठाए? कहा देखेको थिए उनले मलाई? यस्ता थुप्रै प्रश्नहरू उनको दिमागमा घुमिरहे । अन्तमा नेहाले चेतावनी स्वरूप मेल लेखिन् ।
हाई राहुल
म तिम्रो क्यारियर विगार्न चहान्न तर तिमीले यस्ता अनावस्यक मेल पठाउन बन्द गरेनौ भने म तिम्रो विरूद्धमा पुलिस केश गर्न वाध्य हुनेछु ।
धन्यवाद
नेहा
यसपछि नेहाको मेलबक्समा राहुलका मेलहरू आउन बन्द भए । नेहाले सोचिन् कि साँच्चे राहुल मेरो मेलबाट डराएर मलाई मेल गर्न छाडे ।
केहि रातहरू पछि नेहा अफिसको कुर्चीमा आँखा चिम्म गरेर आराम गर्दै थिइन् । जब उनले आँखा खोलिन् मेलबक्समा राहुलको मेल आएको देखिन् ।
हाई सुन्दरी
तिम्रो बन्द आँखाभित्रै मेरो सपनाहरू सजाएकि छौ, होइन त? ए सरी, केहि दिनहरूदेखि मेलहरू पठाउन असमर्थ भएकोमा । किनकी म केहि व्यस्त भएको थिए । मलाई पक्का थाहा छ तिमीले मलाई कति मिस गरेकि छौ । र एउटा कुरा मैले विर्सेछु जुन तिमीले भनेकि थियौ । सुन म तिमीले पुलिस केश गरे पनि डराउँदिन । कुनै पुलिस मेरो प्रेममा आघात पुर्याउने कारण बन्न सक्दैन ।
तिम्रो प्रेमी
राहुल
नेहा अचम्म मानेर घोरिएर बस्दै थिइन् अनि आफ्नो अगाडिका कपालहरूलाइ घुमाउँदै कानका पछाडि लगेर राख्दै थिइन् । यसैबखत राहुलको मेल आयो । मेलमा यस्तो लेखिएको थियोः
हाई सुन्दरी
अहिले अफिसमा तिमीले तिम्रो कपाल चलाउन छाड । धेरै अवेर भैसकेको छ ।
प्रेमी
राहुल
नेहा आफुले आफ्नो कार्यालयको डेस्कमा के के गरिरहेकि थिइन राहुलले यो कसरी देखे र जाने भनेर अचम्म चकित परिन् । जुरूक्क उठेर कोहि यतै मलाई चियाँउदै छन् कि भनेर आफ्नो कोठाको वरपर हेरिन् तर खाली थियो सबै घर नै । उनले सोचिन् यो कुनै अनुमानित मेल होला अनि नेहाले कार्यालयबाट बाहिर निस्कन लागिन् तर यहि बेला फेरि अर्को मेल आयो ।
हाई नेहा
तिमीले मलाई खोजिरहेकि? पक्कै तिमी मेरो प्रेममा परिसकेकि रहेछौ ।
तिमीलाई माया गर्ने
राहुल
नेहा फेरि छक्क परिन् र डराइन पनि । उनिले सधै झैं सिस्टमलाइ बन्द गरिन् र अफिसबाट बाहिर लागिन् । अनि नेहाले अरू केहि दिनहरूसम्म राहुलका मेलहरू खोलिनन् । एक रात उनलाई “मसँग डराउनु पर्दैन” भन्ने विषयको मेल आएको थियो उनको मेल बक्समा । पहिले नेहाले इग्नोर गर्ने विचार गरिन् तर एकपटक राहुलले के लेखेका रहेछन् भनेर हेर्न विचारले मेलबक्स खोलिन् ।
हाई नेहा,
मसँग डराउनु पर्दैन । मलाई थाहा छ तिमी मसँग डराएकि छौ जसका कारण पछिल्लो पटक मेरो मेल पढेर तिमी अफिसबाट भागेकि थियौ । मलाई थाहा छ केहि समय पछि तिमी कफी पिउन गएकि थियौ । तिमीले सोचिरहेकि छौ कि मैले यो कसरी जानेँ? मैले तिमीलाई मेरो वरपर अनुभव गरिरहेको छु । केवल एकपटक तिमीले मलाई अनुभव त गर अनि तिमीले मलाई पनि तिम्रै नजिक पाउनेछौ । तिम्रै नजिक म बसिरहेको हुनेछु ।
म तिमीलाई हरेक रातहरूमा पर्खीरहेको हुनेछु जब तिमीले पनि मलाइ मेरो जस्तै अनुभव गरेकि हुनेछौ ।
तिमीलाई सधैं माया गरिरहने
राहुल
यतिबेला नेहा सोच्दैथिइन, के साँच्चै राहुलले मसँग प्रेम गरेकै थिए त? उनले जे भनेका थिए ति सबै साँचो थिए? तर उसले कसरी मेरो बारेमा यति धेरै जानकारीहरू लिए? उसले कसरी भन्न सके कि म के के गरिरहेछु? नेहाले सोचिन् लौ एउटा कोशिष गरूँ न त, साँच्चै राहुलले उनिसँग सधैं प्रेम गरिरहेका छन् या छैनन् । सोहि रातबाट नेहाले पनि उत्तर दिन शुरू गरिन् ।
राहुलको मेलः
हाई नेहा
तिमीलाई मैले सुन्दरी भनेर सम्बोधन गरेकोमा नराम्रो अनुभव त गरेकि छैनौ नि?
तिम्रो प्रेमी
राहुल
नेहाको उत्तरः
हो राहुल, साँच्चै मलाइ यस्ता शब्दहरू मन पर्दैनन् । तिमीले मलाइ नेहा नै भनेर सम्बोधन गर । यो छोटो र साधारण पनि छ नि होइन र? मलाई मेरो नाम नै प्यारो लाग्छ ।
धन्यवाद ।
नेहा
राहुलको उत्तरः
हुन्छ नि नेहा । तर कहिलेकाँही म बेहद खुशी भएको क्षणमा म तिमीलाई यस्तै कुनै स्पेशल नामले बोलाउनेछु । अँ साच्चै, तिम्रो भोलि सर्टिफिकेशन छ, त्यसैले शुभकामना ।
तिमीलाई माया गर्ने
राहुल
नेहा पुनः अचम्मित बनिन् । राहुललाई उनको भोलि सर्टिफिकेशन छ भनेर कसरी थाहा भयो, जुन उनले कहिल्यै भनेकि थिइनन् नेहाले उत्तर पठाइन्
हाई राहुल,
कुन व्यक्ति छ जस्ले मेरा सबै जानकारी तिमीलाई दिने गर्छ? मैले तिमीलाई मेरो भोलि सर्टिफिकेशन छ भनेर भनेको थिइन तर कसरी तिमीले थाहा पायौ?
धन्यवाद
नेहा
पुनः राहुलले उत्तर फर्काए
हाई नेहा,
मलाई थाहा छ किनकी म सधै तिम्रो सामुन्ने हुन्छु । तर तिमीले मलाइ देखिरहेकि हुदिनौ । के तिमीले मलाई तिम्रो नजिक अनुभव गर्न सक्दिनौ? मलाई तिम्रो ३ दिन पछिको मूल्यांकन पनि थाहा छ । अहिले यो पनि कसैले भनेको थिएन । खाली तिम्रो व्यक्तिगत म्यानेजर रोहनलाई यसको बारेमा थाहा छ । के तिमीले रोहनले मलाई सबै सुचना दिएको भन्ने त सोचेकि छैनौ?
तिमीलाई माया गर्ने
राहुल
नेहालाई उसको उत्तरमा पक्का थिएन । उनलाई थाहा थियो कि रोहनले यस्ता कुरा राहुललाई भन्न सक्दैन तर कसरी राहुलले यी सबै कुराहरू थाहा पाए भन्ने कुरा उनिमा रहस्यमय नै थियो ।
अन्तमा नेहाले आफ्नो पिएम रोहनसँग कुरा गर्ने भइन् । अर्का दिन नेहा रोहनको कोठामा गइन् ।
नेहाः हाई रोहन, म तिमीलाई केहि सोध्न चहान्छु ।
रोहनः किन नसक्ने ? केहि मुद्धाहरू छन् तिमीसँग?
नेहाः होइन। वास्तवमा म तिमीसँग राहुल भन्ने व्यक्तिको बारेमा जान्न चहान्छु ।
रोहन पनि अचम्म परे उक्त नाम सुनेर ।
राहुलः कसरी यो नाम तिम्रोबाट उच्चारण हुँदैछ? कसैले तिमीलाई उसको बारेमा सुनाएका थिए र?
नेहाः होइन, कसैले केहि सुनाएका छैनन् । केहि दिन अगाडिदेखि उसले मलाइ इमेल पठाएको छ । पहिले मैले उपेक्षित गरिदिए तर त्यसपछि उसले यस्ता विवरणहरू दियो कि जुन मैले केहि मिनेट अगाडि मात्र गरेको थिए । उसले यतिसम्म कि मेरो मूल्यांकन मिति समेत तोकेर भनेको थियो ।
रोहनः “के तिमी पक्का छौ त्यो मेल राहुलले नै पठाएको हो भनेर?”
नेहाः अँ साँच्चै हो भन्या । तर तिमी किन तर्सिए जस्तो देखिन्छौ?
रोहनः किनकी राहुल मरेको २ वर्ष भैसक्यो । राहुल तिमी बस्ने ठाउँमै बस्थे । “कसरी एउटा मरेको व्यक्तिले तिमीलाई मेल पठाउन सक्छ ?”
नेहा भयभित भइन् । अब यसलाइ कसरी प्रतिक्रिया दिने भन्ने सोच्नै सकिनन् ।
रोहनः यदि तिमीले मलाई विश्वास गरेकि छैनौ भने तिमीले अरूसँगबाट पनि सत्य पत्ता लागउने प्रयास गर्न सक्छौ । उसको टेलिफोन डाइरेक्टोरीमा नाम खोज्न पनि सक्छौ । सायद कसैले तिमीलाई उसको बारेमा भनिदियो होला र कामको तनावका कारण तिमीले यस्ता कुराहरू कल्पना गरेक हौ कि उसले तिमीलाई इमेल पठाएको?
नेहाः मैले कुनै कल्पना गरेकि छैन । साँच्चै उसले मलाई मेल पठाएका छन् । म तिमीलाई देखाउन पनि सक्छु ।
रोहनः ओके, नेहा, मैले विश्वास गरें तर अहिले पनि म सोचिरहेछु कि तिमी आराम गर्न घर जाउ ।
नेहा अझै पनि रोहनबाट उनिले पाएको मेलबाट भयभित थिइन् । उनि केहि टेलिफोनका डाइरेक्टोरीहरूमा राहुलको नाम खोजिरहेकि थिइन । तर कुनै पनि पानाहरूमा राहुलको नाम नै भेट्न सकिरहेकि थिइनन् । उनले फेरि मेल चेक गरिन र कर्मचारी सँख्या विवरण हेरिन् । उनले धेरै पटक विभिन्न संयोजनहरू गराएर खोजिन् तर सधै झै पटक पटक “कुनै सम्बन्धित सुचनाहरू पाइएनन्” भनेर मात्र देखाउँछ । उनले आफ्नो सिस्टम कसैले ह्याक गरि दिएकोमा पनि विश्वास गर्न सकिनन् र उसलाइ कुनै अपरिचित मेल आइडीबाट मेल आएकोमा पनि । उनले राहुलले पठाएका सबै मेलहरू समावेश गरिन र प्रमाणका लागि रोहनलाइ पठाइन् ताकि उनले कुनै सपना वा कल्पना गरिरहेकि थिइनन् ।
जब रोहनले नेहाको सबै मेलहरू पाए त्यसपछि रोहन पनि अचम्म पर्दै नेहाको अफिसमा आए ।
रोहनः सायद यो कुनै गल्तीले उसको आइडी डिलेट गरिएको थिएन होला र कसैले त्यहि इमेल आइडी प्रयोग गरेर राहुलको नामबाट मेलहरू पठाइएका होलान् । कस्लाई के थाहा कोहि यसरी खेलिरहेका छन् कि?
नेहाः तर मैले टेलिफोन डाइरेक्टोरीमा उसको सबै विवरणहरू खोजिसके । कुनै त्यस्ता आइडीहरूको रेकर्ड नै छैनन् ।
रोहनः सिसिडीका मानिसहरूलाइ कुरा गरेर हेरूँ न बरू उनिहरूले के पत्ता लगाउँछन् कि?
नेहाले सिसिडीका मानिसहरूलाई बोलाइन् । सिसिडीका मानिसहरूले नेहाको सिस्टमलाई कन्ट्रोलमा लिए र हेरे, जुन मेल राहुलले पठाएका थिए । राहुलको नामबाट आएका सबै मेलहरू नेहाकै सिस्टमबाट पठाइएको थियो, जुन नेहाले प्रयोग गर्दै आएकि थिइन् । अनि पठाइएका समयहरू पनि जब नेहाले सिस्टममा लग इन गरेकि हुन्थिन सोहि समय देखिएको थियो । त्यहाँ नजिक वा वरपर सो सिष्टमबाट कुनै अरू सिष्टमहरूमा रिमोट डेस्कटप कनेक्सनका प्रमाणहरू पनि थिएनन्, ताकि अरू सिष्टमहरूबाट मेलहरू पठाइएको होस् । यहाँसम्म कि सिसिडीका मानिसहरू पनि उक्त मेलका बारेमा सुराकि पत्ता लगाउन सकिरहेका थिएनन् । सबै अचम्म मानिरहेका थिए कि कसरी कुनै अपरिचित मानिसको आइडीबाट एउटै सिस्टममा मेलहरू पठाइएका थिए त्यो पनि सबै कुरा देखे जस्तै गरि?
उक्त कुराका बारेमा जानकारी पाउन गाह्रो मात्रै होइन असम्भव नै देखियो । कसैले त यो राहुल भन्ने मानिस मरेर गए पनि उसको आत्मा सोहि कोठा भित्रै घुमिरहेको छ र उसैको चमत्कारिक काम हो यो भनेर तर्साउन कुरा समेत गर्न थाले । कसैले यो अति बुद्धिमानी पूर्वक अतित्युम टेक्नोलोजीको प्रयोगबाट ह्याकरहरूले नेहाको सिष्टम ह्याक गरिएको हुनसक्ने दावी मात्र गरे । तर यथार्थ गर्भ भित्रै रहिरहेको थियो ।
।


साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment