- अशोक पार्थिव तामाङ
रातलाइ सोधे थाहा हुन्छ जून कति रून्छ ?
बादल भित्र लुकि लुकि मन कसरी धुन्छ ।।
हाँसेकै छ उजेलै छ , जसले देखे पनि
दुःखी भएँ भन्दैन है , जसले भेटे पनि
काटिएको खुर्पा जस्तो हुनुपर्छ जूनले
घामले जसो भने पनि मान्नुपर्छ जूनले ।।
अँधेरोले डाहा गर्दै , फ्याँक्छ कालो गाजल
हुरीबतास मडारिन्दै , अकाश ढाक्छ बादल
बिहान सँगै बिलाएर जानुपर्छ जूनले
बैशको रहर पोख्न नपाइ मर्छ जूनले ।।
रातलाइ सोधे थाहा हुन्छ जून कति रून्छ ?
बादल भित्र लुकि लुकि मन कसरी धुन्छ ।।
( तपेश्वरी १ , उदयपुर )
हालः इजरायल
Thursday, 1 October 2009
रातलाइ सोधे थाहा हुन्छ जून कति रून्छ ?
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment