
-अशोक पार्थिव तामाङ
आफ्नै सँग पराइ हुँदै , बाँच्यो जीन्दगानी ।
बिना गीत संगीत पनि , नाँच्यो जीन्दगानी ।।
उकालीमा बिना लौरी ,शिखर टेक्छु भन्दा ।
आफ्नै भाको खुट्टी पनि ,भाँच्यो जीन्दगानी ।।
सत्य कुरा तितो हुन्छ ,सत्य बोल्छु भन्दा ।
असत्यले शिर टेक्दानि ,हाँस्यो जीन्दगानी ।।
उमेर संगै घामजूनको ,हिसाब गर्नुपर्थ्यो ।
मायालाई नै दिउँला भनि , साँच्यो जीन्दगानी ।।
दुखः पछि सुखः हुँन्छ ,भन्थे बुदापाका ।
धेरै चोटी दुःखमा नि,जाँच्यो जीन्दगानी ।।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment