- अनोज श्रेष्ठ
सधैं सपनाहरु र केही आशहरु बिच
सडक पेटी र गल्लीहरु
भौतारिरहने कुनै बेरोजगार युवकको
लामो सुस्केरा हो सहर !
संघर्ष र तनावहरु संगै
सधै साँझका गिलासहरुमा आफुलाई
रित्याउँन खोज्नुको रहर हो सहर !
सौख शोख भोग रोग र फोहरको
असन हो सहर !
जहाँ ईमान्दारीताको कुनै मूल्य छैन
जहाँ मानवता शून्य शून्य प्रायः छ
मान्छेको आस्थामा नअँटेको जिर्ण मन्दिर छेउ
मृुृत्यु पर्खिरहेका बृद्ध बृद्धाहरुको -
अत्यास लाग्दो दिन
र सभ्यताको गीतमा झुमिरहेका युवा पिँढीको
सवुत हो सहर !
आश्वासनले मात्र सरकार चल्ने
मेलम्चीको प्यास हो सहर ।
हालः यू।ए।ई
Monday, 11 May 2009
शहर
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment