
अशोक पार्थिव तामाङ
बाटो अन्त काटेकै रैछ , निर्मोहीले ।
सुनमा नुन साटेकै रैछ ,निर्मोहीले ।।
फोनमा नि गफ हुनै छाडिगयो ।
ढाँट्न सम्म ढाँटेकै रैछ ,निर्मोहीले ।।
माया सम्झी दिलमा सजाइदिएँ ।
फूलमा काँडा साटेकै रैछ ,निर्मोहीले ।।
फुलको बोट किन ओइलायो भन्थे !
जरा फेदमै छाँटेकै रैछ ,निर्मोहीले ।।
बैगुनीलाई किन गुण जँच्थ्यो र !
छिन्नें डोरीपो बाटेकै रैछ ,निर्मोहीले ।।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
0 comments:
Post a Comment