Thursday, 1 October 2009
कती जीउँ उधारोमा रित्तो जीन्दगानी ।
- अशोक पार्थिव तामाङ
कती जीउँ उधारोमा रित्तो जीन्दगानी ।
लैजाउ बरू लिलाम गरी मेरो जीन्दगानी ।।
हिरामोती केहि छैन धनै हेर्नेभए
कुबेर भन्दा कमि छुँइन मनै हेर्नेभए
कस्तो माया खोजेकि छौ नम्वरी छ बानी ।
सागर जस्तै माया दिन्छु मन सङ्लो पानी ।।
दुःख छेक्छु यो छातीले पहाडले जस्तै
भाग्य लेख्छु म आँफैले बिधाताले जस्तै
कस्तो मन खोजेकि हो भन रूपकि रानी ।
लेख्न पाए हुन्थ्योकी हाम्रो प्रेम कहानी ।।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment