
- मधु माधुर्य
काव्य-धुनी जगाएर
मभित्र समाधिस्थ कवि-
जब कलमको भीरबाट ओर्लेर
शव्द-संसारमा हिड्न थाल्छ
मेरा नैसर्गिक र अमूर्त अनुभूतिहरुसंगै
शव्दको लेउ वा शैलीको ओरालोमा चिप्लेर
एकाएक ऊ लड्छ, फेरी उठ्छ
र सिर्जनाको नुतन जग्गातिर अघि बढ्छ ....
यो अभ्यस्तता नै मज्जा बनिसके पछि
कहाँ छ र फेरी जन्मनु र मर्नु को अर्को विकल्प ?
र जीवनलाई उन्मुक्तिको सान्त्वना दिंदै
म तिम्रा आँखा सामु झुल्किरहंछु
अस्ताई रहन्छु
झुल्की रहन्छु ...
0 comments:
Post a Comment