हरि मानन्धर “विवश”
नछुट्टिने प्रेमजाल छर्नु पर्छ कि?
जिन्दगीमा खुशी, भर्नु पर्छ कि?
टाढा–टाढा बनेदेखि, यी दुई आत्मा
अब चाहि नजीक, सर्नु पर्छ कि?
सफलता पाउँ भनि, साँच्चै अबदेखि
तिमीसामु बाचाकसम, गर्नु पर्छ कि?
स्वार्थी यो दुनियाँ, छाडि तिमी सामु
हार होइन जीत मान्दै, झर्नु पर्छ कि?
मायामा नै अडेको, यो सँसारमा सबै
विवश बनी जिन्दगीमा, मर्नु पर्छ कि?
Saturday, 7 November 2009
गज़ल - हरि मानन्धर “विवश”
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment