इखालु रमेश गेलाल
अजम्वरी तिम्रो माया आँतभरि पिएको छु
घातलाई बन्दी बनाई बिश्वासले मन सिएको छु
दुई मुटु वारिपारि एकै धड्कन धड्कीएर
प्रीतगंगाको किनारा भई तिम्रै निम्ति खिएको छु
तिम्रो जीवन मेरो खुसी आँशु कत्ति बग्नु हुन्न
निशा जती आफु राखी उषा तिम्लाई दिएको छु
संयोगको त्यो छोटो मिलन मनभरि संगालेर
चीरमिलनको मिठो आशैआशमा जीएको छु
अजम्वरी तिम्रो माया आँतभरि पिएको छु
घातलाई बन्दी बनाई बिश्वासले मन सिएको छु ॥
Monday, 11 May 2009
गजल

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment