Sunday, 29 August 2010

१४५ औं मोतिजयन्ती गजलमय हुने




दुई आखी भौ त तयार छन, तरवार पो किन चाहियो,
तिमी आफु मालिक भै गयौ, सरकार पो किन चाहियो”

नेपाली गजलका पिता भनेर चिनिएका मोतीराम भट्टको यी नै सुन्दर गजल पस्कदै १४५ औँ मोति जयन्ती गजलमय बनाउन दोहाका साहित्यधर्मीहरु लागि परेका छन ।

सेप्टेम्वर ३ तारिख शुक्रबार ढाका रेष्टुरेन्टमा हुन लागेको उक्त कार्यक्रममा गजल वाचन समारोहका साथै नयाँ श्रष्ठाहरुलाई गजल लेखन सम्बन्धि जानकारी तथा मोतिरामको जीवनीको बारेमा चर्चा परिचर्चा गरिने कुरा संयोजक इश्वर दाहाल कविजीले बताए ।

तिर्थ संगम राईको ब्यवस्थापन तथा राजेश्वर ढकालको प्रचार प्रसारमा हुन लागेको कार्यक्रममा सम्पूर्ण साहित्यकार साहित्यअनुरागी बुद्धिजिवी ब्यावसायि, समाजसेविहरुलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुनको लागि आयोजक कमिटिको आग्रह छ ।

राजेश्वर ढकाल

0 comments:

Post a Comment